निर्णय नं. ६८०९ - लिखत वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८०९ - लिखत वदर भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०३/१४ २५३१ निर्णय नं. ६८०९ ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री कृष्णकुमार वर्मा संवत् २०५२ सालको दे.पु.नं. .. ३४३० फैसला मिति : २०५६।३।१४ मुद्दा : लिखत वदर । पुनरावेदक वादीः जिल्ला डोटी कालिकास्थान गा.वि.स. वा.नं. ९ घर भै हाल जि. कैलाली ध.न.पा. वा.नं. २ वस्ने नवराज ओझा समेत विरुद्ध विपक्षी प्रतिवादीः डोटी सेती प्राविधिक शिक्षालय, दिपायल समेत § वादीले दावी गरेको जग्गा विपक्षी सेती प्राविधिक शिक्षालयले शुद्ध लेनदेन व्यवहारको महल वमोजिमको प्रकृयालाई मात्र पुरा गरी लिएको भन्ने कुरा देखिन आउंदैन । जिल्ला प्रशासन कार्यालयले सेती प्राविधिक शिक्षालयका लागि वादी दावीको जग्गा अधिग्रहण गर्ने गरी प्रकाशित सूचना एवं सो अनुरुप जग्गा प्राप्ति ऐन, २०३४ अनुसार भए गरिएका अन्य काम कारवाही उपर यी पुनरावेदक समेतले जग्गा प्राप्ति ऐनको दफा ११ ले तोकि दिएको म्यादभित्र कुने उजुर वाजुर गर्न सकेको देखिदैन । प्रतिवादी छत्रराज ओझाले आफ्नो प्रतिउत्तरमा मुआव्जा वापत प्राप्त जग्गाको रकम भाइहरुलाइ दिएको, तर नवरजा ओझाले वुझि लिन नमानेको हो भनी उल्लेख गरेको पाइन्छ । प्रस्तुत मुद्दामा शुरुमा नवराज ओझा सहित ९ जनाको फिराद परेको भएपनि पुनरावेदन अदालतमा ८ जनाको मात्र र सर्वोच्च अदालतमा ४ जनाले मात्र पुनरावेदन दायर गरी अन्य प्रतिवादीहरुले शुरु एवं पुनरावेदन अदालतको फैसलामा चित्त बुझाई वसेको स्थिति पनि देखिन आउंछ । उपरोक्त कारण एवं आधार प्रमाणबाट वादी दावी वमोजिम प्रतिवादी छत्रराजबाट मिति २०४८।६।१५ मा प्रतिवाद मध्येका डोटी सेती प्राविधिक शिक्षालयलाई राजिनामा पारीत गरी दिएको लिखत वदर हुन नसक्ने ठहर गरी शुरु डोटी जिल्ला अदालतले गरेको पुनरावेदन अदालत दिपायलको मिति २०५१।९।५।३ को फैसला मुल रुपमा मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १७) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री प्रकाश वस्ती विपक्षी प्रतिवादी तर्फबाटः नायव महान्यायाधिवक्ता श्री वलराम के.सी., विद्वान अधिवक्ता श्री हरिहर दाहाल अवलम्वित नजीर : फैसला न्या.केशवप्रसाद उपाध्यायः पुनरावेदन अदालत, दिपायल डोटीका फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१)(क)(ख) वमोजिम मुद्दा दोहोर्‍याई पाउं भन्ने वादीहरुको निवेदनमा मुद्दा दोहोर्‍याई हेर्ने गरी मिति २०५२।११।११।६ मा यस अदालत संयुक्त इजलासबाट भएका आदेशानुसार पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ । २. स्व. वुवाज्यु पदमनाथ ओझाका छोराहरुमा जेठा विपक्षी छत्रराज ओझा समेत अन्य ९ भाई गरी जम्मा १० जना सन्तान हौं । २०२२ सालमा वुवाले सर्म्पूण जग्गा को फांटवारी पेश गर्दा उमेर पुगेका विपक्षी लगायत ९ जना र उमेर नपुगेको १ छोरा भनि जनाउनु भएको सर्म्पूण जग्गाको फांटवारी घरको मुख्य देखिनु भएका विपक्षी दाजु छत्रराजले पेश गर्दा विवादित चुके आम समेतको खेत पाखोको फांटवारीमा यो जग्गा सगोलका १० भाइको अंश लाग्ने भनि २०४२ सालमा पेश गर्नु भएको छ । हालसम्म कुनै पनि छुटृी भिन्न नभएका हामी सगोलका अंशियारहरुको अंश हक लाग्ने पैतृक सम्पत्ति मध्ये विपक्षी छत्रराजले चुके आम भन्ने जग्गा ०४८।६।१५ गते मा.पो.का. मा हक छाडी रु.२,५०,९५४।४३ मुल्य कायम गराई सेती प्राविधिक शिक्षालय दिपायललाई सो को प्रतिनिधि टँ. हरि नारायणको उपस्थितिमा सो लिखत पारीत गराई दिएको सडक वाहेक भनि