निर्णय नं. ६७९९ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६७९९ - अंश भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०५/२१ ३२६६ निर्णय नं. ६७९९ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संवत् २०५४ सालको दे.पु.नं. ..... ३६७० फैसला मिति : २०५६।५।२१।२ मुद्दाः अंश । पुनरावेदक प्रतिवादी : जिल्ला वर्दिया ताराताल गा.वि.स वडा नं. ६ वस्ने गंगाप्रसाद भटृराई विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वस्ने पुष्पराज भटृराई § प्रस्तुत मुद्दामा २०४१ सालमा मानु छुटिएको मिति कायम भए उपर वादीको निवेदन जिकिर नदेखिएपछि त्यसलाई स्वीकार गरेकै मान्नु पर्यो । ०४४।१०।२७ र ०४४।१०।१९ मा पुनर्वास कम्पनीबाट कि.नं. १२७ र १८१ को जग्गा प्रतिवादीले प्राप्त गरेको देखिन्छ । मानो छुटिएको मिति भन्दा पछि आर्जन गरेको सम्पत्तिमा अंश हक नलाग्ने भन्ने ने.का.प. २०४० अंक ४ पृष्ठ १२८ मा सिद्धान्त कायम भएको पाइन्छ । ०४१ सालमा मानो छुटिृएको मिति कायम भएको र प्रतिवादीले ती जग्गा ०४१ सालभन्दा पछि ०४४ सालमा प्राप्त गरेको र सो जग्गा १० वर्षसम्म कुनै प्रकारले हक छाडी वा अंशवण्डा गर्न नपाउने शर्त समेत रहेको स्थितिमा ती जग्गा समेत वण्डा हुने ठहर्‍याएको शुरु वर्दिया जिल्ला अदालतको ०५०।४।२४ को फैसला र सो फैसलालाई सदर गरेको पुनरावेदन अदालत नेपालगंजको मिति ०५१।१२।१२ को फैसला उल्टी हुने ठहर्छ । ती दुई कित्ता वाहेक अरु अचल सम्पत्ति नभएको र चल सम्पत्ति अघि नै लिई छुटृी सकेको भन्ने वादीको भनाइ देखिंदा अचल सम्पत्ति नभएको अवस्थामा वण्डा गरी दिनु अर्थहिन हुने भएबाट वादी दावी पुग्न नसक्ने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री युवराज भण्डारी प्रत्यर्थी वादी तर्फबाट : अवलम्वित नजीर : ने.का.प. २०४०, अंक ४, पृष्ठ १२८ । फैसला न्या.गोविन्दबहादुर श्रेष्ठः पुनरावेदन अदालत नेपालगंजको फैसला उपर मुद्दा दोहोर्‍याई पाउं भन्ने निवेदन परेकोमा मुद्दा दोहोर्‍याउने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. वाजे टिकारामबाट विपक्षी वावु गंगारामको जन्म भएको, विपक्षी वावु र आमा भिमादेवीबाट म तथा अन्य २ छोराहरु समेत जना ३ को जन्म भएको, म २०४१।४।१८ गते चल सम्पत्ति लिई छुटिएको अचल नलिएकोले अंशवण्डाको २०, २१, २२, २३ नं. वमोजिम प्रतिवादीहरुबाट फांटवारी लिई सम्पूर्ण सम्पत्तिमा ५ भाग लगाई १ भाग वण्डा छुट्याई पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. मेरो वावु टिकारामको नाउंमा कुनै जग्गा नभएकोले मैले नेपाल पुनर्वास कम्पनी तारातालबाट प्राप्त गरेको कि.नं. १८१ र १२७ समेतको जग्गा मेरो निजी आर्जनको हुंदा सो मा वादीको अंश हक लाग्ने होइन भन्ने समेत व्यहोराको प्रतिवादी गंगा प्रसाद भटृराईको प्रतिउतर पत्र । ४. सगोलमा रहंदाको सम्पत्ति जुनसुकै अंशियारहरुको नाउंमा रहे पनि सगोलको हो भन्ने अनुमान गर्नुपर्ने विद्यमान प्रमाण कानूनको आधारमा सगोलको होइन भन्न मिलेन, वादी प्रतिवादीबाट पेश भएका अंशको फांटवारी वमोजिम ५ भागलगाई वादीले १ भाग अंश पाउने ठहर्छ भन्ने समेत वर्दिया जिल्ला अदालतको फैसला । ५. अंशवण्डाको १८ नं. वमोजिम मानो छुटिृएको मिति पछि आर्जन गरेको सम्पत्ति वण्डा गर्न नपर्ने निजी आर्जनको हुनेमा मानो छुटीई सकेपछि २०४४ सालमा नेपाल पुनर्वास कम्पनीवाट प्राप्त गरेको जग्गामा विपक्षकिो अंश हक नलाग्नेमा अंश पाउने ठहरी भएको वर्दिया जिल्ला अदालतको त्रुटीपूर्ण फैसला वदर गरी पाउं भन्ने स