निर्णय नं. ६८११ - परमादेश सहितको निषेधाज्ञा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८११ - परमादेश सहितको निषेधाज्ञा भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०७/२५ २५१८ निर्णय नं. ६८११ ने.का.प. २०५६ अङ्क १० संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिश्चन्द्रप्रसाद उपाध्याय संवत् २०५३ सालको दे.पु.नं. .. ३०३० फैसला मिति : २०५६।७।२५।५ मुद्दाः परमादेश सहितको निषेधाज्ञा । पुनरावेदक वादीः दोलखा जिल्ला भीरकोट गांउ विकास समिति वडा नं. ८ वस्ने देवेन्द्र वहादुरको छोरा वर्ष २४ को राजु के.सी. समेत विरुद्ध विपक्षी प्रतिवादीः दोलखा जिल्ला भीरकोट गा.वि.स. तथा त्यसका अध्यक्ष पृथ्वी वहादुर के.सी समेत § यसमा विपक्षी मध्येको भीरकोट गा.वि.स. वाट खानेपानीको प्रयोजनको लागि साविकमा कुलोबाट पानी ल्याउने गरेकोमा पाइप ओछयाइ धारावाट पिउने पानीको व्यवस्था गर्न निर्माण कार्य सम्पन्न गरिसकेको भन्ने लिखित जवाफबाट देखिन आउंछ । यस स्थितिमा निषेधाज्ञाको प्रयोजन वांकी नरहेको र धनहर खेतको सिचांइको लागि भन्दा पिउने पानीको आवश्यकताले औचित्यको दृष्टिले स्वतः प्राथमिकता पाउने हुंदा पुनरावेदकको निषेधाज्ञा सहितको परमादेशको निवेदन खारेज गर्ने गरेको पुनरावेदन अदालत,पाटनको निर्णय मनासिव ठहर्ने । (प्र.नं. ८) पुनरावेदक वादीतर्फबाट : विद्वान अधिवक्ता श्री रामचन्द्र उप्रेती प्रत्यर्थी प्रतिवादीतर्फबाट : अवलम्वित नजीर : फैसला न्या.केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, पाटनबाट भएको फैसला उपर पुनरावेदनको रुपमा यस अदालत समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् र निर्णय यसप्रकार छ । २. विपक्षीहरुले भीरकोट गा.वि.स. वडा नं. ८ र ९ का जनताले विरोध गर्दागर्दै पनि जि.प्र.का. लाइ गूहारी शक्ति प्रयोग गरी जवरजस्ती हामी निवेदकहरुले परावपुर्वकाल देखि पानीबाट र गौचरणको रुपमा प्रयोग गर्दै आएको र धान खेतमा प्रयोग गर्दै आएको पानीको मुहानबाट पानी लगी खेतीपाती गर्ने कार्य वन्द गर्ने पानी पंधेरो, गौचरण समेत मास्ने मनसाय राखी मनोमानी जम्वुवास भन्ने पानीघाटको मुहानको पानी वडा नं. ८ का ११ घरका सिमित व्यक्तिको लागि खानेपानी ल्याउने योजना वनाई निर्माणगरी १,२०,०००। को वजेट पारीत गरी वडा नं. ८ खानेपानी निर्माण कमिटि गठन गरेको हुंदा विपक्षीहरुको कार्यले हामीहरुको नागरिक अधिकार ऐन, २०१२ को दफा ३ र १२ द्वारा प्रदत हक अधिकारमा आघात पर्ने पूर्ण आशंका भएकोले विपक्षीहरुका नाममा उक्त खानेपानी योजना कार्यान्वयन नगर्नु, पानीघाटको पानी नलैजानु र पानी घाटको मुहान यथास्थितिमा रहन दिनु भनि परमादेश सहितको निषेधाज्ञा जारी गरी पाउं साथै यो निवेदनको अन्तिम टूंगो नलागेसम्म उक्त योजनाको कार्य शुरु नगर्नु भनि अन्तरीम आदेश समेत जारी गरी पाउं भन्ने समेत व्यहोराको निवेदन पत्र । ३. निवेदकको माग वमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? भए कारण र प्रमाण सहित वाटाका म्याद वाहेक १५ दिन भित्र लिखित जवाफ पेश गर्नु भनि विपक्षीहरुका नाममा म्याद जारी गरी नियमानुसार पेश गर्नु भन्ने समेत व्यहोराको पुनरावेदन अदालतबाट मिति २०५२।१०।३ मा भएको आदेश । ४. विपक्षीहरुको निवेदन वमोजिम जम्वुवास पानीको मुहानबाट पानी ल्याएको नभै कन्तरे भन्ने पानीको मुहानबाट पानी ल्याएर रिर्जभ ट्यांकी निर्माण गरी पानी वितरण गरिएको हो । उक्त योजनाले वडा नं. ८ का करिव २५ धूरी जनतालाई खानेपानी उपलव्ध भएको छ । गाउं विकास समिति ऐनको अधिनमा रही प्राप्त अधिकार प्रयोग गरी गाउं विकास समितिको वैठकको निर्णय वमोजिम गठित