निर्णय नं. २८ - मात थैली बुझाई पाउँ

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. २८ - मात थैली बुझाई पाउँ भाग: २ साल: २०१६ महिना: असार अंक: ५ फैसला मिति :२०१५/०१/२९ २४५८ निर्णय नं. २८ ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री रंगनाथ उप्रेती न्यायाधीश श्री मुक्तिकान्त मैनाली दे.सि.नं. १४५ निवेदक : प्रताप गिरी विरूद्ध विपक्षी : परमानन्द उपाध्याय मुद्दा : मात थैली बुझाई पाउँ (१) नासिएका सक्कल कागज अङ्गमा दाखिल गरिसकेको भनी ऐन सवालबमोजिमको अड्डाको भर्पाई दाखिल गर्नुपर्ने, दाखिल नभएमा सो दाखिल गर्न नसक्नेले सच्चा कुरामा चलेको नदेखिने । अघि सक्कल कागज दाखिल गर्दा ऐनबमोजिम अड्डाबाट पाएको भर्पाई हाल दाखिल गर्न नसकेकोले शुरूको राय फैसलाबमोजिम यिनी प्रतिवादी सच्चा कुरामा नचली अंक बढाई हाल दावी गरेको प्रष्टै देखिन आएको । (प्रकरण नं. १२) (२) साहु आसामीको ६ नं.–उमेर नपुगेका १६ बर्ष मुनिका नावालकसँग गराई लिएको लिखत ऐनले सदर नहुने । उमेर नपुगेका १६ बर्ष मुनीका नावालकसँग गराई लिएको लिखत साहु आसामीको ६ नं.का ऐनले सदर नहुने हुँदा ऐनले सदर नहुने सो लिखत प्रमाण लागि जग्गामा प्रतिवादीको हक पुग्नै नसक्ने । (प्रकरण नं. १२) (३) उमेर पुगेपछि हक टुट्ने हदम्याद नाघ्ने कुनै श्रेस्ता दर्ता देखाउन नसकेमा श्रैस्ता दर्ता नसरेसम्म ऐनले हदम्याद लाग्न नसक्ने देखिएमा हक नटुट्ने र नावालक अवस्थामा बन्धकी लिएको थैली दाखिल गरेमा बुझ्नु पर्ने । वादीको उमेर पुगेपछि ऐनबमोजिम हक टुट्ने हदम्याद नाघ्ने कुनै लिखित दर्ता श्रेस्ता छ भनी प्रतिवादीले देखाउ नै नसकेको श्रेस्ता दर्ता नसरेसम्म नावालक अवस्थामा भोगवन्धकी भनी भोग गर्न दिएको जग्गा ऐनले हदम्याद लाग्नै नसक्ने हुँदा म्यादमा उजुर नगरेकोले वादीको हक पुग्दैन भन्ने शुरू देखि प्रधान न्यायालय सिंगलबेञ्चसम्मको रायसँग यसबेञ्चले सहमत गर्दैन । वादीको हक टुटेको लिखत दर्ता श्रेस्ता बेगर जग्गामा प्रतिवादीको हक पुग्न सक्तैन । वादीले नावालक अवस्थामा बन्धकी भनी लिएको थैली मोरू १००। दाखिल गरिसकेको देखिँदा सो थैली प्रतिवादीले बुझी लिनु पर्ने । जग्गा वादीको हक ठहर्छ । (प्रकरण नं. १२) वादी तर्फबाट : विद्वान प्लीडर श्री हेरम्बप्रसाद उपाध्याय फैसला १. यसमा रावल चौर भन्ने खेत तिरो रू. १।७१ को जग्गा ८५।८६ साल के मा हो रू. १००। को मातमा खान दिएको पछि सो जग्गाको रूपैयाँ बुझ भन्दा नबुझेबाट मेरो उजुर परी साविक दैलेख अदालतमा कारवाई चलेको मुद्दाको किनारा नहुँदै आन्दोलनले मिसिल पोली दिएको हुनाले अघि ०६।११।२६ मा धरौट राखेको कं.रू. १००। को धरौटी दिएमा उजुरी लिई ठहरेबमोजिम हुने भन्ने ०७।१०।२० मा पन्च अफिस समेतबाट तोक लागेकोले सो तोक समेतको सक्कलै टिप्पणी पेश गरेको छ । प्रतिवादीलाई म्याद बुझाई पाउँ भन्ने समेत ०७।१०।२८ को वादी । २. वादी दावीको जग्गा ८४ साल चैत्र महिनामा हो । यो प्रतापले मबाट रू. ५००। लिई सो खेत फाछर्ये लेख्नै परेपछि रू. १००। मारिएको भनी उजुर दिएको । फाछर्ये यही हो भनी मैले प्रमाण दिंदा सद्दे किर्र्ते के हो भनी सुनाउदा कागज सद्दे हो तर म अंकअक्षर नजान्ने हुँदा मात पारिएकोमा अंक बढाई फार्छ्या गरेछन । सो गरेमा उजुर गर्छु भनी उजुर गरी सो मुद्दामा समेत कारवाई चली रहेको कागज हुँदा ०७ साल माघमा मिसिल पोलिएको सो मिसिलमा तालुकदारले गरी दिएका रसिद र फार्छ्या समेत पेश भएको फार्छेय नभएको हुँदा झुट्टा उजुर गरेको हो भन्ने समेत प्रतिवादी बयान रहेछ । ३. बुझिएका प्रमाण परिबन्दबाट उजुर गर्ने हदम्याद नाघी सकेको देखिएकाले समेत बन्धकी बुझाई पाउँ भन्ने व