निर्णय नं. ६८०५ - कुटपिट
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८०५ - कुटपिट भाग: ४१ साल: २०५६ महिना: माघ अंक: १० फैसला मिति :२०५६/०१/१३ ३५०२ निर्णय नं. ६८०५ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री ज्ञाइन्द्र वहादुर श्रेष्ठ संवत् २०५१ सालको फौ.पु.नं. .. ८६८,८६७ फैसला मिति : २०५६।१।१३।२ मुद्दा : कुटपिट । पुनरावेदक प्रतिवादी : जिल्ला सिराहा लाहन नगरपालिका वडा नं. ३ वस्ने कोमी महतो कोइरी । विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वस्ने बच्चेलाल महतो समेत पुनरावेदक वादी : जिल्ला सिराहा लाहन नगरपालिका वडा नं. ३ वस्ने टिकाई महतोको छोरा वच्चेलाल महतो । विरुद्ध प्रत्यर्थी प्रतिवादीः ऐ.ऐ. वस्ने अच्छेलाल महतो समेत § सिराहा अस्पतालको मिति २०४५।३।२८ को रायमा खुटृा हाल काम नलाग्ने भन्ने शव्द उल्लेख भएकोबाट सधैं भरी काम नलाग्ने भन्ने नभइ पछि काम लाग्ने पनि हुन सक्ने देखिएको र यी पुनरावेदक वादी पुनरावेदन अदालतमा इजलासमा अगाडि आफ्नै खुटृाले हिडिरहेको भन्ने देखिंदा यी वादी वच्चेलालको खुटृा अद्यापी काम नलाग्ने छ भन्ने अर्थ गर्न नमिल्ने हुंदा डोमी महतो कोइरीको हकमा कुटपिटका ६ नं. अनुसार कैद वर्ष ४ गर्ने गरी शुरुले गरेको फैसलालाई कैद वर्ष २ (दुई) कायम गर्ने गरी सो हदसम्म केही उल्टी गरेको पुनरावेदन अदालत राजविराजको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं.. ११) पुनरावेदक वादी तर्फबाट : विद्वान वैतनिक अधिवक्ता श्री राजु महत पुनरावेदक प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री मोहमद शेष अव्वास अवलम्वित नजीर : फैसला न्या. केदारनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अर्न्तगत यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षी भाईनाताका अच्छेलाल डोमी, पृतम लालले अंश नदिएकाले हाम्रा पिताले निजहरु उपर अंश मुद्दा दिएको रिस लिई मिति २०४४।६।६ गते मगंलवारका दिन दिउंसो ३ वजेको समयमा मलाई घेरी विवाद गरी विपक्षीहरुले वांसको लाठी, फराठी फलामको रड, डायगर समेतले कुटपिट गरेकोले अन्यायमा परी लहान हे.पो. वाट घाउ खत जंचाई फेराद गर्न आएका छौं । प्र. डोमी महतोलाई कुटपिट का ६ नं. ले पृतम महतोलाई ऐ. ९ नं. र अच्छेलाललाई कुटपिट का ११,१३ नं. र सवैलाई हुल गरे तर्फ ऐ. १८ नं. ले संजाय गरी ऐ. २५ नं. वमोजिम घा खर्च समेत दिलाई भराई पाउं भन्ने वादी दावी । ३. वादीहरुलाई हामी कसैले पनि कुटपिट गरेको छैनौं वादीहरु ७ जना मिली सुरेतसदा मुसहरलाई कुटपिट गरेकोमा कुटपिटको प्रहार वादीहरु समेतलाई परेको हो र वारदात भनिएको दिनमा हामी गाउंघरमा थिएनौं तसर्थ झुठा दावाबाट फुर्सत पाउं भन्ने प्र. हरुको संयुक्त प्रतिउत्तर जिकिर । ४. यसमा वादी दावी वमोजिम प्रतिवादी मध्येका डोमी महतो कोइरीले वादी वच्चेलाल महतोलाई कुटपिटको ६ नं. वमोजिम कुटपिट गरी खुटृा भांची अंग भंग गरी दिएको र अन्य प्रतिवादीहरुले कुटपिटका ९,११,१३,१८ नं. वमोजिम कुटपिट गरेको ठहर्छ भन्ने समेत शुरु सिरहा जिल्ला अदालतको फैसला । ५. शुरुले तथ्यको मुल्याकंन नै नगरी हामीलाई हराई गर्ने गरेको फैसलामा चित्त वुझेन प्रमाणको मुल्याकंन गरी उक्त त्रुटीपूर्ण फैसला वदर गरी लागेको कैद जरिवाना समेतबाट सफाइ पाउं भन्ने समेतको प्रतिवादीहरुको तत्कालीन सगरमाथा अंचल अदालत राजविराज वेञ्चमा परेको पुनरावेदन । ६. यस्मा शुरु इन्साफ विचारणीय हुंदा छलफलका निमित्त अ.वं. २०२ नं. वमोजिम विपक्ष झिकाई पेश गर्नु भन्ने समेतको तत्कालीन सगरमाथा अंचल अदालतक