निर्णय नं. ३१ - ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३१ - ज्यान भाग: २ साल: २०१६ महिना: असार अंक: ५ फैसला मिति :२०१५/०५/०६ २५६६ निर्णय नं. ३१ ने.का.प. २०१६ फुल बेञ्च प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री भैरवप्रसाद उपाध्याय न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय फौ.ठा.नं. ४३ निवेदक, प्रतिवादी : पद्मबहादुर दाहाल खत्री क्षेत्री विरूद्ध विपक्षी, वादी : सेम्वो थामी मुद्दा : ज्यान (१) परिस्थितिबाट वारदात परिचयवाला व्यक्तिबाटै भएको देखिई त्यस्तो अपराधीहरू एकमुख भई अरूलाई समेत अड्डाली पैले सावित भएमा कुटी सिकाई सावित गराएको उजुर भई दोहार्‍याई भएको सरजमिनबाट पनि कुटपिट वा सिकाई झुट्टा सावित गराएको नदेखिएमा अपराध गरेको ठहरिने । यस मुद्दामा पनि निज मेजर्नीका घरमा गई खुन गर्ने मानिसहरू अन्तै गाउँका अरू हुन भन्ने विशेष शंकासम्म पनि कतैबाट नदेखिई कुनै किसिमको हल्ला र कुकुरसम्म पनि भुक्न कराउन नपाउने प्रवन्ध मिलाई जानेबुझेको समेत त्यस घरको परिचयवाला व्यक्तिबाटै घटना घट्न आएकोमा गोपिलाल, पद्मबहादुर, अम्बरबहादुरहरू सारा गाउँ घरका सामुन्नेमा वारदातको परिबन्द पुर्‍याई राधाकृष्णलाई अड्डालो हाली एकमुख भई सावित भएका वीरबहादुरले कुटी सिकाई सावित गराएको भन्ने उजुर गरे पनि दोहार्‍याई सरजमिन हुँदा समेत कुटपिट वा सिकाई झुठ्ठा सावित गराएको नदेखिएको । नोकर्नी असारमाया समेत विशेष त्यस घटनामा सहमतै ठहरी अपीलले सजाय गरेमा निजले अपील उजुर गर्न पनि नसकेकी र वास्तविक गाउँ घरमा भएको घटना जतिसुकै कसूर छिपाउन खोजे पनि यस्तो अपराधको कुनै न कुनै छिद्रबाट प्रकाश हुन धेरै सम्भव हुने भएकोमा उसै बखत मौकामै स्वयमेव एकमुख भई ३ जना सावित भई राधाकृष्णलाई समेत पोल गरेको । अरू बुझिएको यावत् प्रमाणबाट पनि उक्त मेजर्नी हरिकुमारीका घरमा हरिकुमारी समेतको खुन गर्नुपर्ने मुख्य राधाकृष्णलाई कारण परी निजै र निजको सल्लाहबाट मारी धनमाल लिन खान लेखिएबमोजिम पद्मबहादुर, अम्बरबहादुर गोपिलालले समेत खुन गरेको सिद्ध देखिएको कुरामा प्रमाण बेगर धेरै दिन पछि कुटेर सावित गरेको भन्ने कुरालाई साँचो सम्झी साविती र सबुदले कुसुरदार ठहरेको व्यक्तिले रिहाई पाउन सक्छन भन्न नभई अपील र सर्वोच्च अदालत डिभिजन बेञ्चका फैसलामा लेखिएका बुँदा प्रमाणबाटसमेत इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. २७) २. सावितीहरूले एकमुख भई कसैलाई पोलेमा प्रमाणबाट पनि पोलिएकै मानिसबाट कसुर गर्नुपर्ने देखिएमा सो पोलिएको व्यक्तिले रिहाई पाउन सक्छ भन्न नहुने । मौकैमा स्वयमेव एकमुख भई ३ जना सावित भई राधाकृष्णलाई समेत पोल गरेको । अरू बुझिएका यावत् प्रमाणबाट पनि उक्त मेजर्नी हरिकुमारीको घरमा हरिकुमारी समेतको खुन गर्नुपर्ने मुख्य राधाकृष्णलाई कारण परी निजै र निजको सल्लाहबाट मारी धनमाल लिन खान लेखिएबमोजिम पद्मबहादुर अम्वरबहादुर गोपिलालले समेत खुन गरेको सिद्ध देखिएको कुरामा प्रमाण बेगर धेरै दिन पछि कुटेर सावित गरेको भन्ने कुरालाई साँचो सम्झी साविती र सबुदले कसूरदार ठहरेका व्यक्तिले रिहाई पाउन सक्छन भन्न नभई अपील र सर्वोच्च अदालत डिभिजन बेञ्चको फैसलामा लेखिएका बुँदा प्रमाणबाट समेत इन्साफ मनासिव ठहर्छ । (प्रकरण नं. २७) फैसला १. यसमा मेरा जिम्माको रैती मेजर्नी हरिकुमारीको घरबारी वीरबहादुरले किनेको । सो घरमा हरिकुमारी वीरबहादुरले घर कुरूवा राखेको । अम्बरबहादुर १ मेजर्नीको साथी असारमाया थपेनी १ समेत ३ जनामा मेजर्नी माथि तला चोटामा र असारमाया छिंडीमा अम्बरबहादुर बाहिर दलानमा सुतेको । ०६।४।१५ को राती नमालुम क