निर्णय नं. १५ - डाका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १५ - डाका भाग: २ साल: २०१६ महिना: बैशाख अंक: ३ फैसला मिति :२०१५/०६/०८ २७६३ निर्णय नं. १५ ने.का.प. २०१६ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री पशुपतिप्रसाद कोइराला अ.नं. २०३ अपीलाट : गोकुलबहादुर विरूद्ध विपक्षी : पद्मबहादुर मुद्दा : डाका (१) अभियोगीले सुराक पत्ता दिने भनी कसैलाई पोलेकोमा–परिस्थिति सबुद प्रमाणबाट सुराक पत्ता दिएको वा वारदातमा साथ दिएको नदेखिएमा–पोलिएकोलाई कसुरदार ठहर्‍याउन नहुने । विशेष अदालतले कसूरदार ठहर्‍याउँदा सुराक पत्ता बुझी वारदात गराएको भन्ने कुरालाई गोकुलबहादुरले पाडो बाँध्ने ठाउँमा र अड्डेनामा धनमाल गाडेको छ भनी सर्वजीतको बयान मुताविक धनमाल ननिस्की चौकीबाट धनमाल लगेको र वादीले पनि स्वयम चौकी देखाएको हुँ भन्ने लेखेको र सर्वजीत बाहेक अरू कुनै सावितीले पनि सो वारदात भएको समयमा गोकुलबहादुर सो ठाउँमा मौजूद थियो भनी पोल नगरेको र सर्वजीतकै शुरू मौका कागजमा पनि डुंडे (गोकुलबहादुर) घरमा बसी भाग खाने भनी पहिले लेखेको र पछि सोही मौका कागजमा वारदातको समय साथैमा थियो भन्ने लेखेकोबाट पोल गरेको कुरा परस्परमा बाझीएको देखिन आएपछि सर्वजीतको कुरा डुंडेको हकमा साँचो रहेछ भनी मान्न नहुने । जुठे भन्ने स्यालसिंहको पनि शुरू कागज पुलिसमा हुँदा मित डुंडेको भाग रू. ५५। लिई राखेको भन्ने लेखेकोबाट पनि साथैमा भएको भए सो समयमा जूठेले लिई राख्नु पर्ने अवस्थै पर्न सम्भव नहुने र सो वारदात विषयमा डुंडे (गोकुलबहादुर) सँग कुनै किसिमको राय सल्लाह भएको पनि निजको भनाई नभएको र साक्षी सर्जमीनले पनि डुंडे (गोकुलबहादुर) लाई देखे चिन्हे शंका समेत नगरेकोले डुंडे (गोकुलबहादुर) यो वारदातमा सरिक भई डाका गरे गराएको ठहर्दैन । (प्रकरण नं. ७) (२) पोलिएको मानिसले लगाइएको सवै अभियोगमा इन्कार रही केही कुरामा सावित भई कागज गरेको भए पनि–सो सावितीको कागज अभियोगीले भनेबमोजिमको नदेखिई–पुलिसको बेरीतको कागज देखिएमा–सो कागजलाई कायम मान्न नमिल्ने । जुठे तामाङ्ग भन्ने मेरो मित पर्ने हो । तर सो घरमा डाका चोरी गर्ने कुरा मलाई केही थाहा थिएन । के को रिस इवीबाट हो सर्वजीत थापा क्षेत्रीले गोकुलबहादुर थापाले भैंसीको पाडा बाँध्ने ठाउँमा र घरको चुल्होको अड्डेनामा गाडेको छ भनी देखाएको हो भनी पोले । मैले सुराक लगाएको र चोरीको मद्दती भई गएको समेत होइन । को को भई डाका गर्न गएका हुन ? मलाई थाहा छैन । मेरो मितले मलाई मेरो भाग भनी मोरू. ५५।– ल्याइदिएका रहेछन । मेरो हातमा नपर्दै मित पकडाउ भई आइसकेकाले मितले मलाई दिन नपाएकासम्म होलान । तर म चोरी गर्न नगए तापनि मेरो भाग मारेका रहेनछन भन्ने गोकुलबहादुरको मौका पुलिस ठाडो कागज भएको देखिन्छ । तर निजकै लेखाईमा पनि इन्कार हुँदै आई मितले ल्याइदिएका रहेछन । मेरो हातमा नपर्दै मित पकडाउ भई आइसकेको भन्ने लेखिएकाले अवस्था विचार गर्दा, मितले ल्याइदिएको कुरा यसले भनेबाट पाएको हुँ नभनेको । गोकुलबहादुरसँग भेट नहुँदै मित जुठे भन्ने स्यालंिसंह पकडाउ परेको भन्ने कुरा निजकै कागजमा भएको देखिनाले निज गोकुलबहादुरलाई थाहा हुने अवस्था पर्न नआउने भएबाट सो पुलिसले गराएको कागज निजले भनेबमोजिम गराएको रहेछ भन्न र निजले गरेको सो कागजलाई कायम मान्न सर्वथा नहुने । (प्रकरण नं. ८) अपीलाट तर्फबाट : श्री हेरम्बरप्रसाद उपाध्याय फैसला १. २००८ साल चैत्र १५ गते रात ११ बजेका समयमा मेरा घरमा नाउँ जानेको बाग वीरको छोरो ठूलो कान्छो १ बागवीरको छोरो जमदार भन्ने १ सर्वजीत १