निर्णय नं. ६८०२ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८०२ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०२/१० २४०४ निर्णय नं. ६८०२ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री हरि प्रसाद शर्मा संवत् २०५१ सालको दे.पु.नं. ..... २४६४ फैसला मिति : २०५६।२।१०।२ मुद्दा : लेनदेन । पुनरावेदक वादी : सर्लाही जिल्ला सोनमा गा.वि.स. वडा नं. १ वस्ने रामतोला कुमारी विरुद्ध विपक्षी प्रतिवादीः ऐ. संगा्रमपुर गा.वि.स. ५ वस्ने जासोदेवी कोइरीन § जग्गा रजिष्ट्रेशन गरी दिने विषयमा लिखत खडा भएकोमा दुवै पक्षको मुख मिलेकै पाइन्छ । लिखतमा दुवै पक्षको हस्ताक्षर नभएको, लिखत लेख्ने सिताराम महतोले अदालतमा आई वयान गर्दा रुपैया लिनु दिनु गरी सकेको भन्न सकेको समेत पाइदैन र रजिष्ट्रेशनको ६ नं. मा लिखत रजिष्ट्रेशन भइ सकेपछि लिखत वमोजिमको जग्गा कच्चा ठहरिन गएमा थैली कपाली सरह भराई लिन पाउने व्यवस्था रहेकोमा सो अवस्था प्रस्तुत मुद्दामा नभइ घरसारको राजिनामा लिखत नै कानूनी मान्यता शुन्य रहेको अवस्थामा यस्तो कानूनी मान्यताविहिन लिखत वमोजिम सांवा व्याज भराई दिन नमिल्ने भएबाट शुरुले वादी दावी वमोजिम सांवा व्याज भरी पाउने भनी गरेको फैसला उल्टी गरेको पुनरावेदन अदालत, जनकपुरको इन्साफ मनासिव हुंदा सदर हुने । (प्र.नं. १२) पुनरावेदक वादी तर्फबाट : प्रत्यर्थी प्रतिवादी तर्फबाट : अवलम्वित नजीर : फैसला न्या.अरविन्दनाथ आर्चायः पुनरावेदन अदालत, जनकपुरको मिति २०५१।३।१९।१ को फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ को उपदफा (१) को खण्ड (ग) वमोजिम पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ । २. विपक्षीले आफ्नो नम्वरी दर्ताको कि.नं. ८५ को १-१७-१० को मोल घरसारमा रु.८००००। (अक्षरेपी असी हजार मात्र) वुझी लिई मिति ०४७।२।१७ का दिन रीतपूर्वकको राजिनामा थान २ गरी दिएको रजिष्ट्रेशन गर्न अड्डामा जांदा फरार भै र रजिष्टे«शन हुन नसकी कपाली भएकोले सावा रु.८००००। र भरी भराउ हुंदा सम्मको व्याजसमेत भराई पाउं भन्ने समेत फिराद पत्र । ३. विपक्षीसंग मैले घरसारमा नगदी जिन्सी लिएको छैन । मैले आफ्नो नाउंको जग्गा विक्रि गर्न मालपोत कार्यालयमा गै रजिष्ट्रेशन फारम खरिद गरी लेखेको रुपैया माग्दा सनाखत भएपछि दिन्छु भन्दा हुन सकेन । थैली दिएमा पास गरी दिन मन्जूर छु । वादीले वदनियत चिताई थैली पचाउन र जग्गा लिने मनसायले नालेस दिएको हो । झुठा फिराद खारेज गरी पाउं भन्ने समेत प्रतिउत्तर पत्र । मिति ०४७।२।१७ मा मा.पो.का. सर्लाहीको अगाडि ऋणी धनि दुवै आई हामीहरुका विच रु.८००००। लिनु दिनु गरी सक्यौं, १-१७-१० को राजिनामा लेखि दिनु पर्यों भनेकोले लिखत लेखि सहिछाप गराई दिएको हुं भन्ने समेत सीताराम महतोको वयान । ४. राजिनामाको ल्याप्चेछाप मेरै हो । राजिनामामा उल्लेख भएको थैली रु.८००००। पाएको छैन भन्ने समेत प्र.वा. वीरेन्द्र प्रसादको वयान । ५. राजिनामामा उल्लेख भएको थैली रु.८००००। विपक्षीले वुझी सकेका छन । थैली पाएको छैन भन्ने वयान झुठा हो भन्ने समेत वादी वा. रामवीरको वयान । ६. प्रतिवादीबाट वादीले सयकडा १०% व्याज सांवा रु.८००००। भरी पाउंने ठहर्छ भन्ने समेत शुरु सर्लाही जि.अ. वाट मिति ०४९।५।२१ मा भएको फैसला । ७. वादीले म वाट रु.८००००। र व्याज समेत भरी पाउने भनी शुरु सर्लाही जिल्ला अदालतबाट भएको त्रुटीपूर्ण फैसला वदर गरी वादीको फरेवी दावीबाट मुक्त गरी पाउं भन्ने समेत व्यहोराको पुनरावेदन अदालत जनकपुरमा द