निर्णय नं. ६८०६ - वकसपत्र लिखत दर्ता वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८०६ - वकसपत्र लिखत दर्ता वदर भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०८/०२ २३६९ निर्णय नं. ६८०६ ने.का.प.२०५६ अङ्क ११ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत २०५५ सालको दे.पु.इ.नं. ..... १३८ फैसला मितिः २०५६।८।२।५ मुद्दाः वकसपत्र लिखत दर्ता वदर । पुनरावेदक प्रतिवादीः जिल्ला धनकुटा पाख्रिवास गाउं विकास समिति वार्ड नं. ३ वस्ने वर्ष ५४ कि ललिमाया गुरुङ समेत विरुद्ध प्रत्यर्थी वादीः जिल्ला सुनसरी धरान नगरपालिका वार्ड नं. ३ वस्ने विमला गुरुङ मरी मु.स. गरी आफ्नो हकमा समेत भनी पुनरावेदन गर्ने ऐ.ऐ. वस्ने उषा गुरुङ समेत § तत्कालीन न्याय प्रशासन सुधार ऐन, २०३१ वमोजिम पुनरावेदनको अनुमतिको लागि परेका निवेदनमा पुनरावेदन अदालतले कारवाही किनारा गरी गरेको निर्णय उपर सोही ऐनको दफा १३(७) को आधारमा पुनरावेदनको अनुमति पाउं भन्ने निवेदन पुनः यस अदालतमा लाग्ने हुंदा यस अदालतले सोही वमोजिमको मार्ग अवलम्वन गर्दै आएको अवस्था समेत रहि आएको छ । यस प्रकार उल्लेख भए वमोजिम शुरुमा जिल्ला अदालतले कारवाही किनारा गरी तत्कालीन कोशी अंचल अदालतले पुनरावेदन सुनी निर्णय गरे उपर पुनरावेदनको अनुमतिको लागि निवेदन परी अनुमति प्रदान भई गरेको फैसला उपर पुनरावेदनको अनुमतिको लागि निवेदन दिनु पर्नेमा न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) को आधार लिई यस अदालतमा परेको पुनरावेदन लाग्न सक्ने अवस्थाको नै नदेखिंदा त्यस्तो पुनरावेदन खारेज गर्नु पर्नेमा नगरी गरेको यस अदालत संयुक्त इजलासको मिति २०५१।३।१२ को फैसला कानून अनुरुपको नदेखिंदा सो फैसला वदर हुने। (प्र.नं. १९) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री योगेन्द्रकुमार न्यौपाने प्रत्यर्थी वादी तर्फबाटः विद्वान अधिवक्ता श्री मनुप्रसाद पौडेल र विद्वान अधिवक्ता श्री निलम पौडेल अवलम्वित नजिरः फैसला न्या.केशवप्रसाद उपाध्यायः यस अदालत संयुक्त इजलासको मिति २०५१।३।१२ को फैसला उपर परेको निवेदनमा सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(ख) वमोजिम पूर्ण इजलासको लगतमा दर्ता गरी नियमानुसार पेश गर्नु भन्ने सम्माननीय प्रधान न्यायाधीशको मिति २०५४।१२।५ को आदेशानुसार दर्ता भै यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छः २. स्व. पदमबहादुरका २ पत्नी मध्ये स्व.जेठी तर्फका छोरा विपक्षी डम्वरसिं हुन । म विमला कान्छी पत्नी हुं । हामी रेखा, उषा, अंजली, विमला पटिृका छोरी हौं । डम्वरसिं पहिले नै वावुसंग छुटृी पहाड घरमा वसेका । हामी फिरादी पति पिता पद्मबहादुरसंग धरान न.पं. वडां. नं. ३ स्थित घरमा वसी आउंदा २०४७।७।१० गते कालगतिले पिता परलोक हुनु भयो । धरान न.पं. वा.नं. ३ कै रै.नं. १११९ को ०-१-० जग्गा हामी फिरादी र प्र. डम्वरसिं समेत ५ जनाको नाममा नामसारी दा.खा. दर्ता भएको जग्गा चलन पुर्जि लिन निवेदन दिई कारवाही भैरहेको अवस्थामा हक छाडि दिने डम्वरसिं लिने ललिमाया भै रु.५०००। मोल पर्ने भनी २०४२।८।१८ गते र.नं. १९६२ मा वकसपत्र पारीत गरी ललिमायाका नाममा दा.खा. भै गएको कुरा २०४२।९।१९ मा नक्कल सारी हेर्दा थाहा पाएकोले हाम्रो हक सम्ममा विपक्षी डम्वर सिं जून दा.खा. दर्ताको आधारमा हक छाडि वक्स गरेको छ सो अपूर्ण भएकोले वदर गरी २०४२।९।१७ मा मालपोत कार्यालय सुनसरीबाट भएको निर्णयले हामो समेत नाममा संयुक्त दर्ता हुने ठहरेको निर्णय विपक्षी ड