निर्णय नं. १९ - जग्गा हटक समेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १९ - जग्गा हटक समेत भाग: २ साल: २०१६ महिना: जेष्ठ अंक: ४ फैसला मिति :२०१४/०८/०३ २४३८ निर्णय नं. १९ ने.का.प. २०१६ फुल बेञ्च प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री मुक्तिकान्त मैनाली न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय निवेदक : राम अवध लोहार समेत विरूद्ध विपक्षी : दुलारे वरै समेत मुद्दा : जग्गा हटक समेत (१) ०१४ साल बैशाखको परिबन्द खुलाई यो परिबन्दको मुद्दा जति दोहर्याई दिनु भन्ने शाही आदेश–पहिले भएका मुद्दा दोहर्याई दिने शाही आदेशलाई पनि यही शाही आदेशबमोजिम गर्नु भन्ने नभएमा–पहिलेको शाही आदेशबमोजिम मुद्दा चली रहेको भए–पछिको शाही आदेशबमोजिम नभए पनि–खारेज गर्न नहुने । ०१३ साल असार महिनामा प्रमांगी भई आई कारवाई चली सकेको र त्यसपछि ०१४ साल बैशाख महिनामा मात्र शाही आदेश भएको देखिनाले प्रस्तुत मुद्दामा परेका बिन्तिपत्रमा भएका प्रमांगी अथवा सो शाही आदेश हुनुभन्दा पहिले भएको प्रमांगीहरूलाई सो शाही आदेशमा उल्लेख भई यसै शाही आदेशबमोजिम गर्नु भन्ने नभएकोले पहिले भईरहेको प्रमांगी मुताविक चली रहेको मुद्दालाई पछी भएको शाही आदेशमा उल्लेख भएबमोजिम नभएको भनी नहेरी खारेज गर्न ऐन कानून समेतले नमिल्ने हुँदा सो प्रमांगीबमोजिम प्रस्तुत मुद्दा हेरी निर्णय दिन पछी भएका शाही आदेश समेतमा कुनै बाधा बिरोध नपर्ने हुँदा पहिले भएका हुकुम प्रमांगीबमोजिम हेरी निर्णय दिनुपर्ने देखिन्छ । (प्रकरण नं. ९) (२) मालका नाउँमा भएको सवालको दफा ६७–तेरो मेरो भन्ने प्रष्ट भएको मुद्दाहरू माल गोश्वाराले हेर्न नपाउने–हेरी फैसला भई गएमा खारेज हुने । प्रस्तुत मुद्दामा तेरो भन्ने प्रष्ट भएको हुँदा मालका नाउँमा भएका सवाल ६७ दफाले माल गोश्वाराले हेर्न नपाउनेमा हेरी फैसला भएको देखिनाले माल गोश्वारा प्रधान न्यायालय सर्वोच्च अदालतबाट भएको फैसला ऐनबमोजिम भएको नदेखिँदा प्रस्तुत मुद्दा खारेज हुने ठहर्छ । (प्रकरण नं. ९) (३) वादीको दावीमा गैरकानूनी कारवाई भएको खारेज भएमा–फेरी सो दावी लिई अदालतमा नालिस दिएमा–कारवाई गर्नुपर्ने । ऐनबमोजिम अदालतमा नालिस दिए उसै बखत ठहरेबमोजिम हुन्छ । नजीरको रूपमा पेश गरिएका मुद्दाहरू : (१) कल्लु कुर्मी वि.राम चरीतर । (२) रामकुमार कुर्मी वि.राम वर्णमाली । (मान्यता दिइएको) निवेदक तर्फबाट : विद्वान वकिल प्लीडर मीन मर्दन विपक्षी तर्फबाट : विद्वान वकिल सिनियर एडभोकेट देवनाथप्रसाद वर्मा फैसला १. यसमा सुनर गोसाई, पिहारे कोहार सोभा लोहार छकन मुसलमान सो भई चमारहरूले र रामलाल चमार, जगई चमार सुनर भुज बंदुले गोसाई समेत जवान ९ ले मौजे परेनाका जी.रूद्रनाथ वंशराज समेतका फाँटका क.फारामको जग्गासमेत जोती कमाई आएकोमा जग्गाको रसिद माग्दा जग्गा कमाउन पाउँदैन भनी हटक गरे । २००४ साल माघ महिनामा बुझाउन जाँदा रसिद पनि दिन्न जग्गा पनि आजदेखी कमाउन पाउन्नौ भनी हटक गरे भन्ने समेत ०४।१२ बेगतेको पिहारे कोहार समेतको बिन्तिपत्र बयान । २. क.फाराममा दर्ता भएको विहारी कोइरी शंकर चमारसमेत ५।६ बर्ष भयो । गाउँ छाडी भागी गएकाले राम जतन १ औधु मिसिर १ दुलारे वरै १ रामलखन तिवारी १ औधराज समेतका साथ २००१।२००३ सालका बाली देखि बन्दोवस्त गरेकाले निजहरूले तिरो भरो भोग चलन गरी आएको र दर्ता समेत छ । वादीहरूले कमाई आएको छैन भन्ने समेत ०५।८।७ को जी.नगेन्द्रनाथ समेतको बयान भएको । ३. औधराज, रामलाल, रामजतन दुलारे औधु मिश्र, छवीनाथ समेतले जमीदार रूद्रनाथ समेतको फाँटका जमिन क.फारामको जग्गा समेत २००० सालका बाली