निर्णय नं. ६८१३ - जग्गा हक कायम दर्ता वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८१३ - जग्गा हक कायम दर्ता वदर भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०२/२७ २३७१ निर्णय नं. ६८१३ ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिश्चन्द्र्रप्रसाद उपाध्याय संवत् २०५२ सालको दे.पु.नं. .. २९०० फैसला मिति : २०५६।२।१७।२ मुद्दा : जग्गा हक कायम दर्ता वदर । पुनरावेदक वादीः लमजुङ जिल्ला गाउं शहर गा.वि.स. वडा नं. ६ वस्ने देव वहादुर वोहरा विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. वस्ने सन्त कुमारी वोहरा समेत § गुठी संस्थान कालिका गुठीका नाममा अस्थायी दर्ता गर्ने गरेको सम्वन्धमा वादीले नालिस दिंदा गुठीलाई प्रतिवादी बनाउनु पर्नेमा नवनाएको मिलेको नदेखिएको र अ.वं. १३९ नं. वमोजिम गुठी प्रतिवादी भएको अवस्थामा पनि गुठी संस्थान ऐन, २०३३ को दफा ६२ ले तत्कालीन अन्चल अदालतवाट प्रस्तुत मुद्दा कारवाही र किनारा गरिनु पर्ने अवस्थाको देखिएको छ । उपरोक्त आधारमा अधिकार क्षेत्र विहिन लमजुङ जिल्ला अदालतमा गुठीको मोही सन्त कुमारी उपर दिएको नालेसबाट इन्साफ गर्न नमिल्ने नै देखिंदा वादी दावी खारेज हुने ठहर गरी भएको पुनरावेदन अदालत पोखराको फैसला मिलेको देखिंदा मनासिव ठहर्ने । (प्र.नं.१६) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री यज्ञमुर्ति वन्जाडे प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री लिलेन्द्र कडेल अवलम्वित नजीर : फैसला न्या.कृष्णजंग रायमाझीः न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) (क) अन्र्तगत दोहर्‍याउने निस्सा पाई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त विवरण यसप्रकार छ । २. होम वहादुर वोहोरा जिम्मा १९९० सालमा सन्त वहादुरको दर्ता दाजु भाई भिन्न हुंदा पिताजी शेर वहादुरका अंश भागमा परी वावु परलोक भई हामी दाजुभाई वीच भिन्न हुंदा मेरो अंशमा परेको माटो मुरी ।७।१० मध्ये पुर्व डिल पश्चिम लाल वहादुरको खेत दक्षिण सन्त वहादुरको खेत उत्तर आमा कपालीको खेत समेत ४ किल्ला भित्रको साविक माटो मुरी ४ को तीस मुरे आमवोटे खेत मेरो अंश भागमा परी हकभोग गरी आएको थिए । हाल सर्वे नापी हुंदाका वखत उपस्थित भइ कित्ताकांट गराउन नसकेको कारणवाट विपक्षीले पश्चिम उत्तर तर्फको अलिकति जग्गा मात्र कि.नं. ३६८ मा मेरो नाउंमा कित्ताकांट गराइ बांकी पुर्व तर्फको पुर्व डिल पश्चिम लाल वहादुरको खेत उत्तर मेरो वांकी जग्गा दक्षिण सन्त वहादुरको खेत यति चार किल्ला भित्रको करीव माटो मुरी ।३ को जग्गा विपक्षीका लोग्ने धन वहादुरले मेरो रैकरको जग्गा गुठी वनाइ खाने उद्देश्यबाट कि.नं. ३६७ मा लमजुङ कालिकाको गुठी बनाइ गुठीमा कित्ताकांट गराउनु भइ गुठी दर्ता गर्ने गरेको ६ नं. नापी गोश्वाराको निर्णय पर्चा वदर गरी विवादित जग्गामा मेरो हक कायम गराइ मेरो नाउंमा दर्ता गराइ पाउं भन्ने समेत व्यहोराको फिराद पत्र रहेछ । ३. कि.नं.३६९ मा दर्ता भएको जग्गा मेरो रैकरको जग्गा हो रैकरको दर्ता प्रमाण र तालूकदार समेतको भनाइको आधारमा मेरो रैकर जग्गा हुनाले लोग्ने धन वहादुरका नाउंमा रैकरमा दर्ता भएको हो । गुठीलाइ रैकरमा परिणत गरी दर्ता गराउनु भएको छैन । विपक्षीको रैकर जग्गालाई गुठी भनि आफुलाई मोही कायम गरी गुठी जग्गा रैकरमा आफ्ना नाउंमा दर्ता गराएको भए विवादित जग्गामा दावि उजुर गर्दा कि.नं. ३६९ मा पनि गुठीमा परिणत गरी पाउं भनि तत्काल उजुर गर्ने थिए सो नसकेबाट विवादित कि.नं. ३६७ को जग्गा गुठी हो र कि.नं. ३६९ को जग्गा गुठी होइन भन्ने स्पष्ट छ । विवादित जग्गा दोहोरो खा