निर्णय नं. ८९५० - चेक अनादर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९५० - चेक अनादर भाग: ५५ साल: २०७० महिना: बैशाख अंक: १ फैसला मिति :२०६९/०७/१६ २५७५७ ने.का.प. २०७०, अङ्क १ निर्णय नं.८९५० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६५ सालको ०६५–CR–०४६३ फैसला मितिः २०६९।७।१६।५ मुद्दाः– चेक अनादर । पुनरावेदक वादीः काठमाडौँ जिल्ला, सीतापाइला गा.वि.स. वडा नं.४ बस्ने महेश्वरलाल श्रेष्ठ विरुद्ध विपक्षी प्रतिवादीः ललितपुर जिल्ला, लुभु गा.वि.स.वडा नं.१ स्थित डि.एम. ब्रीक एण्ड टायल फ्याक्ट्री प्रा.लि.को सञ्चालक विष्णु महर्जन समेत शुरु फैसला गर्नेः मा.न्या.श्री केदारप्रसाद चालिसे पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री लक्ष्मणमणि रिसाल मा.न्या.श्री वुद्धिप्रसाद रेग्मी § रीतपूर्वक चेक खिच्ने “ड्रअर“ ले आफूले तिर्नु नपर्ने व्यक्तिलाई त्यसरी रकम र मिति सबै उल्लेख गरी आफ्नो सहिछापसमेत गरी चेक त्यतिकै दिएको रहेछ भनी मान्न नमिल्ने । (प्रकरण नं.४) § चेक खिच्ने (ड्रअर) सँग सम्पर्क राख्नु (Refer to drawer) भन्नुको अर्थ खातामा पर्याप्त रकम नभएकोले बैंकले चेक फिर्ता गरेको रहेछ भन्ने कुराको न्यायिक अनुमान गर्नुपर्ने । (प्रकरण नं.७) § आफ्नो खातामा रकम नै मौज्दात नरहेको थाहा जानकारी हुँदाहुँदै चेक काटेर दिएको र चेक साट्न नसकेको कार्यले बैंकिङ प्रणालीमा अविश्वासनीयता उत्पन्न हुन जाने हुँदा कम्पनी सञ्चालकहरूले गरेको कार्यलाई विद्यमान कानूनअनुरूपको कार्य मान्न नमिल्ने । (प्रकरण नं.९) पुनरावेदक वादी तर्फबाटः वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ताद्वय ओमप्रकाश अर्याल र श्रीकृष्ण थापा प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता लोकभक्त राणा र मंगल महर्जन अवलम्बित नजीरः बाणिज्य कानूनसम्बन्धी केही महत्वपूर्ण नजीरहरू भाग ४, २०६३, पृष्ठ ३३५, क्र.सं.४४ नेकाप २०६७, नि.नं.८३६१, पृष्ठ ६८७ नेकाप २०६८ नि.नं.८६२७ पृष्ठ ८९३ सम्बद्ध कानूनः § विनिमय न अधिकार पत्र ऐन, २०३४ को दफा ६६, ६७, १०७(क), १०८ § मुलुकी ऐअ.वं.७८ नं. फैसला न्या.भरतराज उप्रेतीः पुनरावेदन अदालत पाटनको मिति २०६३।९।१० को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) अनुसार दोहोर्‍याई हेर्ने निस्सा प्रदान भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र निर्णय यस प्रकार छः– विपक्षीसँग म फिरादीको पहिलेदेखि नै चिनजान भएकोले सर सापट ऋण लिने दिने व्यवहार भइआएको थियो । त्यसै क्रममा विपक्षीहरू सञ्चालक शेयरवाला भएको डि.एम.ब्रीक एण्ड टायल फ्याक्ट्रीको व्यवसाय सञ्चालन गर्न ऋण दिनुहोस् भनी विपक्षीले म समक्ष मिति २०५४।९।२५ गते भेटी अनुरोध गर्नुभएकोले एक महिनाभित्र फिर्ता गर्ने हो भने दिन्छु भनी मिति २०५४।९।३० गते रु.१२,३९,०००।– ऋणस्वरूप दिएको थिए । भाखाभित्र रूपैयाँ फिर्ता नगरेकोले बारम्वार विपक्षीहरूलाई ताकेता गर्दा अन्तिम मिति २०५४।११।३० गते विपक्षीहरूले म फिरादीले भुक्तानी पाउने गरी निजहरूको राष्ट्रिय बाणिज्य बैंक बानेश्वर शाखामा रहेको चल्ती हिसाव नं.८३२ को नं.C/२०/२९९६१८ को चेक काटी दिनुभएकोमा भुक्तानीको लागि बैंकमा प्रस्तुत गर्दा खातामा निक्षेप नभएको कारणबाट भुक्तानी गर्न नसकिने भनी चेक अनादर भएकोले विपक्षीलाई रकम दिनुहोस् भन्दा हामीबाट गल्ती भयो एक पटकलाई माफ गर्नुस् केही दिनभित्र नगदै फिर्ता गर्ने छौँ, तबसम्म चेक पनि तपाइसँग नै राख्नुस् भनेकोले चुप लागि पर्खी बसेको थिएँ । विपक्षीहरूले कहिले २ महिना कहिले ३ महिना भाखा माग्दै