निर्णय नं. २२ - जग्गा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २२ - जग्गा भाग: २ साल: २०१६ महिना: जेष्ठ अंक: ४ फैसला मिति :२०१५/१२/०४ २५२३ निर्णय नं. २२ ने.का.प. २०१६ फुल बेञ्च (मोरङ्ग न्यायालय ऊपर) प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री सिद्धिबहादुर मल्ल न्यायाधीश श्री मुक्तिकान्त मैनाली दे.ठा.नं. १०८ निवेदक : क.क.श्री डम्बर शम्शेर थापा क्षेत्री विरूद्ध विपक्षी : रेवतमल मारवाडी मुद्दा : जग्गा (१) जग्गाको राजिनामा गराई लिई दर्ता तिरो गरी आएको लिखत दर्ता श्रेस्ता रसिदबाट देखिन आएमा–सो जग्गामा खिचोला गर्नेको जिकिर श्रेस्ता प्रमाणबाटै बिल्कुल मिथ्या सावित भईरहेकोमा–जग्गावालाको हक टुटाएको कुनै लिखत सबुद नभएमा–खिचोला गर्नेको जिकिर पुग्न नसक्ने । झगडा परेको नं. १८८ को जग्गा ८४ सालमा माहीप्रसादसँग रेवतमलले राजिनामा गराई ती निजका नाउँमा दर्ता भई साल साल तिरो भरो गरी आएको लिखत दर्ता श्रेस्ता रसिदबाट देखिन आएको । ८४ सालमा रेवतमलले खरिद गरेको जग्गा ७४,७५ सालमा खरिद गरी लिई भोगेकोले मेरो हकको भन्ने नेमचनको र नेमचनको हक भोगको थियो भन्ने क.क.डम्बर शम्शेर थापाको भनाई जिकिर श्रेस्ता प्रमाणबाटै बिलकुल मिथ्या सावित भईरहेको र सो मुख भनाई बाहेक रेवतमलको हक टुटाएको कुनै लिखत सबुद नेमचन डम्वर शम्शेर तर्फबाट पेश दाखिल गर्न नसक्नु भएको र नेमचन बाहेक रेवतमलको हक जग्गा पनि रोक्का रहेको र लिलाम भई डाक गर्नु भन्ने भई डाक भएको भनी भन्न सबुद दिन सक्नु भएको छैन । पेश भएका १ छापे नक्कलबाट पनि नेमचनको हकको लिलाम भएको बाहेक यो रेवतमलका हकको १८८ नं. को जग्गा पनि क.क.डम्बर शम्शेरलाई दिलाई दर्ता गरी दिनु भन्ने लेखिएको देखिन नआएकोले सो रेवतमलका नामको १८८ नं. को जग्गा विघा ।३।।। मेरो हक लाग्ने भन्ने निवेदक क.क.डम्बर शम्शेरको जिकिर पुग्न नसक्ने हुँदा ०११।३।१४ मा प्रधान न्यायालय डिभिजन बेञ्चले ठहर्याई छिनेको इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. ९) (२) हाकिमका नाउँमा कराउनेको ११ नं.–मुद्दा दोहराउन खोजी हारेमा–दशौंद दण्ड हुने । इन्साफ पारी छिन्ने हाकिम उपर दोहर्याएमा न्यायालयबाट भएको दण्ड रु. १। को हाकिमका नाउँमा कराउने ११ नं. ले दशौंद मोहरू ।१० दस पैसा दण्ड हुन्छ । (प्रकरण नं. ९) निवेदक तर्फबाट : सिनियर एडभोकेट श्री देवनाथप्रसाद वर्मा फैसला १. नं. १८८ मा मेरा नाउँमा दर्ता भएको कित्ता नं. २०८ को जग्गा विघा १।।.। को ०५ सालको पोत जिमिदार कहाँ बुझाउन जाँदा जग्गा ।३।।। नेमचनबाट कर्णेलले पाउने भएकाले दर्ता भईसके भनी बाँकीको मात्र पोत बुझी लिएको । पोत कं.रू. २।। बुझाउन लगाई जग्गा सदर थामी पाउँ भन्ने समेत वादी । २. वादीका नाउँमा दर्ता भएको जग्गा विघा ।३।।। इश्वरीचनसँग कुरा मिलाई ७४,७५ सालमा राजिनामा गरी लिएको जिमिदारी कचहरिमा मिलाउन बाँकी रहेको ०१ सालमा कर्णेलसँग रू. ५०००० लिएको । ०२ सालमा छोराको विवाह गर्न गएको मौका रूपैयाँ नोक्सान गरे भन्ने बिन्ति गरी घर जग्गा गोश्वाराबाट रोक्का गर्न आएको मौका जिमिदार समेत साक्षी बसी तायदाती हुँदा मैले भोग गरेको ०४ साल भाद्र २३ गते बढाबढी हुँदा ४५००० मा कर्णेलले सकार गरेको हो । सो मुचुल्कामा वादीको दाजु रामलाल साक्षी बसेको हक भए बाबुले उजुर गर्न नसकेकाले खारेज हुने भन्ने समेत नेमचनको प्रतिवादी । ३. नेमचनले व्यापार गर्न भागी मोगलान गएको थाहा भई घर समेत रोक्का गर्ने बारे बिन्ति चढाएकोमा गोश्वारा जिमिदार समेत बसी २००२।२।१८ मा रोक्का भएको लिने भागेकोले ०४ साल भाद्र २३ गते बढाबढीको २१ दिने म्याद टाँसी ब