निर्णय नं. ६८०४ - लेनदेन
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८०४ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०२/२० ३३१४ निर्णय नं. ६८०४ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री सम्वत २०५३ सालको दे.पु.नं. .... ३८३३ सम्वत २०५३ सालको दे.पु.नं. .. ३४६४ फैसला मितिः २०५६।२।२०।५ मुद्दाः लेनदेन । पुनरावेदक वादीः सिन्धुपाल्चोक जिल्ला, दुवाचौर गा.वि.स वार्ड नं. ८ देउरीनी वस्ने चेतनाथ गिरी विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. वार्ड नं. ६ इसी भुमेस्थान वस्ने गर्भेकामी सुनार पुनरावेदक प्रतिवादीःसिन्धुपाल्चोक जिल्ला पाल्चोक गा.वि.स. वार्ड नं. ६ वस्ने गर्भे कामी सुनार विरुद्ध प्रत्यर्थी वादीः सिन्धुपाल्चोक जिल्ला दुवाचौर गा.वि.स. वार्ड नं. ८ वस्ने चेतनाथ गिरी § प्रस्तुत विवादमा उल्लेखित दुवै लिखतको प्रकृतिले ती लिखत करारनामाको लिखत हुंदाहुंदै पनि लिखत अनुसार भएन भन्ने पक्षले करार ऐन अनुसार नै उपचार खोज्नू पर्नेमा आकर्षित हुनै नसक्ने लेनदेन व्यवहारको २ नं. अनुसार वादीको फिराद परेको देखिन्छ । तसर्थ करार ऐन अर्न्तगतबाट क्षतिपुर्तिको दावी लिई आउनु पर्ने पक्षले लेनदेन व्यवहारको २ नं.. अर्न्तगतबाट नालिश गरेको देखिंदा फिराद खारेज गर्ने गरेको शुरु जि.अ.को फैसला उल्टी गरी पछिल्लो अर्थात २०४९।२।४ को लिखत वमोजिमको रकम प्रतिवादीबाट भरी पाउने ठहर्याएको पुनरावेदन अदालतको फैसला मिलेको नदेखिंदा उल्टी भै करार ऐन अर्न्तगतको विवादमा लेनदेन व्यवहारको २ नं. आकर्षित हुन नसक्ने भनी फिराद खारेज गर्ने गरेको शुरु सिन्धुपाल्चोक जि.अ.को मिति २०५१।३।१५ को फैसला सदर हुने । (प्र.नं. २०) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजिरः फैसला न्या.हरिश्चन्द्रप्रसाद उपाध्यायः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छ । २. विपक्षी र मेरो सल्लाह अनुसार दुवाचौर गा.वि.स. वडा नं. ८ को कि.न. ३९७, क्षे.फ. ६-१५-३-१ खेत रु.८०,००० मुल्य गरी दिने निश्चित भई २०४८।१०।१३।३ मा वैना रु.३०,०००। दिई फाल्गुण भित्र पास गर्ने गरी वैना कागज गरेकोमा फाल्गुणमा पास गरी दिनु होस भन्दा नगरेपछि तपाईले दिएको रु.३०,०००। वैना मैले पनि जग्गा किन्न रु.२५,०००। वैना दिएकोमा समयमा दिन नसकी मेरो वैना पच भएको हुंदा तपाईले ७५,०००। लिएर आएमा खेत पाउनु हुन्छ नत्र दिन्न भन्ने पत्र प्राप्त भएपछि म विपक्षीको घर गई रु.५०,०००। दिन्छु भन्दा नमानेको र २०४९।२।४ गते भेटी रु.४२,०००। दिएं र वांकी ८,०००। मा.पो.का. मा दिन्छु भनी भन्दा पनि आलटाल गरी मेरो ७२,०००। पचाउने नियत गरेकोले लिखत गरी दिनु पर्यो भन्दा विपक्षी आफै दोहोरी कागज गर्ने भनी गर्भे सुनारका ४२,०००। वैनावटृा गरी आउने २०४९।२।४ गते भित्र जग्गा पास गरी नदिए वैना पच हुने गरी दोहरी कागज गरी दिएको । पौष महिना अगावै पास गर्नु पर्ने हुंदा पास खर्च र दिनु पर्ने रु.८,०००। समेत दिई पास गरी दिनुस् भन्दा तिमिसंग वैना स्वरुप रु.७२,०००। लिएको हुं सो जग्गा तिमिलाई दिने वाला छैन अरुले ९०,०००। दिने भएछ म दिन्न वैनाको पैसा पच भयो भनेकोले वैना स्वरुप पहिलो पटक दिएको रु.३०,०००। र दोस्रो पटक दिएको रु.४२,०००। समेत जम्मा रु.७२,०००। विपक्षबाट मलाई भराई विपक्षलाई कानून वमोजिम संजाय समेत गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. मिति २०४९।२।४ गते विपक्षीले म