निर्णय नं. १४ - कुटपीट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १४ - कुटपीट भाग: २ साल: २०१६ महिना: बैशाख अंक: ३ फैसला मिति :२०१४/११/०९ २६५० निर्णय नं. १४ ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री रंगनाथ उप्रेती न्यायाधीश श्री मुक्तिकान्त मैनाली फौ.डि.नं. ५ निवेदक : पूर्णनारायण प्रधान समेत विरूद्ध विपक्षी : बृजराज राजभण्डारी मुद्दा : कुटपीट (१) रिभ्यूको निवेदन परी खारेज नभई दायर रहेकोमा–त्यस टाइमको मुद्दा शाही आदेशबमोजिम दोहराउनु पर्ने भएमा–डिभिजन बेञ्चले शाही आदेशबमोजिम निवेदनलाई कायम राखी दोहराई हेर्नुपर्ने ठहराएमा–शाही आदेश भित्र नपर्ने भनी खारेज गर्न नमिली दोहर्याई हेर्नु पर्ने । सिंगलबेञ्चबाट भएको फैसलामा चित्त बुझेन । रिभ्यू गरी फेरी हेरी पाउँ भनी दिएको निवेदन खारेज नगरी दायर रहेकै अवस्था त्यस टाइमका मुद्दा दोहर्याई हेरी दिने शाही आदेश जारी भई सोही निवेदन कायम राखी शाही आदेशबमोजिम दोहर्याई हेर्नु पर्ने ठहराई डिभिजन बेञ्चबाट आदेश दिई दोहरिई दायर भएको देखिनाले शाही आदेश भित्र नपर्ने भनी खारेज गर्न नमिली दोहर्याई हेर्नुपर्ने । (प्रकरण नं. ११) (२) हुकुम प्रमांगीबमोजिम तुरून्त बुझ्नु परेको सरजमिनमा–दुवै पक्ष नराखी ऐनबमोजिम साक्षी राखी मैजिष्ट्रेटबाट भएको सरजमिन–गैरकानूनी भन्न नमिल्ने । हुकुम प्रमांगीबमोजिम तुरुन्त सरजमिन बुझ्नु परी १ पक्ष थुनामा राखिएको १ पक्ष बिरामी हालतमा भई दुवै पक्ष नराखी ऐनबमोजिम साक्षी राखी मैजिष्ट्रेटबाट सरजमिन भएको र हुकुम प्रमांगीबाटै मैजिष्ट्रेटबाट थुनामा राखी कारवाई गरी हेरिएको देखिँदा भएको कारवाई गैरकानूनी भन्न नमिल्ने । (प्रकरण नं. ११) (३) अ.बं.को ६५ नं.–कूटपीटमा बिरामी परी निको भई निस्केका ३ महिना भित्रै बयान भएमा म्याद नाघेपछिको उजुर भन्न नमिल्ने मौका रिपोर्ट देखि वादी बृजराज बेहोस अवस्थाको भन्ने समेत देखिनाले सोही सिलासिलाबाट औषधि हुँदै होस ठेगान भई निको भई निस्केको मितिले ३ महिनाभित्रै बयान भएको देखिँदा अ.बं.६५ नं. ले म्याद नाघेपछिको उजुर भन्न पनि नमिल्ने । (प्रकरण नं. ११) (४) कूटपीटमा कुट्ने कुटाई खानेलाई मौकैमा पुलिसले पक्री दाखिल गरेमा–वादी घा खत परी बिरामी भएको देखिन आएमा प्रतिवादीले घा खत अरू परिबन्दबाट परेको भनी सबुद गुजार्न नसकेमा–प्रतिवादीले गरेका कूटपीटका चोटबाटै घा खत परेको देखिने । प्रतिवादीसँगै झगडा भई मौकैमा दुवै पक्षको चोट भन्ने देखिन आई कुट्ने कुटाई खानेलाई मौकैमा पुलिसले पक्री दाखिल गरेको । मौकै देखिको अस्पताल जाँचबाट खप्परको हाड समेत फुटी बृजराज घा खत परी सख्त बिरामी भएको देखिन आई सो घा चोट अरू परिबन्दले परेको भनी प्रतिवादीले सबुद गुजार्न नसकी प्रतिवादीसँग परेको झगडैमा प्रतिवादीले गरेका कूटपीटका चोटबाटै घा खत परेको देखिन आएको । (प्रकरण नं. ११) (५) कूटपीटको ७ नं.–अङ्ग भङ्गको खत पार्नेलाई हुने सजाय । अङ्गभङ्गको खत पार्नेलाई रू. ५००। दण्ड गरी ८ बर्ष कैद गर्नु । निको भई काम लाग्ने भए २ बर्ष कैद गर्नु । (प्रकरण नं. ११) (६) अ.बं. को २३२ (२) नं. र अख्तियारी सनद–ऐनले नतोकेको कुरामा मुख्त्यारको तजबिजबमोजिम हुने र सो तजबिज अख्तियारी सनदबमोजिम प्रधान न्यायालयबाट प्रयोग गरिने । ऐन नभई अडबड परेमा अ.बं.२३२ नं. को २ दफाबमोजिम मुख्त्यारका तजबिजले तोकिएको सजाय गर्नु भन्ने लेखिएको र सो मुख्तयारका तजबिजले गर्ने सजाय प्रधान न्यायालयबाट गर्नु भन्ने अख्तियारी सनदबमोजिम प्रधान न्यायालयबाट प्रयोग गरिने । (प्रकरण नं. ११) (७) अङ्ग भङ्गको खतमा–अङ्गको शक्ति बिल्कु