निर्णय नं. १३ - थैली बुझाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १३ - थैली बुझाई पाउँ भाग: २ साल: २०१६ महिना: बैशाख अंक: ३ फैसला मिति :२०१२/०१/१३ ५१७२ निर्णय नं. १३ ने.का.प. २०१६ (अपील पहिला उपर) डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा. अपील नं. ७३४ अपीलाट : उदयबहादुर गौली समेत विरूद्ध विपक्षी : टेकबहादुर गौली क्षेत्री मुद्दा : थैली बुझाई पाउँ (१) पेश गरिएका तमसुकहरूमा–कुनै पास भएको र कुनै पास नभएको भएमा–पास गराउनु नपर्ने भए पनि–हदम्याद गुज्रेको देखिएमा–लख सारेको भए पनी–पास भएको थैली मात्र बुझाउनु पर्ने । धनी धनबहादुर ऋणी बलबहादुर भएको मोरू १३०। को ९७।९।१६ को रजिष्ट्रेशन पास भएको लिखत बाहेक अरू मिति मितिको तमसुक पास गर्नु नपर्ने अवस्थाको भोगबन्धकी दृष्टीबन्धकीको तमसुक देखिए तापनि सो तमसुकहरूमा यति जग्गा यति तिरो यस ठाउँमा गर्नुपर्ने भन्ने केही नखुलेको । जग्गाको नाउँसम्म लेखेको । दृष्टीबन्धकमा भएको भाखा बाद र भोगबन्धकीमा भोग लिएका मितिदेखि सो लिखतमा लेखेका जग्गा तिरो भरो गरेको कुनै रसिद प्रतिवादीले दिन नसकेकोबाट हदम्याद गईसकेको देखिनाले यस्तो हदम्याद गईसकेको लिखत दाताहरू बेपत्ता भईसकेपछि लख लिई हाल मात्र भोग गरेको देखेको हुँदा अरू शुरू अपीलका फैसलामा लेखेका बुँदा प्रमाणबाट समेत सो रजिष्ट्रेशन पास पर्ने भएको तमसुक समेत सौपाई घरायसमा लख लिई सो पास भएकै तमसुकका नाताबाट प्र. उदयबहादुरले जग्गा खाईरहेकै हुँदा सो रजिष्ट्रेशन पास भएको थैली मोरू. १३०। फुल बेञ्चका आदेशबमोजिम बुझाई निखनी लिन पाउने । (प्रकरण नं. ८) (२) भोग, दृष्टी दिने मानिस बेपत्ता भएमा–नजिकको हकवालाले निखन्न चाहेमा–भोग, दृष्टि दिने मानिसले पछि थैली बुझाई लिन पाउने गरी–निखन्न दिनुपर्ने । बन्धकी दिने दाता मरेको नभई बेपत्ता भएको देखिएको । यस्तो बेपत्ता भएकोमा यति बर्ष भित्र फर्केर आउँछ भन्ने केही नियम नभई २०।२५ बर्षसम्म पनि बिते । कोही त्यो भन्दा बढी पनि बित्ने सम्भव भएको हुनाले त्यस्ताले भोगबन्धक दृष्टिबन्धक दिएका जग्गाहरू निजका नजिकका हकवालाहरूले निखन्न आएकोमा निखन्न नपाउने गरिदिंदा नजिकका हकवालाले कहिल्यै नपाउने । बन्धकी लिने साहुले राजिनामा फार्छ्या सरह खाईरहने अवस्था पर्न जाने भएकाले यस्तो बेपत्ता भएको मानिसहरूको जग्गा जमिन घर समेत भोगबन्धक दृष्टिबन्धक परेकोमा नजिकका हकवालाले निखनी लिन पाउने नै गरिदिंदा न्यायोचित पर्ने देखिएकोबाट यसमा वादीले प्रतिवादीबाट जग्गा निखनी लिन पाउने ठहर्छ । बन्धकी दिने आसामी दानबहादुर, शेरबहादुर, बलबहादुरले निखन्न आएमा थैली बुझी लिई जग्गा छाडी दिनुपर्छ । फैसला १. मेरो ३ पुस्ता भोगको हकदार दानबहादुर, सेरबहादुर, बलबहादुर बिदेशतर्फ गई बेपत्ता भएको । निजहरूको र मेरो अंशको जग्गा साँधमा जोडेको त्यस्तो जग्गा बलबहादुरले धननारायणलाई बन्धकी दिई राखेको । निजबाट पनि यो प्रतिवादीले लिएको । म हकदार भएकोले थैली बुझी लेउ भनेमा नबुझेको । अन्यायी उदयबहादुरले बलबहादुरको घर समेत भत्काएमा नोक्सानी समेत भराई थैली बुझाई जग्गा मेरै कायम गरी पाउँ भन्ने समेत इत्यादी कुराको वादी रहेछ । २. अमरसिंहको ३ छोरामा जेठा भुजवलको नाती बलबहादुर, शेरबहादुर, दानबहादुर हुन । महिला रामकृष्णको नाती म उदयबहादुर, कान्छा हरिकृष्णको नाती यो वादी हुन । त्यसो हुँदा हामी बराबर नाताका हौं । धननारायणलाई मोरू १३०।– गोपिलाललाई रू. ६०।– सोमेलाई रू. ४४।– निजको लोग्ने लालुलाई रू. ६।– मा बलबहादुरले जग्गा बन्धकी दिई गएको हो । निज बन्धकी लि