निर्णय नं. १६ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १६ - अंश भाग: २ साल: २०१६ महिना: बैशाख अंक: ३ फैसला मिति :२०१५/११/२८ २६२८ निर्णय नं. १६ ने.का.प. २०१६ फुल बेञ्च प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री मुक्तिकान्त मैनाली न्यायाधीश श्री हेरम्म्बराज फु.नं. ३ निवेदक : इन्दु शम्शेर विरूद्ध विपक्षी : ज्यानी राणाजीनी समेत मुद्दा : अंश (१) २००७ सालभन्दा अघिको १।२ छापे खड्गनिशाना–ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने। २००७ सालभन्दा अघि १।२ छोप खड्गनिशाना भएको कुरा ऐन आदेश नियमले दोहराई हेर्न नमिल्ने । (प्रकरण नं. ९) (२) अंशबण्डाको ६१ नं.–बण्डा हुन बाँकी रहेकोमा–भिन्न हुनेको दुई जीउ जीउसम्म मात्र उजुर लाग्ने– तायदाती लिई बण्डा छुट्याई दिनु पर्ने । सो २ छापे सदर भएको बण्डापत्रमा गोश्वारा अंशबण्डा रहेको बण्डा गर्नुपर्ने, बाँकीमासम्म अंशबण्डाको ६१ नम्बरले भिन्न हुनेको जीउ जीउसम्म उजुर लाग्ने हुँदा अंशबण्डाको २।४।६ नं. का ऐनबमोजिम वादीहरूले अंश पाउने देखिंदा सो बण्डापत्रमा गोश्वारा रहेको बण्डा गर्न बाँकी रहेको अबण्डा मात्रबाट ऐनबमोजिम पाउने अंशमा ऐनबमोजिम प्रतिवादीबाट तायदाती लिई बण्डा छुट्याई दिनुपर्ने । (प्रकरण नं. ९) (३) हाकिमका नाउँमा कराउनेको १० नं.–मुद्धा दोहर्‍याउने बिन्तिपत्र दिएमा–भएको इन्साफ सदर भएमा–दण्ड हुने । मुद्दा दोहर्‍याउने बिन्तिपत्र दिएमा का.ई. लालदरबार बस्ने मे.ज. इन्दु शम्शेर ज.ब.रा. के अघि प्रधान न्यायालयबाट दण्ड नभए पनि त्यसै छाड्न मनासिव नहुँदा हाकिमका नाउँमा कराउनेका १० नं. ले. तजविजी–मोरू १। दण्ड हुन्छ । (प्रकरण नं. ९) वकिलहरू : श्री बलभद्र मिश्र र सि.ए. श्री देवनाथप्रसाद वर्मा फैसला १. यसमा म समन लामाको छोरी सरस्वती र सुन्दर खत्रीको छोरी म ज्यानी दुवै जना साना हजुर तेज शम्शेर कहाँ बसेकोमा निज तेज शम्शेरले हामीहरूलाई स्वास्नी तुल्याई म सरस्वतीबाट १ छोरा शाम शम्शेर र म ज्यानी तर्फबाट १ छोरी अन्तरी मैया जायजन्म भएकोमा छोरीलाई उहाँहरूले नै तारक जंगसँग विवाह गरी दिएको र अंशबण्डा गर्दा छोरालाई अंश दिएको, हामीहरूलाई अंश नदिएकोले अंश दिलाई पाउँ भन्ने समेत ०८।६।४ को ज्यानी सरस्वतीको फिराद । २. खड्गनिशाना भईसकेकोमा फेरी तायदाती लिई अंश गर्न नमिल्ने हुँदा सो खड्गनिशाना बमोजिम खाईपाई रहेमा वादीहरू सावीतै रहेका । चित्त नबुझे म्याद भित्र उजुर गर्नुपर्नेमा उजुर समेत गर्न नसकेकोबाट खारेज हुनु पर्ने भन्ने समेत ०८।८।१२।३ को इन्दु शम्शेरको प्रतिवादी परेकोमा । ३. खड्गनिशाना भईसकेकोमा फेरी तायदाती लिई अंश गर्न नमिल्ने हुँदा खारेज गर्ने ठहराई ०९।४।२६ मा देवानी दोश्राले फैसला गरेकोमा चित्त बुझेन भन्ने ज्यानी समेतको अपील परेकोमा । ४. वादीहरूले ६ खण्डको एक खण्ड अंश पाउने ठहरेकाले खड्गनिशाना बदर हुने भएकाले जाहेर गरेको छु भनी ०९।१०।१९ मा अपील पहिलाले जाहेरी फैसला गरेको र । ५. सो इन्साफमा चित्त बुझेन भन्ने समेत ज्यानीको अपील र इन्दु शम्शेरको उजुर बिन्तिपत्र समेत परेकोमा । ६. १९९९।११।५ मा अंशबण्डा भएको । उस बखतको सरकारले २०००।७।२९ मा सनद सदर गरी दिएको । अघी बण्डा भईसकेको सम्पत्तिबाट वादी सरस्वती ज्यानीहरूले अंश पाउन सक्नु हुन्न । अघी बण्डा हुँदा बण्डापत्रबाट गोश्वारा रहेको र बण्डा गर्न बाँकी रहेको अबण्डामात्रबाट वादीहरूले अंशबण्डाका ६ नं. का ऐनले विवाहिताले पाउने भाग २० को वादी सरस्वतीले ७ भाग को १ भाग र ज्यानीले २० को १९ भाग अंश पाउनु हुन्छ । प्रतिवादीहरूले दिनुपर्ने ठर्हछ