निर्णय नं. ३२ - थैली बुझाइ पाउँ
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३२ - थैली बुझाइ पाउँ भाग: २ साल: २०१६ महिना: असार अंक: ५ फैसला मिति :२०१६/०२/१० २२८५ निर्णय नं. ३२ ने.का.प. २०१६ डिभिजन बेञ्च (धनकुटा अपील ऊपर) न्यायाधीश श्री मीनबहादुर थापा न्यायाधीश श्री पशुपतिप्रसाद उपाध्याय डि.नं. २२९ अपीलाट, वादी : अकल सिंह जीमी विरूद्ध रेस्पोण्डेण्ट, प्रतिवादी : अम्बर सिंह जीमी मुद्दा : थैली बुझाइ पाउँ (१) रजिष्ट्रेशनको ३ नं.–कसैबाट जग्गामा हक छुटाई वा बकसपत्र गराई लिएको लिखतमा–रजिष्ट्रेशन पास हुनपर्ने– पास नभएकोमा हक नपुग्ने । जब्रुमा जीवितै रहेको भन्ने लेखिएको र निजबाट हक छुटाई वा बकसपत्र गराई लिएको लिखत रजिष्ट्रेशन पास भएको छ भन्न नसकेकोले हक नपुग्ने । (प्रकरण नं. ८) २. अदालती बन्दोबस्तको १०६ नं.–हक नपुग्ने वादीको मुद्दा दायर भई छिनिएको भएमा–फैसला बदर भई मुद्दा खारेज हुने । हकै नपुग्ने यो वादीको उजुर अ.बं. १०६ नं. ले लाग्न नसक्नेमा मुद्दा दायर गरी २ अड्डाले छिनेको सदर नहुने हुँदा दुवै अड्डाको फैसला बदर गरी यो मुद्दा खारेज गरीदिनु । (प्रकरण नं. ८) ३. जागिरदार बिर्तावारले झगडा हेर्दाको ४ नं. र अदालती बन्दोबस्तको ८ र २३६ नं.–लेखपढ गर्न नजान्ने ल्याप्चे लगाउनेले झगडा हेर्न छिन्न नपाउने । वादीले प्रमाण दिएको हेदान्ताको अमाली रणशेरले ल्याप्चे सहछिाप गरी छिनेको फैसला र जयबहादुरले ल्याप्चे सहिछाप गरी गराएको मिलापत्र प्रमाण लिनलाई मुद्दा मामिला हेरी छिन्नु कारवाई गर्नु भन्ने कुरा दुनियाँको जीवनको एक महत्वपूर्ण आधार छ, जसबाट दुनियाँको जेथाको हारजित सजायको भागी बन्नुपर्छ । यसले ऐन सवाल जानेका व्यक्तिलाई नै सरकारले निर्भर गरी सौंपिएको छ । जागिरदार अमालीहरूलाई पनि लेखपढ गर्न जान्नेलाई नै झगडा हेर्न अख्तियार भएको देखिने र वास्तविक लेखपढ गर्न नजान्नेबाट झगडा हेरी कारवाई फैसला गराउँदा सो फैसला निर्णयहरूमा के लेखियो थाहा पाउन नसक्ने भई त्यसबाट जनतामा ठूलो मर्का पर्नजाने सम्भव पर्ने र लेखपढ गर्न नजान्ने ल्यप्चे लगाउनेले फैसला गर्न पाउँछ भन्ने थितिरितिको सनद सवालमा पनि नदेखिएको । अदालती बन्दोबस्त ८।२३६ नं. र जागिरदार बिर्तावारले झगडा हेर्दाको ४ नं. ले समेत लेखपढ गर्न नजान्ने ल्याप्चे लगाउनेले झगडा हेर्न छिन्न नपाउने हुनाले अमाली रणशेर जयबहादुरले ल्याप्चे सहीछाप गरेको उक्त फैसला मिलापत्रहरू सदर हुन सक्तैन । (प्रकरण नं. ८) फैसला १. जब्रुमालाई पालनपोषण गरेकोले निजका हकको लोग्ने मानेले खाएको रूपैयाँ तिरी उकास गरी खानु भनी ११ साल पौष १६ गते रोज ६ मा मञ्जुरी कागज गरी दिएकोले रूपदलबाट अम्बरसिंहले न्हेडिक गरी लिएको मानेको नाउँको रू. ८० को तमसुकबमोजिम बुझाउन जाँदा बुझी दिएन । अमालबाट भएको फैसला मिलापत्र कागज बुझी बाजे रामसुवा दर्ताका रू. २।। तिर भित्रको दामासाही तिरो रू. ।।० लागेको किपट खेतको थैली रू. ८० अम्बरसिंहलाई बुझाइ मेरो सदर गरी खान पाउँ भन्ने समेत वादी रहेछ । २. रामसुवा दार्ताको जग्गा यो जग्गादेखि आधा कोष फरक छ । लप्सीबोटे खेत मानेको कान्छी स्वास्नी जब्रुमाको हक मिटाई वादीले एकलौटी रू. १४०० मा रणध्वजलाई बन्धक दिई साहुले खाएको छ । मेरै दर्ताको रू. ४ तिराको हुँदा वादीको हक नपुग्ने र रू. ८० मा बन्धक दिएको र रूपदलबाट न्हेडिक लिएको समेत छैन । झुठ्ठा उजुर गरेकोले थैली बुझ्न नपर्ने हुँदा सो मार्से खेत मेरै हक सदर थामी पाउँ भन्ने समेत प्रतिवादी रहेछ । ३. दावीबमोजिम किपट भन्ने देखिन नआई वादीको बजु जब्रुमाको हक देखिन आएको थैली तिरी खानु भन्न