निर्णय नं. १८ - चोर पाल्यो भन्ने डाका

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १८ - चोर पाल्यो भन्ने डाका भाग: २ साल: २०१६ महिना: जेष्ठ अंक: ४ फैसला मिति :२०१४/०२/०९ २५२९ निर्णय नं. १८ ने.का.प. २०१६ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री बल्लभ शम्शेर ज.ब.रा. फौं.अ.न.५१ अपीलाट : कामेश्वर झा मैथली ब्रम्हण विरूद्ध रेस्पोण्डेण्ट : अक्षलाल राउत समेत मुद्दा : चोर पाल्यो भन्ने डाका (१) न्याय दिने अधिकारीले अभियुक्तको खिलाफ कागजात बाहेक अरू जरियाबाट केही कुरा सुने बुझेमा–त्यसको प्रमाणिकता । जलेश्वर देखि आधा कोश नजिक पर्ने बेला महादेवपट्टी समेत गाउँका बदचलनका वारदात गरी हिंडने भन्ने समेत बुझिएको भन्ने शुरू अमिनीले फैसलामा लेखेको उपरोक्त वाक्यले के देखिन आउँछ भने यस मुद्दामा अमिनी अड्डाका हाकिमले मिसिल कागजात बाहेक अरू कुनै जरियाबाट पनि अभियुक्तको खिलाफ केही कुरा सुन्नु बुझ्नु भएको रहेछ र त्यस्तो किसिमसँग सुने बुझेको कुरालाई किम्बदन्ती अथवा अफवाह भन्न सकिन्छ । किम्बदन्ती अथवा अफवाहलाई प्रमाण सम्झी डाका जस्तो मुद्दामा अभियोग लगाई दोषी करार गरी कारावासको सजाय तोक्नु पूर्णरूपले न्यायशास्त्रको सिद्धान्तको बिपरीत कार्य हो । कदाचित अभियुक्तको घर अमिनी बसेको ठाउँ देखि टाढा भई उक्त हाकिमले मिसिल कागजातका प्रमाण बाहेक अरू कुनै अन्य जरियाबाट केही खबर सुन्न बुझ्न असमर्थ हुनु भएको खण्डमा नमालुम कुन निष्कर्षमा पुग्नु हुन्थ्यो । अतः प्रस्तुत मुद्दामा न्यायकर्ताहरूले अनिस्चित कुराको आधारमा अव्यवस्थित तरिकाले फैसला गर्नु भएको रहेछ । (प्रकरण १५) (२) सावित रहेका मानिसले कसैलाई पोलेमा वादी तथा सरजमिनले समेत शंका नदेखाई अभियुक्तको खिलाफ शंकारहित कसुर प्रमाणित नभएमा–त्यसको प्रमाणिकता साविती हुने नथुनी, लखना, हिमा, केशव, बाहेक कामेश्वर, हरिनन्दन सिंह, देबुवा भन्ने रामदेव सिंह, सुन्दरा मिश्र समेतका हकमा वादी अक्षलाल र अरु सरजमिन समेत कतैबाट डाका वारदातमा सावित भएको नदेखिएको सिर्फ साविती हुने नथुनी, लखना, समेतका मानिसले पोलेको फौज्दारी मुद्दामा अभियुक्तका खिलाफ शंकारहित कसुर प्रमाणित नभएसम्म निजहरूलाई दाषी ठहराउन नहुने कुरा स्पष्ट तथा सर्वमान्य कानूनी सिद्धान्त हो । (प्रकरण १६) (३) हा.क.१२ नं.–एकै मुद्दामा हार्ने झगडीयाहरू मध्ये कुनैको मात्र अपील परी–इन्साफ जाँचिदा सो इन्साफ उल्टिने भई–अपील नदिनेको हकमा समेत उल्टिने भएमा–अपील नगरेको भनी सदर गरी दिनु हुँदैन । अपील नदिनेको हकमा पनि उल्टाई दिनुपर्छ । उक्त मानिस मध्ये कामेश्वरको मात्र अपील परी अरू हरिनन्दन सिंह, देबुवा भन्ने रामदेव सिंह, सुन्दरा मिश्र समेतको अपील नपरेकोले विचार गर्नु नपर्ने हो कि भन्नालाई हा.क.१२ मा एकै मुद्दामा हार्ने झगडीया मध्ये कसैको अपील उजुर परेकाबाट जाँचिदा इन्साफ वा सजाय उल्टिने भई सोही ईन्साफ सजाय उल्टाई फैसला गर्दा अपील उजुर नदिने झगडीयाका हकमा समेत ईन्साफ सजाय उल्टिन जाने भयो भने त्यस्तो अपील उजुर परेको छैन भनी सदर गरी दिनु हुँदैन । अपील उजुर नदिनेका हकमा समेत अपील उजुर दिने सरह उल्टाई छिनी दिनु भन्ने लेखिएकोले त्यसमा ऐनले विचार गरी रहनु नपर्ने भएकाले माथि लेखिएका साविती बाहेक इन्कारीमा रहेका कामेश्वर, हरिनन्द सिंह, देबुवा भन्ने रामदेव सिंह, सुन्दरा मिश्र समेतले डाका गरेको ठहर्दैन । (प्रकरण १६) (४) शुरू र अपीलले गरेको इन्साफ उल्टिएमा सजाय हुने । उल्टिमा जलेश्वर अमिनीलाई रू. १।– एक महोत्तरी अपीललाई रू. २ दुई जरिवाना गरिने । (प्रकरण १६) फैसला १. २००७ साल