निर्णय नं. ६८०७ - मोही कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८०७ - मोही कायम भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०८/०९ २५३६ निर्णय नं. ६८०७ ने.का.प. २०५६ अङ्क ११ पूर्ण इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा माननीय न्यायाधीश श्री केदारनाथ आचार्य संवत् २०५६ सालको दे.पु.इ.नं. .. ९७ फैसला मिति : २०५६।८।९।५ मुद्दा : मोही कायम । पुनरावेदक वादीः जिल्ला पर्सा गा.वि.स. विरन्चीवर्वा वार्ड नं. ९ वस्ने वर्ष ३५ को एकवाली सा कानु विरुद्ध प्रत्यर्थी प्रतिवादीः जिल्ला पर्सा विरगंज न.पा. वार्ड नं. १० वस्ने आनन्द प्रसाद श्रेष्ठ § भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को वनौटको आधारमा जग्गा कमाउन दिंदा लिंदा दुवै पक्षको सही छाप भएको लिखित कवुलियत हुनु पर्ने अनिवार्य देखिन आउंछ । मोही कायम गरी पाउं भनी एकवाली सा कानुले पेश गरेको कवुलियतमा निजैको सहीछाप परेको छैन । जग्गा कमाएको हुं भनी जुन कानूनलाई समाउन खोजेको देखिन्छ सो कानूनमा निजले कमाएको भन्ने आधारभूत प्रमाणको अभाव देखिंदा दुवै पक्षको सहिछाप परेको लिखित कवुलियत दुवै पक्षले राख्नु पर्ने कानूनी व्यवस्था अनुसार राखेको भनिएको कवुलियत रीत नपुगेको अपुरो देखिन आउंछ । माथि देखाइएका पूर्ण इजलास समेतबाट प्रतिपादित सिद्धान्त एवं भूमि सम्वन्धी ऐन, २०२१ को दफा ३४ को व्यवस्थानुसार भए गरेको नदेखिंदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको पुनरावेदन अदालत हेटौंडाको इन्साफ सदर गरेको माननीय न्यायाधीश श्री हरिप्रसाद शर्माको राय मनासिव ठहर्ने । (प्र.नं. १३) पुनरावेदक वादी तर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर विद्वान प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता अधिवक्ता श्री शीवराज अधिकारी र श्री गुरु प्रसाद वराल अवलम्वित नजीर : फैसला न्या. केदारनाथ आचार्यः पुनरावेदन अदालत हेटौंडाको मिति ०५२।४।२९ को फैसला उपर परेको पुनरावेदन उपर सुनुवाई हुंदा संयूक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्य हुन नसकी राय वाझी भै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम पेश हुन आएको प्रस्तूत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छ । २. विपक्षीका नाउंमा दर्ता रहेको गा.वि.स. विरन्ची वर्वा वडा नं. ९ कि.नं. ३० समेतको ज.वि. २-६-१० जग्गा २०४६ साल माघ २९ गतेको कवुलियत अनुसार जोती कमाई आएकोले र जग्गाधनीलाई वाली समेत वुझाउंदै आएको हुंदा मेरा नाउंमा मोही कायम गरी पाउं भन्ने समेत व्यहोराको एकवाली साह कानुको मिति २०४८।८।२ को निवेदन । ३. विपक्षी निवेदकलाई प्रचलित ऐन वमोजिम कवुलियत गरी जग्गा जोत्न दिएको भए कवुलियत गरेको एक महिनाभित्र मोही कायम गर्नुपर्नेमा नगरेको । वादीको किर्ते जालसाजी कवुलियत र भरपाई समेतको आधारमा मोही कायम हुनु पर्ने होइन । वादीले जवरजस्ती टंटँ खिचोला लगाएका हुन । प्रचलित कानून वमोजिम टंण्टा खिचोला मुद्दा पर्सा जिल्ला अदालतमा चल्दैछ । यसमा सद्दे किर्ते सम्वन्धमा अ.वं.७८ नं. वमोजिम वयान गर्ने अधिकार छ । वादी दावी खारेजभागी छ भन्ने समेत व्यहोराको प्रतिउत्तर । ४. वादीका नाउंमा भू.सु.ऐन, २०२१ को दफा २५(२) वमोजिम मोही कायम हुने ठहर्छ भन्ने समेत व्यहोराको भू.सु.का. पर्साको मिति २०४९।१२।६ को निर्णय । ५. भू.स.का. पर्साले मिति २०४९।१२।६ मा मोही कायम गर्ने गरी गरेको निर्णय नमिलेकोले सो निर्णय वदर गरी पाउं भन्ने समेत व्यहोराको प्रतिवादीको पुनरावेदन अदालत हेटौंडँमा परेको पुनरावेदन । ६. मिति २०४६।१०।२९ को भनेको कवुलियत भ