निर्णय नं. ६८१२ - वाली दिलाई मोही निष्काशन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८१२ - वाली दिलाई मोही निष्काशन भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५५/१२/१५ २४८५ निर्णय नं. ६८१२ ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री राजेन्द्रराज नांख्वा संवत् २०५२ सालको दे.पु.नं. .. ३०२१ फैसला मिति : २०५५।१२।१५।२ मुद्दा : वाली दिलाई मोही निष्काशन । पुनरावेदक वादीः जिल्ला पर्सा हरपतगंज गा.वि.स. वडा नं. ८ वस्ने रामानन्द राउत वरै विरुद्ध विपक्षी प्रतिवादीः जिल्ला पर्सा भवानीपुर गा.वि.स. वडा नं. २ वस्ने रघूवर साह कानु मरी मु.स. गर्ने रामेश्वर प्रसाद साह कानु § वादीको वावु प्रेम राउत वरैको नाममा दर्ता रहेको उक्त कि.नं. ४९ र ५ को जग्गा वावुको मृत्यु पछि छोराले सो जग्गाको वाली भराई पाउन दावी लिएकोमा वादीले सो जग्गाको वाली भरी पाउने ठहरिएको फैसला कायमै रहेको देखिन्छ । यसवाट वावुको मृत्युपछि छोराको हक सो जग्गामा स्थापित भएको छैन भन्न मिल्ने नदेखिंदा वावुको नामबाट छोराको नाममा जग्गा नामसारी भइ नसकेको भन्ने आधारमा मात्र मोही निष्काशन नहुने ठहर्‍याएको हद सम्मको पुनरावेदन अदालत, हेटौंडाको इन्साफ नमिलेकोले उल्टी भइ मोही निष्काशन समेत हुने । (प्र.नं. १२) पुनरावेदक तर्फबाट : विद्वान अधिवक्ता श्री मिथिलेश कुमार सिंह प्रत्यर्थी प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री महादेव प्रसाद यादव अवलम्वित नजीर : फैसला न्या.राजेन्द्रराज नांख्वा : पुनरावेदन अदालत हेटौंडाबाट २०५१।२।२६ मा भएको फैसला उपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) वमोजिम यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् र निर्णय यस प्रकार छ । २. मेरो स्वर्गिय पिता प्रेम राउत वरैको नाममा रहेको गा.पं. भवानीपुर वडा नं. २ कि.नं. ४९ को ज.वि. ०-१६-५ ऐ. वडा नं. १ कि.नं. ५ को ज.वि. ०-९-० समेतको मोही प्रतिवादी भई जग्गा जोती कमाइ आउनु भएकोमा यो २०४१ सालको वाली मलाई पनि दिनु भएन, अन्यत्र घरौटी समेत नराखेकोले उक्त जग्गाको कुत वाली धान मन १४।।०।।।० को प्रतिमन रु.८७। का दरले रु.१२६२ विगो भराइ मोही समेत निष्काशन गरी पाउं भन्ने वादीको उजुरी पत्र । प्रतिवादीका नाममा म्याद तामेल भइ आएकोमा म्यादभित्र प्रतिउत्तर नपरी शुरु म्याद गुजारी वस्ने मोही भएकोले वादी दावी अनुसार वाली मात्र भरी पाउने ठहरी मिति २०४३।१२।१६ मा भूमिसुधार कार्यालय पर्सावाट भएको फैसला । ३. उक्त फैसला उपर चित्त नवुझी ना.अं.अ. मा वादी जग्गाधनिले पुनरावेदन गरी मिति २०४३।१२।१६ मा भूमि सुधार कार्यालय पर्साबाट भएको फैसला अ.वं. १९२ नं. वमोजिम कानुनी त्रुटी देखिएकोले कानुनी रीत पुर्‍याई यसै मिसिलबाट अव जे जो वुझ्नू पर्ने वुझी मोही निष्काशन तर्फ समेत वादी दावी पुग्ने नपुग्ने के रहेछ सो तर्फ समेत वोली इन्साफ गर्नु भनि तारेखमा रहेका पक्ष विपक्षीलाई शुरु भूमि सुधार कार्यालय पर्सामा मिसिल पठाइ दिने गरी शुरु भूमि सुधार कार्यालय पर्साको फैसला वदर गरीएको छ भनि मिति २०४५।६।१६।१ मा नारायणी अंचल अदालतमा फैसला भइ पक्ष्ँ विपक्षी वीच मुद्दा परी आएको रहेछ । ४. दावीको जग्गाबाट प्रतिवादीको मोही हक भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(१) वमोजिम निष्काशन हुने ठहर्छ । भूमि सम्वन्धी ऐन, २०२१ को दफा २९(३) वमोजिम दावीको सालको वाली समेत भराइ लिन पाउने ठहर्छ भन्ने शुरु भूमि प्रशासन कार्यालय पर्साको मिति २०४८।९।१२ को फैसला । ५. शुरु भूमि सुधार कार्यालय, पर्साको मिति २०४८।९।१२ गतेको फैसलाले दा