निर्णय नं. ६८०८ - अदालतको अपहेलनामा कारवाही सजाय गरी पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८०८ - अदालतको अपहेलनामा कारवाही सजाय गरी पाउं भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०५/२४ ३५२३ निर्णय नं. ६८०८ ने.का.प.२०५६ अङ्क ११ संयुक्त इजलास सम्माननीय का.मु.प्रधान न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य संवत् २०५५ सालको फौ.वि.नं. .. १०७ आदेश मितिः २०५६।५।२४।५ विषयः अदालतको अपहेलनामा कारवाही सजाय गरी पाउं । निवेदकः शाखा अधिकृत श्री नरिश्वर भण्डारी, सर्वोच्च अदालत समेत विरुद्ध विपक्षीः अधिवक्ता नरेन्द्रकुमार के.सी. § के कस्तो अवस्था वा के कस्तो कार्यबाट अदालतको अपहेलनाजन्य कार्य भएको मानिने भन्ने सम्वन्धमा सर्वोच्च अदालत ऐन, २०४८ मा व्यवस्था नभएपनि स्वतन्त्र न्यायपालिकाको संरक्षणको लागि अदालत स्वयंले ती कुराहरुको निर्क्र्यौल गर्न सक्ने स्वविवेकीय अधिकार प्रदान गरेको देखिन्छ । यस अदालतबाट विभिन्न अपहेलना सम्वन्धी विभिन्न मुद्दामा त्यसको प्रकृति अवस्था र विषयवस्तुको गांभीर्यताको आधारमा विस्तृतरुपमा अपहेलनाजन्य कार्यको परिभाषा गरेको पाइन्छ । जसमा अदालतको आज्ञा आदेश वा फैसलाको अवज्ञा वा निरादर गर्नु वा जनसाधारणमा अदालत वा अदालतबाट हुने न्याय प्रशासनको कार्य प्रति अविश्वास वा अनास्था हुने वा हुन सक्ने कुनै कार्य गर्नु कुनै प्रकारले अदालतको सम्मान मर्यादा वा प्रतिष्ठामा आघात पुग्ने अन्य कार्य गर्नु वा न्यायाधीश प्रति प्रतिकुल वा न्यायाधीशको निष्पक्षताको र निजको सद्‌विवेक वा कार्यक्षमतामा कुनै प्रकारको शंका उठाउनु वा अन्य कुनै प्रकारले न्यायाधीशको मर्यादा सम्मान वा प्रतिष्ठामा आघात पर्न सक्ने कुनै कार्य गर्नु वा अदालतमा विचाराधीन रहेको मुद्दा मामिलामा अनुचित प्रभाव पार्न वा पर्न सक्ने गरी कुनै कुरा व्यक्त गर्नु वा कुनै कार्य गर्नु वा न्याय प्रशासनको कार्यमा लागेका अदालतका कर्मचारी वा मुद्दा मामिलाका सम्वन्धमा कुनै कानून व्यवसायीलाई गाली वेइज्जती गर्नु वा अनुचित वाधा वा अवरोध उत्पन्न गराउनु वा डर त्रासमा पार्नु वा अदालतमा इन्साफ माग्न आउने मुद्दाका कुनै पक्षलाई वा कुनै मुद्दामा कुनै साक्षीलाई सो मुद्दामा भए गरेको कुनै कुरालाई लिएर गाली वेइज्जति गर्नु वा त्यस सम्वन्धमा अनुचित वाधा वा अवरोध उत्पन्न गराउनु वा डर, त्रासमा पार्नु समेतका कार्य गर्नुलाई मोटामोटी रुपमा अदालतको अपहेलनाजन्य कार्य भएको मानिन्छ भन्ने आधार स्वीकार गरिएको पाइन्छ । इजलासमा आशिन न्यायाधीशले कुनै व्यक्तिलाई कुनै कुरा सोधपुछ गर्नको लागि वोलावट हुंदा आउन इन्कार गर्नु वा अटेर गर्नु वा इन्कार वा अटेर गरेको जस्तो देखिनुलाई पनि अदालतको अपहेलनाजन्य कार्य नै हुन आउने देखिन्छ । कानून व्यवसायको पेशा अंगाली वसेको विद्वान अधिवक्ता जस्तो व्यक्तिले इजलासबाट खोजी हुंदा आनाकानी गरी इजलासमा उपस्थित नहुनु सोभनीय कार्य समेत हुन सक्दैन । लिखित जवाफ प्रस्तुतकर्ता अधिवक्ता श्री नरेन्द्रकुमार के.सी उल्लेखित मितिमा अदालत परिसरमा उपस्थित नभएको भए विपक्षी उर्मिला डंगोलले देखेको भनी भन्नूपर्ने र अदालतका अर्दलीले समेत नभएको कुरालाई हो भनी प्रतिवेदन दिनु पर्ने कारण आधार र अवस्था देखिन आउंदैन । न्याय प्रशासनको सिलसिलामा इजलासबाट वोलावट हुंदा उल्लेख भए वमोजिम गरिएको कृयाले यस अदालतको अपहेलना भएको रहेनछ भन्ने अवस्था देखिन आएन । लिखित जवाफ प्रस्तुतकर्ताले विना शर्त क्षमा प्रार्थना गरेको देखिंदा अव उप्रान्त यस्तो कार्य हुन नजावोस भन्ने अपेक्षा गर्दै कुनै सजाय गर्नु नपर्ने । (प्र.न