निर्णय नं. ८९४७ - जीउ मास्ने बेच्ने
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ८९४७ - जीउ मास्ने बेच्ने भाग: ५५ साल: २०७० महिना: बैशाख अंक: १ फैसला मिति :२०६९/०४/१७ ३९०३ ने.का.प. २०७०, अङ्क १ निर्णय नं.८९४७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती ०६७–CR–०३९८, ०१५६ फैसला मिति २०६९।४।१७।४ मुद्दा :– जीउ मास्ने बेच्ने । पुनरावेदक वादीः क कुमारीको जाहेरीले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः दाङ जिल्ला, त्रिभुवन न.पा.वडा नं.६ बस्ने शान्ती वली सार्की समेत पुनरावेदक प्रतिवादीः दाङ जिल्ला, विजौरी गा.वि.स.वडा नं.३ घर भई हाल कारागार कार्यालय तुल्सीपुर दाङमा थुनामा रहेकी दिलकुमारी ठकुरी विरुद्ध प्रत्यर्थी वादीः क कुमारीको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्ने : मा.न्या.श्री नारायणप्रसाद श्रेष्ठ पुनरावेदन तहमा फैसला गर्ने : मा.न्या.श्री हरिबाबु भटृराई मा.न्या.श्री पवनकुमार शर्मा § मिसिल संलग्न प्रमाणबाट कुनै पनि अपराधमा प्रतिवादीले सो अपराध गर्नमा निर्वाह गरेको भूमिका र निजको संलग्नतासमेतलाई विचार गरी अदालतले कानूनले दिएको तजविजी अधिकारको प्रयोग गरी कसूर कायम गर्ने र सजाय निर्धारण हुने । § सजायको प्रयोजन सम्बन्धित व्यक्तिलाई अपराध वोध गराउनु हो, बदला लिनु होइन । सजायको प्रयोजन सम्बन्धित व्यक्तिलाई भविष्यमा आफूलाई सुधार्ने अवसर दिनु हो, निजलाई समाप्त नै गरिदिने होइन । कसूरको प्रकृति र अपराध गर्नेको प्रवृत्ति तथा अवस्थाका आधारमा सजायको हद तोकिने हो । न्यायकर्ताले सजायको तल्लो हद तोक्दैमा कानूनको उल्लंघन नै भएको मान्न नमिल्ने । (प्रकरण नं.१०) § फौजदारी मुद्दामा दण्ड निर्धारण गर्दा विधायिकी कानूनले तोकिएको सीमाभित्र रही कसूरको प्रकृति र अपराधमा रहेको दोषको मात्राअनुसार सजाय निर्धारण गरिन्छ । यो विशुद्ध न्यायिक स्वविवेकको विषय पनि हुने । (प्रकरण नं.११) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान् अधिवक्ता रामप्रसाद अर्याल प्रत्यर्थी वादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सूर्यप्रसाद पोखरेल अवलम्बित नजीरः सम्बद्ध कानूनः § जीउ मास्ने बेच्ने (कार्य नियन्त्रण) ऐन, २०४३ को दफा ४, ८(१), (४) फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत तुल्सीपुरको मिति २०६६।१०।२६ को फैसलाउपर वादी तथा प्रतिवादी दुवै पक्षको तर्फबाट न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ :– मिति २०६२।९।२८ गते प्रतिवादी शान्ती सार्की, दिलमाया ठकुरी, मीना सार्कीसमेतले मलाई ललाई फकाई राम्रो काममा लगाई दिने तथा विवाहसमेत गरिदिने भनी आपसमा सल्लाह गरी मलाई घोराहीबाट कृष्णनगर हुँदै भारतको तुल्सीपुरअन्तर्गत लालपुर लगी, झुक्याई भारतीय रूपैयाँ ७,०००।– मा विक्री गरेकाले कानूनबमोजिम कारबाही गरिपाऊँ भन्ने समेत व्यहोराको क कुमारीको जाहेरी दरखास्त । मिति २०६२।९।२८ मा मलाई सजिलो काम लगाई दिने भन्दै दाङ घोराहीबाट कष्णनगर पुर्याई त्यहाँ बास बसी अर्को दिन रेल चढी चढाई अपरिचित देशीको घरमा बसी खाना खाई प्रतिवादीहरूले मलाई त्यहाँ छोडी बजार जाने बहानामा त्यहाँबाट गएका र बेलुका फर्की नआएपछि निजहरू कहाँ गए भनी सोध्दा निजहरूले तिमीलाई रु.७,०००।– मा बेची छाडी गए भनेकाले त्यसपछि आफू बेचिएको थाहा पाएँ भन्ने समेत व्यहोराको पीडित क कुमारीको बयान कागज । जाहेरवालासँग चिनजानपश्चात् निज मसँगै बस्ने गरी मेरो घरमा गएकीमा सोको ४/५ दिनपछि मेरो माइती घरतर्फकी बहिनी दिलकुमारी ठकुरी, म