निर्णय नं. ६८०३ - अंश हक कायम नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८०३ - अंश हक कायम नामसारी भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५५/१२/२२ २८६७ निर्णय नं. ६८०३ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत २०५१ सालको दे.पु.नं. ..... २३७४ फैसला मितिः २०५५।१२।२२।२ मुद्दाः अंश हक कायम नामसारी । पुनरावेदक प्रतिवादीः जिल्ला रुपन्देही वभनि गा.वि.स. वडा नं. ५ अजमा वस्ने पराग अहिर विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वस्ने रामरति अहिरनी समेत § २०३४।२।३१ को वक्सपत्रमा शेषपछिको वक्सपत्र भन्ने उल्लेख भएको र यस्तो शेषपछिको वक्सपत्रदाताको जीवनकालमा जहिले पनि वदर गर्न सक्ने हुंदा लिखतको प्रकृतिवाट नै दाताको शेषपछि क्रियाशील हुने हो । यस अदालतको झगडीया झिकाउने आदेशमा आजैका मितिदेखि भोगचलन गर्ने गरि वक्सपत्र दिएको हुंदा झगडिया झिकाउने आदेश गरेको भएतापनि भोगको अधिकार Possessory Right वाट मात्र हक हस्तान्तरण हुदैन जग्गाको स्वामित्व Ownership पनि हस्तान्तरण हुनुपर्छ साथै एक अंशियार रामरतिको स्वर्गवास भैसकेकोले दुई अंशियारका वीचमा मात्र अंशवण्डा हुनु पर्ने भन्ने हकमा रामरतिले वण्डा छुट्याई आफ्नो हक जति सर्वजित अहिरलाई हस्तान्तरण गरेको भन्ने देखिन्छ । तसर्थ अंशियारको संख्या घटबढ गर्न मिलेन । रामरतिको अंश खाने सर्वजित भएकोले ३ भागको २ भाग वण्डा छुट्याउने ठहर्याएको र शेषपछिको वक्सपत्रको जग्गा वण्डा नलाग्ने गरेको निर्णय ने.का.प. २०४१ नि.नं. २०८४ र अंशवण्डाको १८ नं. वमोजिम ०३४।२।३१ को शेषपछिको वक्सपत्रवाट ०३९।७।२ मा वादीको हक हुन आएको सम्पत्तिमा वण्डा लगाउने गरेको हदसम्मको शुरुको फैसला मिलेको नदेखिई सो हदसम्म वदर गरी केही उल्टी हुने ठहर्याएको पुनरावेदन अदालत वुटवलको फैसला मुनासिव देखिदा सदर हुने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री श्रीकान्त वराल प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री इश्वरीप्रसाद भटृराई, विद्वान अधिवक्ता श्री शम्भु थापा अवलम्वित नजिरः ने.का.प. २०४१, नि.नं.. २०४८ फैसला न्या.हरिप्रसाद शर्माः पुनरावेदन अदालत वुटवलको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अर्न्तगत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको टिपोट र ठहर यस प्रकार छः २. आसरेको जेठी स्वास्नी रामरति तर्फको छोरा राम अचल कान्छी स्वास्नीको छोरा पराग हुन । आसरे र निजकी कान्छी स्वास्नी मरिसके । आसरेको नाउंमा दर्ता भएको जग्गा वादी प्रतिवादीका नाउंमा संयुक्त दर्ता भएको छ । हामी वादी परागसंग अलग भै चुल्हो मानो अलग गरि चल सम्पत्ति हात हातमा वांडी अचल जग्गा भाग शान्ति भोग छुट्याई पांच वर्ष देखि खति उपत्ति छुट्टा छुट्टै गरि आएका छौ । म र राम अचलले सन्तराजीबाट २०३४।२।३१ मा घर जग्गा वि. १-१८-४ जग्गा हालको वकसपत्र पारीत गराई लिएको छु । छुटिृएपछि निजी कमाई र कर्जा लिई पक्कि घर वनाएको छु । वकसपत्र पाएको र पक्की घरमा कसैको अंश हक छैन । वण्डा गर्नुपर्ने सम्पत्ति संयुक्त दर्तामा भएको र जग्गाको आयस्ता विपक्षीले जालझेल गरि खान नदिएकोले रीतपूर्वकको अंशवण्डा गरौं भन्दा विपक्षीले नमानेको हुंदा हामी वादी प्रतिवादीको संयुक्त नाउंमा दर्ता भएको जग्गाहरुबाट ३ भागको २ भाग अंश दिलाई हाम्रो नाउंमा नाउंसारी समेत गरि पाउं भन्ने समेत व्यहोराको वादी रामरती अहिर्नी र राम अचल अहिरको संयुक्त फिराद । ३. फिरादी र मेरो वीच मानो छुट्याई अलग वसेको होइन चल अचल सम्पत्ति वण्डा नभएको हु