निर्णय नं. ८९४८ - वैंक ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९४८ - वैंक ठगी भाग: ५५ साल: २०७० महिना: बैशाख अंक: १ फैसला मिति :२०६९/०६/२३ ५८७५ ने.का.प. २०७०, अङ्क १ निर्णय नं.८९४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुशीला कार्की माननीय न्यायाधीश श्री प्रकाश वस्ती संवत् २०६७ सालको स.फौ.नं.०६६–CR–०६२८, ०६२९ फैसला मितिः २०६९।६।२३।३ मुद्दाः वैंक ठगी । पुनरावेदक वादीः नेपाल इण्डोस्वेज बैंकको पत्रले नेपाल सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं ९ घर भै काठमाडौं महानगरपालिका वडा नं ४ महाराजगंज बस्ने मधुसुदन पुरी समेत पुनरावेदक प्रतिवादीः काठमाडौ जिल्ला, काठमाडौं महागरपालिका वडा नं. ३ महाराजगञ्ज घर भै हाल कारागार कार्यालय नुवाकोटमा कैदमा रहेका मधुसुदन पुरी विरुद्ध प्रत्यर्थी वादीः तत्कालीन नेपाल इण्डोस्वेज बैंक लि. का कार्याकारी प्रमुख मार्क डुमेजको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः– मा.न्या.श्री प्रकाशचन्द्र गजुरेल पुनरावेदन फैसला गर्नेः– मा.न्या.श्री लक्ष्मणमणि रिसाल मा.न्या.श्री हरिबहादुर बस्नेत § कानूनमा निषेध गरेको कार्य आपराधिक कार्य हो । त्यस कार्यबाट परिणाम निस्केको हुनुपर्दछ र त्यसबाट निस्कने परिणाम कानूनले निषेध गरेको हुनुपर्दछ । आपराधिक मनसाय भन्नाले कुनै पनि आपराधिक कार्य गर्दा वा सो कार्य गर्ने सम्वन्धमा कर्ताले राखेको सोच अथवा विशेष मष्तिष्कीय अवस्थालाई बुझाउने । § यो अपराधकर्ताको दोषपूर्ण मानसिक अवस्था (Guilty state of mind) हो । ठगी जस्तो फौजदारी कसूरमा मनसाय तत्वको महत्वपूर्ण भूमिका रहेको हुन्छ । कर्ताले आफूले गर्न लागेको कार्यको परिणाम के हुन्छ भन्ने कुरा पहिले नै देखेको सोचेको वा पूर्वजानकारी राख्नु पर्ने । (प्रकरण नं.६) § ठगी गरिएकै रकमबाट आर्जित भनी अभियोग लागेपछि ठगी गरिएको रकम बाहेक अन्य रकमबाट ती सम्पत्ति आर्जन भएको देखाउने प्रमाण भार यस्तो जिकीर लिने प्रतिवादीमै रहने । (प्रकरण नं.८) § दसी प्रमाण अमूर्त भईकन पनि धेरै कुरा बोलिरहेका हुन्छन् । दसी सामानले अपराधलाई पुष्टि गर्ने मात्र नभई अपराधीहरूको परिचय पनि खुलाउने । (प्रकरण नं.९) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता विश्वकान्त मैनाली, विद्वान अधिवक्ताहरू बच्चुसिँह खड्का, तुल्सी सिंखडा, सोमकान्त मैनाली, दीपक श्रेष्ठ र सुधीरमान श्रेष्ठ तथा विद्वान वैतनिक अधिवक्ता रामहरि शर्मा प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान सहन्यायाधिवक्ता सरोज गौतम अवलम्बित नजीरः सम्बद्ध कानूनः § मुलुकी ऐन ठगीको १ र .४ नं. फैसला न्या.प्रकाश वस्तीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम पुनरावेदन अदालत पाटनको मिति २०६३।५।१ गतेको फैसलाउपर वादी प्रतिवादी दुवैको तर्फबाट यस अदालतमा मुद्दा दोहोर्‍याई हेरिपाऊँ भन्ने निवेदन परेकोमा निस्सा प्रदान भै निर्णयार्थ पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार रहेको छ :– हेरया छे टुई नेपालीको नाममा दर्ता रहेको मार्क कार्पेट इन्डष्ट्रिज यस बैँकको ग्राहक नियमित गरिने बैंकिङ्ग कारोबारको सिलसिलामा मिति सन् १५–१२–१९९९ वि.स. २०५६।८।२६ गते उक्त ग्राहकको खाताबाट रु.४९,६०,०००।–(उनान्चासलाख साठीहजार) आन्तरिक स्थानान्तरण (INTERNAL TRANSFER) बाट बैँकको अर्का ग्राहक गोपालबहादुर गुरुङलाई भुक्तानी भएको थियो । र, सो रकम सोही मितिमा झिकिएको थियो । उक्त गोपालबहादुर गुरुङको खाता खोल्दा परिचयकर्तामा याक कार्पेटका नोर्वु छिरिङ