निर्णय नं. २६ - जग्गा खिचोला
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २६ - जग्गा खिचोला भाग: २ साल: २०१६ महिना: जेष्ठ अंक: ४ फैसला मिति :२०१६/०१/१२ २४०५ निर्णय नं. २६ ने.का.प. २०१६ फुल बेञ्च (कटर वन अपील ऊपर) प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री तिलक शम्शेर थापा डि.अ.नं. ५३२ अपीलाट, वादी : नथुमल शर्मा विरूद्ध रेस्पोन्डन्ट, प्रतिवादी : चिरंजिबीलाल मारवाडी समेत मुद्दा : जग्गा खिचोला (१) अदालती बन्दोवस्तको १०६ नं.–हक दावी पुग्नेको नालिस लाग्ने र त्यसलाई खारेज गर्न नमिल्ने । अ.बं.१०६ ले वादीको दावी पुग्न नसक्ने भन्ने प्रतिवादीहरूको वकिलको जिकिर भएकोमा भई आएको नक्सा हेर्दा अहिले झगडा दक्षिण पट्टी पर्न आएको र वादी नथुमलका बाबुहरूको बण्डापत्रमा हेर्दा वादीको भागमा दक्षिणतर्फ परेको देखिएकोले वादीको हक दावा पुग्ने नै हुँदा प्रतिवादीहरूको वकिलको जिकिरबमोजिम वादी खारेज गरी दिन ऐनले नमिल्ने हुँदा सोही अ.बं.१०६ नं. बमोजिम वादी दायर हुन सक्ने । (प्रकरण नं. ९) (२) वादीले घर बनाउन दरखास्त दिए पछि प्रतिवादीले बढी जग्गा हाल आवादीमा दर्ता गराउन खोजेकोमा वादीको नाउँको नम्बरी दर्ता नापी गर्दा घटी देखिएकोमा प्रतिवादीले जग्गाको दर्ताको प्रमाण र तिरो तिरेको रसिद पेश दाखिल गर्न नसकी भोगको जिकिरसम्म लिएकोमा वादीको नम्बरी दर्ता जग्गा कायम ठहर्ने । प्रतिवादी सुरजमल समेतले बजार बस्ताको अवस्थामा घर बने जतिकै जग्गाको बैठकी बिटौरीमा दर्ता गरी दिने गरेकोबाट बढी हुन आएको हो । सो बढी भएको जग्गा मेरो भोग को हो भनी प्रतिवादीमा जिकिरसम्म लिएको । मेरो नाउँमा दर्ता भएको छ भनी दर्ताको प्रमाण र तिरो तिरेको रसिद पेश दाखिल गर्न नसकेको । वादीले घर बनाउन दरखास्त दिईसकेपछि सो जग्गा हाल अवादीमा दर्ता गरी पाउँ भनी प्रतिवादीले दर्खास्त दिएको भन्ने कुरा मिसिलबाट देखिएकै र आफ्नु जग्गा भए हाल अवादीमा दरखास्त दिनुपर्ने आवश्यक थिएन । वादीका नाउँमा नम्बरी दर्ता भईरहेको देखिन आएको र सो जग्गा नापी गर्दा घटी देखिएकोले वादीका नाउँमा साबिक नम्बरी जग्गा विगाहा ।.।१ पाँच कठ्ठा ६ धुर वादीको कायम गरी दिने । (प्रकरण नं. ९) (३) जग्गा बिराउनेको ४ नं.–हाल आवादीमा दर्ता भएको पोखरी, पोखरीको डिल कायम रहन नसक्ने । बँझ्याइ दिने ठहर्छ । प्रतिवादीका नाउँमा बढ जग्गा विगाहा ।।४.१। हाल अवादीबाट दर्ता हुन आएको जग्गाको मुद्दातर्फमा पोखरी, पोखरीको डिल इत्यादी कुराको उल्लेख नभएको र प्रतिवादीले सो दपोट मुद्दामा बयान गर्दा यस जग्गामा मुद्दा चलिरहेको कुरा देखाउन नसकेको समेत कारणले जग्गा बिराउनेका ४ नं. ले सो जग्गा प्रतिवादी सुरजमल चिरंजिवीलाल समेतका नाउँमा दर्ता रहन नसक्ने । बँझ्याई दिने ठहर्छ । (प्रकरण नं. ९) अपीलाट, वादी तर्फबाट : श्री देवनाथप्रसाद वर्मा सिनियर एडभोकेटर प्लीडर श्री हेरम्बप्रसाद उपाध्या रेस्पोण्डेण्ट, प्रतिवादीहरू तर्फबाट : एडभोकेट श्री पद्मराज विष्ट, प्लीडर श्री पुरेन्द्रकुमार र प्लीडर श्री मुक्तिलाल झा फैसला १. यसमा मेरा बाबु छाजुरामका नाउँको वीरगञ्ज नगरपालिका तालुकको नं. १५४।१५५ को कं.रु. १५।।। ।। पोट बिटौरी लाग्ने जग्गा विगाहा ।.।१ मध्ये केही जग्गामा घर बनेको र बाँकीमा धान राख्ने बेरी भखारी र गाई बाँध्ने दाना भुसा खुवाउने नाद समेत बनाई भोग चलन गरी आएको । सोही नम्बरी भित्रको जग्गा मध्ये पोखंरा से पूर्व सडक से पश्चिम सुरजमलको घर गल्ली से उत्तर द्वारिकाको घर गल्ली से दक्षिण यति ४ किल्ला भित्रको जग्गामा नयाँ घर बनाउना निमित्त वीरगञ्ज नगरपालिकामा दरर्खास