निर्णय नं. ३० - बेरीतसँग थुने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३० - बेरीतसँग थुने भाग: २ साल: २०१६ महिना: असार अंक: ५ फैसला मिति :२०११/०३/३१ २९७६ निर्णय नं. ३० ने.का.प. २०१६ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री भैरवराज पंतोपाध्या न्यायाधीश श्री महेन्द्रबहादुर महत क्षेत्री न्यायाधीश श्री भगवतीप्रसाद सिंह फौ.ठा.नं. २५ निवेदक : श्री ले.ज.मृगेन्द्र शम्शेर ज.ब.रा. विरूद्ध विपक्षी : आई.जी.पी. मुद्दा : बेरीतसँग थुने राजकाजको ऐन ४३ दफा अन्तर्गत १।२ दफा लगाइएको अभियोग निम्न अवस्थामा नलाग्ने । (१) जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ति मच्चाई पुलिस माथि गोली चलाएकोमा सहयोगी भन्ने अभियोगमा, मुद्दा अदालतलाई सुम्पी सकेपछि अदालतबाट कारवाई ठहर नहुँदै । (२) नेपाल घुम्न आएका भारतीय शिष्टमण्डलका सदस्यहरूको बेइज्जति अवहेलना इत्यादी गर्नेमा सहयोगी भन्ने अभियोगमा कागज गराई ऐन सवालबमोजिम गर्ने भनी छाडी सकेपछि बिना कारवाई तहकिकात फेरी दोषारोपण गरेमा । (३) खानतलासीबाट बेपासको हातहतियार बरामद भयो भन्ने अभियोगमा बरामत भएको हातहतियार भू.पु.मिनिष्टरको नाउँमा दर्ता भई खर्च भई बाँकी रहेको अभियोगीकै जिम्मा छोडिएको देखिएमा अडरबमोजिम तोकिएको ठाउँमा दाखिल गरेको भर्पाई समेत दाखिल भई लाईसेन्सको लागि पनि कारवाई भईरहेको देखिएमा । (४) मनाही भएको माल झिकायो भन्ने अभियोगमा, आएको माल भईराखेको सनद सवालको मनाही भएको मालको लिष्ट भित्रको नभएमा, केही बाहेक अरू सवै जाँची रहनु पर्दैन । छोडी दिनु भन्ने मेमो सदर समेत भएकोमा, रोकिएका माल जँचाउने कारवाई भईरहँदा थुनामा राख्नु भन्ने कुनै ऐन नभई दिइएको थुनुवा गर्ने बोधार्थमा पनि यो यो अपराधमा यो यो एन अन्तर्गत थुनामा राखेको भन्ने नखुलेकोमा । राष्ट्रवादी गोरखा परिषदको सदस्य र संचालक समेत हुनु भएको पूर्व १ नं. मा गोर्खा परिषदका सदस्यहरूले उक्त जिल्ला कब्जा गर्ने उद्देश्य लिई अशान्ति मच्चाई पुलिस माथि गोली चलाएकोमा उहाँको सहयोग भन्ने लेखिएको । उक्त मिसिल श्री माननीय गृह मन्त्रिज्यूका आदेशबमोजिम भनी उचित कारवाईको लागि ११।१।२९ गते विशेष अदालतमा गई कारवाई चलाउने भईरहेको हुँदा गृह मन्त्रालयबाटै ऐन सवालबमोजिम कारवाई चलाउने गरी मिसिलै अदालततर्फमा आएको । सो अदालतबाट कारवाई ठहर, तहकिकात हुन बाँकी छँदै उहाँको सहयोग भएको भनी किटानी साथ लेखेको कुरा ठीक नदेखिएको । नेपाल घुम्न आएका भारतीय शिष्टमण्डलका सदस्यहरूको बेइज्जति अवहेलना इत्यादी गर्ने काममा उहाँको सहयोग र हात भएको भन्नेतर्फ मैजिष्ट्रेट अफिसबाट ११।२।२२ गते कागज गराई मिसिल साथ राखी ऐन सवालबमोजिम गर्ने भनी सिरमा लेखी मृगेन्द्र शम्शेरजीलाई छाडी सकेकोमा अरू प्रमाण कारवाई तहकिकात बेगर फेरी दोष आरोप गरी पुर्पक्षलाई थुन्न ऐनले नमिल्ने । बबरमहल खानतलासी गर्दा बेपासको हातहतियार खरखजाना बरामत भएको भन्नेतर्फ आई.जी.पी.बाट आएको फाइलबाट खानतलासीमा निस्केको खरखजाना ज्येष्ठ १८ मृगेन्द्र शम्शेरजीकै जिम्मा छाडी आएका । कमिश्नर अफिसबाट आएका उतार फाइल समेतबाट भू.पु.मिनिष्टर बब्बर शम्शेरका नाउँमा बन्दुक पेस्तोल गोली गठ्ठा आएको र ०७ सालसम्म खर्च भएको फाँटवारी र बाँकी तेरिजमा बन्दुक पेस्तोल गरी थान ५२ टोटा ६१९७ र अरू बारूद समेतको कच्चावारी खुली किताब दर्ता भएको उतार, आई.जी.पी.का अडर बमोजिम नारायणहिटी गारतमा बुझाउँदा गारतबाट दिएको भर्पाईमा नम्बर जात खुलेको किताब दर्ताको नम्बरमा भिडाउँदा प्राय मिल्न आउने । कुनै नमिल्ने भएमा पनि कमिश्नर अफिसबाट कारवाई गरी ठहरेबमोजिम