निर्णय नं. २९ - घूस
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. २९ - घूस भाग: २ साल: २०१६ महिना: असार अंक: ५ फैसला मिति :२०१४/१२/०५ ३४८४ निर्णय नं. २९ ने.का.प. २०१६ डिभिजन बेञ्च (अपील पहिला ऊपर) न्यायाधीश श्री सिद्धिबहादुर मल्ल न्यायाधीश श्री मुक्तिकान्त मैनाली फु.ठा.नं. ४३ अपीलाट : भ्र.नि.अफिसर विरूद्ध विपक्षी : विष्णुमान तुलाधर मुद्दा : घूस (१) शंकाको भरमा अपराधि ठहर्याउने नहुने– अपराधमा सजाय दिन निश्चयको प्रमाण पुग्नु पर्ने । शंकाको भरबाट अंजामले कुनै व्यक्तिलाई अपराधि ठहराई सजाय दिन न्यायसंगत कानूनी सिद्धान्तले मिल्दैन र सजाय दिन निश्चयको प्रमाण पुग्नुपर्छ । (प्रकरण नं. २७) (२) सरकारी कर्मचारी उपर लगाएको घूसको अभियोगमा–दिइएको मुख्य साक्षीको बयान र अभियुक्तको अड्डैका मानिसहरूको मुचुल्का पनि–नियमबमोजिम खडा भएको श्रेस्तालाई झुठ्ठा गराउने देखिएमा–विश्वास गर्न लायक प्रमाण मान्न नहुने र उन माथि लगाएको सवै आरोप मिथ्या सावित हुने । डि.लक्ष्मीबहादुर वन बिभागको बहालवाला कर्मचारी देखिन्छ । तर त्यस्ता कर्मचारी अफिसमा हाजिर भए नभएको सवाल नियमले टायममा अधिकारवालाले हाजिर लिई कागजी लिखित श्रेस्ता राख्ने व्यवस्था बाँधिएको देखिन्छ र सो बमोजिम लिखित श्रेस्ता भएको उक्त १४ गतेको डि.लक्ष्मीबहादुरको हाजिरी फाराम नक्कल पनि मिसिल सामेल छ । जसबाट ९ गते देखि १८ गतेसम्म अड्डामा उपस्थित नभई गैर जनिएको छ । १२ गते अड्डामा थिएनन् भन्ने मुख्य गवाहीको बयानले पनि बताईरहेको छ । ९ गते देखि १३ गतेसम्म अड्डामा नगई गैर रहने मानिसले घुस लिने र दिने कुरा निश्चय गरेपछि अन्यत्र लिनसम्मको जमानी सारा अड्डैको सामुन्ने लिने अघिल्लै दिनदेखि लिन इच्छा गरी अड्डामा १४ गते हाजिर हुन गए । अड्डामा रूपैयाँ मागे नदिएबाट घरमा आए भन्ने मुख्य गवाहीको र आफ्ना अधिकारको अड्डामा सवाल नियमबमोजिम खडा हुने लिखित प्रमाण श्रेस्ताबाट अड्डामा उपस्थित नभए गइरहेको मानिसलाई अड्डामा हाजिर हुन आएका थिए भन्ने उक्त अड्डाका कर्मचारीको भनाई लिखित सबुदबाटै मिथ्या र अदालतले प्रमाणमा विश्वास गर्न लायक देखिदैन र डि.लक्ष्मीबहादुर १४ गते वन बिभागमा थिएनन् भन्ने प्रत्यक्ष प्रमाण देखियो । डि.लक्ष्मीबहादुर वन बिभागमै नभएपछि १३ गते देखि नै १४ गते वन बिभागमा डि. लक्ष्मीबहादुरसँग भेट गर्ने । १४ गते वन बिभागबाट डि.लक्ष्मीबहादुर मोटर चढी आए भन्ने मुख्य गवाही अम्बिका विष्णुदास, भुवन, ड्राइभर, वन बिभागका कर्मचारीको भनाई लेख बिलकुल झुठ्ठा सावित हुन्छ । जहाँ डि.लक्ष्मीबहादुर मौकामा गएकै छैनन् भन्ने डि.लक्ष्मीबहादुर बाहिर बसी उनका सट्टा विष्णुमान रूपैयाँ लिन भित्र गएको भन्ने आरोप मिथ्या सावित छ । (प्रकरण नं. २७) (३) मुख्य गवाहीको बयान–अरू बयानहरूबाट मिथ्या देखिएमा–उनले दिएका अरू साक्षी पनि उनी सित पूर्व कनेक्शन भएको र बेसरोकारी खडा गरिन सक्ने देखिएमा–यस्ता साक्षीको बयान पनि अमिल्दो देखिएमा–मुख्य सवालहरू पनि दाखिल हुन नसकेमा–मौकामा पक्रिएको अभियुक्त बाहेक अरूको खिलाफ भित्र बयान सवुत साक्षी पर्याप्त मान्न नहुने । मुख्य गवाही अम्बिकाप्रसादको शुरू रिपोर्टमा डि.लक्ष्मीबहादुरको नाम बाहेक अरूको नाम छैन । पछि गरेको बयानमा जयन्द्रबहादुरले अरूको मुख टाल्नु पर्छ भनी लेखेको चिठ्ठीको आधारमा ११ गते बोलाउन पठाएबाट होटेलमा गएँ । हेरी १३ गते पनि होटलमा जम्मा भई रूपैयाँ मागेबाट होटेलमै पर्खाई पुलिस गोश्वारा विशेष पुलिस अफिसर सिंहदरबार आई.जी.पी.सँग भेटी कुरा गरी आएँ । १४ गते म घरमा आइ प्रबन्ध मिलाई बाहिर निस्कन लाग्दा देउ