निर्णय नं. २१ - बहाल बुझाई पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २१ - बहाल बुझाई पाउँ भाग: २ साल: २०१६ महिना: जेष्ठ अंक: ४ फैसला मिति :२०१५/११/२० २५७८ निर्णय नं. २१ ने.का.प. २०१६ फुल बेञ्च (डिभिजनमा राय बाझिएकोले डिभिजन बेञ्च उपर) प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री सिद्धिबहादुर मल्ल न्यायाधीश श्री मुक्तिकान्त मैनाली न्यायाधीश श्री हेरम्बराज फुल नं. ६ अपीलाट : शंकरप्रसाद श्रेष्ठ समेत विरूद्ध विपक्षी : दानबहादुर मुद्दा : बहाल बुझाई पाउँ (१) अदालती बन्दोवस्तको ९८ र ९९ नं.–बुझाउनु पर्ने सवै बहाल नबुझाएमा–साँवा छाडी लेनाको व्याजमा समेत दावी गरी वादी परेको देखिएमा–ऐनबमोजिमको दावी नगरी अधुरो नालिस गरेको ठहर्ने । अदालती बन्दोवस्तको ९९ नं. ले त्यस्तो नालिस किनारा गर्न नमिल्ने । अ.बं.९८ नं. मा दुइटै मानिसले एउटै मानिस उपर जतिसुकै विषयको कुरा लेखी ल्याएको र जतिसुकै मानिसले जतिसुकै उपर एउटै विषयको कुरा लेखी ल्याएको भए पनि सो बमोजिम सवै कुराको सोही फिरादपत्रबाट इन्साफ गर्नु पर्छ भन्ने किटानी साथ लेखिएकोले प्रस्तुत मुद्दामा परेको वादी हेर्दा सालको मोरू ४४। बाहाल बुझाई बस्ने कबुलियत भई म बसेको ०७ साल आश्विन १ गते देखि ०८ साल भाद्र मसान्त तकको बहाल नबुझेको र निज घर धनीसँग मेरो लेना मोरू ३०१ बाँकी भएकोले त्यसको व्याज मोरू ३०।१० कट्टा गरी बाँकी मोरू १३।९० धरौट राख्न ल्याएको छु । अड्डाबाटै तिरी बुझाई बहालमा बस्न पाउँ भन्ने लेखिएकाबाट लेनाको ब्याजमा समेत दावी गरी वादी परेको देखिएको अ.बं.९९ नं. मा साँवा र व्याजमा समेत नालिस दिन पर्नेले साँवामा मात्र वा व्याजमा मात्र नालिस गरी अरु कुरामा पछि नालिस दिउँला भन्ने इत्यादी किसिमको वादी दिन र सो वादीमा छुट्टैको त्यस्तो किसिमको बाँकी रहेको मुद्दामा पछि वादी दिन समेत पाउँदैन भन्ने किटानी साथ लेखिएको प्रस्तुत मुद्दाको वादीमा साँवा भराई पाउँ भन्ने नदेखिई उक्त लेखिएबमोजिम व्याजमा मात्र दावा गरेको देखिनाले साँवाको नालिस नभई व्याजमा दावी गरी कट्टा मट्टा मिलाई बाँकी धरौट राखेको देखिनाले ऐनबमोजिमको दावी वादीले नगरी अधुरो नालिस गरी कबुलियतबमोजिमको सवै बहाल मोरु ४४। धरौट राखेको नदेखिएको । उक्त ९८ नं. बमोजिम हेरी किनारा गर्न त्यस्तो अधुरो नालिसबाट मद्दा किनार गर्न उक्त ९९ नं. ले नमिल्ने । बुझाउनु पर्ने बहाल सवै धरौट राखी यो नालिस परेको नेदेखिएको व्याज वापतका कट्टा मट्टा मिलाई बाँकी ठहर्ने मोरू. १३।९० तेरह रूपैयाँ नब्बे पैसा धरौट राखेको छु भन्ने वादीको दावी लेनदेन थियो, थिएन व्याज दिनुपर्ने हो, होइन भन्ने समेतको कुरा यो नालिसबाट निरोपण गर्न अ.बं.९९ नं. ले बाधा पर्ने हुँदा यो वादी खारेज गर्ने ठहराएको इन्साफ ०१५।५।११।४ सर्वोच्च अदालत डिभिजन बेञ्चका श्री माननीय प्रधान न्यायाधीशजीको राय मनासिव । (प्रकरण नं. ८ र १०) फैसला १. यसमा पूर्व सडक पश्चिम अन्यायवालाहरूको घर दक्षिण बाबुराम पाध्याको घर उत्तर यादवेन्द्र जोशी समेतको घर यति ४ किल्ला भित्रको पूर्व मोहोडाको दक्षिणपट्टीको उत्तर दक्षिणलंको पसल कवल ४ को सालको बहाल मोरू ४४। बुझाउञ्जेल खोसमोस नगर्ने भन्ने ८७ साल बैशाख ११ गते अन्यायवाला हरिप्रसादले कागज गराई दोहोरी बाहाली समेत दिई पसल थापी आएको । ९६ साल भाद्र ७ गते अन्यायवालले विष्णुसिंहलाई तिर्न र पसल बनाउन समेत भनी मसँग रू. ४०१। लिई तमसुक गरी दिएको पसल गुठीको हुँदा अन्यायवालाले १ सालको र १ सालको भतिजा शंकरप्रसादले बाहाल बुझ्ने र रू. ४०१ मध्ये ९८ सालमा रू. १०० भर्ना दिइ बाँकी रू. ३०१। को सालको