निर्णय नं. ६८१० - अंश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८१० - अंश भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०६/०३ २३८३ निर्णय नं. ६८१० ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री टोप वहादुर सिंह संवत् २०५२ सालको फौ.पु.नं. .. ३१२६ फैसला मिति : २०५६।६।३।२ मुद्दा : अंश । पुनरावेदक प्रतिवादीः जि. वांके पिप्रहवा गा.वि.स. वडा नं. ५ वस्ने स्व. पोलेको छोरा आशिक वेहना समेत विरुद्ध विपक्षी वादीः जि. वांके पिप्रहवा गा.वि.स. वडा नं. ५ वस्ने स्व. पोलेको छोरो होली शेष § पुनरावेदक आशिश शेषले ०२४।१।१ मा वादी यो यो सम्पत्ति लिई छुटृी भिन्न भएको भन्ने कुराको कुनै प्रमाण दिन सकेको पाइएन । त्यसैगरी व्यवहार वा लिखतबाट वण्डा भएको भन्ने प्रमाण गुजार्न नसक्नुको अतिरिक्त प्रतिवादीले भरेको मोहीको १ नं. लगतमा वादी समेतलाई सगोलमा देखाएको पाइन्छ । यसरी लिखतबाट नै सगोलमा देखिएपछि अन्य लिखत वा कुनै वलियो प्रमाणवाट प्रतिवादी जिकिर वमोजिम ०२४।१।१ मा वण्डा भएको भन्ने देखिन नआएको हुंदा समेत शुरु वांके जिल्ला अदालतको इन्साफ उल्टी गरी वादीले दावी वमोजिम अंश पाउने ठहराएको पुनरावेदन अदालत नेपालगंजको फैसला मिलेकै देखिंदा सदर हुने । (प्र.नं. १८) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री प्रविण कुमार कार्की प्रत्यर्थी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री वेद प्रकाश शिवाकोटी अवलम्वित नजीर : फैसला न्या. लक्ष्मण प्रसाद अर्यालः पुनरावेदन अदालत नेपालगंजबाट भएको फैसला दोहोर्याई पाउं भनि न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) अन्तर्गत यस अदालतमा पुनरावेदन दर्ता भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं निर्णय यस प्रकार छ । २. मुल पुर्खा स्व. हसेना शेषको २ छोरा जेठा पाले शेष कान्छी स्व. भगरे शेष स्व. पोलेको ३ छोरा जेठा प्रतिवादी भिषा शेष, माहिलो प्र. आशिक शेष, कान्छो म वादी होली शेष स्व. पोलेको श्रीमती हाम्री आमा मफुला जीवितै छन । काका स्व. वादी भगरेका २ छोरा जेठा स्व. शेष, कान्छा मुमताज शेष, प्र. भिषा शेषका ४ छोरा फकिरे शेष, अलि वहादुर शेष, अव्दुल हकिम शेष, युनुष शेष, आशिषको २ छोरा प्रनन्को शेष, हलिम शेष भै फिरादीको २ छोरा नैराज शेष, सिराज शेष वाजे हुसेन शेषको मृत्यूपछि वावु पोले र काका मगरे घरसारमा छुटृी भिन्न भै धेरै दिन अघि देखि भिन्न भै अलग अलग वसि आएका थिए। हामी वादी प्रतिवादीहरु एक सगोलमा वसी सगोलकै आर्जनबाट खति उपति गर्दै आएका थियौं । सगोलको खरिद प्रयासबाट प्राप्त चल अचल सम्पत्ति प्र. दाजु भिखा शेष र आशिक शेषको नाउंमा दर्ता श्रेस्ता गरी घर बार चलाई आएका थियौं । पछि घर परिवारको घर व्यवहार नमिली झै झगडा भइरहने भएकोले प्रतिवादीहरुसंग मेरा अंश भाग छुटृयाई दिनुहोस भनि मिति ०४६।२।२ गते भन्दा तिम्रो अंश भाग छैन दिन्नौं भनेकोले प्रतिवादीहरुबाट अंशको फांटवारी लिई ४ खण्डको १ खण्ड अंश भाग दिलाई पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. पोलेको कान्छी स्वास्नीको नाम मकुला हो, वादी निज मफुलाको छोरा हुन, निज वादीले आमा र मेरो वीचमा ०२४ साल वैशाख १ गते घरसारमा अंशवण्डा भइसकेको छ । पुर्ख्र्यौली सम्पत्ति मध्ये पोलेले आर्जेको फुसको छाना माटोको देचाल भएको घरमात्र थियो । अरु सम्पत्ति केही पनि थिएन । वादीको आमा र मेरो वीचमा अंशवण्डा हुंदा सो घर मैले पाएको थिए । वादीलाई मैले अंश दिनु पर्ने होइन । वादी दावा झुठा हो भन्ने समेत व्यहोराको प्रतिवादी आशिक वेहनाको प्रतिउत्तर जिकिर ।