निर्णय नं. २० - बन्धकी निखनाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २० - बन्धकी निखनाई पाउँ भाग: २ साल: २०१६ महिना: जेष्ठ अंक: ४ फैसला मिति :२०१०/०५/१४ २५७२ निर्णय नं. २० ने.का.प. २०१६ फुल बेञ्च (प्रधान न्यायालय पहिला उपर) प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री प्रकाश शम्शेर ज.ब.रा. न्यायाधीश श्री भैरवराज पन्त उपाध्याय न्यायाधीश श्री भगवतीप्रसाद सिंह मुद्दा नं. ८५८ निवेदक : हरिनारायण मारवाडी समेत विरूद्ध विपक्षी : गोपालप्रसाद रौनियार समेत मुद्दा : बन्धकी निखनाई पाउँ (१) बहाल बिटौरी रकम बुझाएको निस्सा भर्पाई केही दाखिल पेश गर्न नसकेमा–बुझ्ने भनेको मानिसले बहाल बिटौरी बुझेको छैन भन्ने जिकिर लिएमा–बेगर प्रमाण बुझाएको नठहर्ने । सो पसलको समेत बहाल बिटौरी रकम बुझाउनु पर्ने रूपैयाँ वादीहरू मार्फत बुझाउने गरी आएको भनेकोमा वादीवालाहरूलाई बुझाएको निस्सा भर्पाई केही छ भने दाखिल पेश गर्न नसकेको र छलफल हुँदा वादीवालाहरूले प्रतिवादीसँग बहाल बिटौरी बुझेको छैन–भन्ने जिकिर लिएको हुनाले बेगर प्रमाण बुझाएको नठहर्ने । (प्रकरण नं. ६) (२) राजिनामा भएकोमा दर्ता बदर गरी आफ्नो नाउँमा गराउनु पर्ने–दर्ता अर्कैको नाउँमा कायम देखिएमा–दर्तावालाले भोगबन्धकी थैली दिई निखनी लिन पाउने । आजसम्म सो घर पसल वादीवालाहरूकै नाउँमा दर्ता कायम नै रहेको देखिएबाट राजिनामा भईसकेको भए दर्ता बदर गरी आफ्नो नाउँमा गराउनु पर्ने । नगराए दर्तावालाले भोगबन्धकी थैली दिई निखनी लिन पाउने । (प्रकरण नं. ६) (३) हाकिमका नाउँमा कराउनेको ११ नं.–मुद्दा दोहराउन खोजी हारेमा–शुरूमा राखेको कोर्ट फिको सयकडा १० ले दण्ड हुने । मुद्दा दोहराएमा प्रतिवादी का.ई. इन्द्रचोक बस्ने विश्वनाथ मारवाडी १ ऐजन बस्ने हरिनारायण मारवाडी १ ऐजन बस्ने शंकर मारवाडीहरूको शुरूमा कोर्ट फी मोरू ९५१६१ राखी नालिस गरेको हुँदा हाकिमका नाउँमा कराउनेका ११ नं. ले सयकडा १० ले रू. ९।५४ दामासाहीले दण्ड हुनेमा वारिस हुँदा ऐनबमोजिम गरी असुल गर्नु । (प्रकरण नं. ६) फैसला १. यसमा गोपालप्रसादको बाबु तिलकधारी सत्यनारायणको बाबु बेनीप्रसादहरूले ८० सालमा वीरगञ्जको घर पसल भोगबन्धकी दिने भई दिएको बाबुहरू ८४,८५ सालमा परलोक हुनु भएको । बाबुहरूको नाउँको वीरगञ्जको घर पसल जग्गाको तिरो भरो चलाउँदै र यी बन्धकी लिने साहु मखनलाललाई भोगबन्धकी गराई दिनु भन्ने हुकुम प्रमांगी नक्कलसम्म पत्ता लागेकोबाट थैली खुलाई निखनाई पाउँ भनी नालिस गरेको । मखनलालले म्याद गुजारी सकेको । मखनलालकी स्वास्नी द्रौपतीलाई उठाई राजिनामा भएको भन्ने प्रतिवादी परेकोमा थैली मोरू. ४९१५।६२ धरौट लिई बाबुहरूका नाउँका दर्ताबाट २००० सालमा हामीहरूका नाउँका नाउँसारी दर्ता भएको र तिरो चलीरहेका प्रमाणबाट समेत निखन्न पाउने ठहराई २००५।३।११ गतेमा तोक सदर भएको र बन्धकी लिएको नक्कल आगलागीमा परेको भनी श्रेस्ताको उतार नक्कलसम्म ६।९।१४ मा रजिष्ट्रेशन अड्डाबाट पाएको थैली बुझी पसल छाडी देउ भनी शंकर, मंगली, हरिनारायणहरूलाई थैली बुझाउन जाँदा बुझी दिएन । थैली रू. ३७५०।– मालमा धरौट राखी दर्खास्त गर्दा मंगलीका हकमा समेत विश्वनाथले सो पसलहरू ५ बर्षलाई भोगबन्धकी ५ बर्षमा रूपैयाँ नबुझाए राजिनामा भन्ने लेखिएकोले रूपैयाँ बुझी लिन मञ्जुर छैन भनी तिनै जनाले कागज गरी दिए । २००७।५।३१।५ मा पर्सा मालका पर्चाबमोजिम नालिस गर्न आएको छु । अघि मुद्दा पर्दा र दर्ता नामसारी गर्दा समेत कसैको केही उजुर नपरी पछि मात्र त्यस्तो कागज गरी दिएकोले थैली नै कपाली भई लिखतबाट पसलमा निजहरूको हक टुटीसकेको