निर्णय नं. ६८१४ - लिखत वदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८१४ - लिखत वदर भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०५/१४ २४९४ निर्णय नं. ६८१४ ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी माननीय न्यायाधीश श्री हरिश्चन्द्र्रप्रसाद उपाध्याय संवत् २०५१ सालको विविध नं. .. १४८ फैसला मिति : २०५६।५।१४।२ मुद्दा : लिखत वदर । विन्तिपत्रवाला वादीः जिल्ला चितवन खैरहनी गा.वि.स. वार्ड नं. ६ वस्ने कृष्ण प्रसाद थपलिया विरुद्ध विपक्षी प्रतिवादीः ऐ कठार गा.वि.स. वार्ड नं.८ सुण्डी वस्ने श्याम प्रसाद उप्रेती § मुलुकी ऐन जग्गा मिच्नेको ९ नं. ले रोक्का भएको जग्गा लिन दिन नहुने र लिनुदिनु गरेकोमा मर्का पर्नेले नालिस गरी वदर गराउन पर्ने जग्गा मिच्नेको १८ नं. र ने.का.प. २०४१ अंक १२ पृष्ठ १०९० मा प्रकाशित नि.नं. २३०६ को पुण्यमाया भटृराई विरुद्ध मालपोत कार्यालय झापा समेत भएको उत्प्रेषणको मुद्दा यस अदालतबाट प्रतिपादित सिद्धान्तवाट समेत देखिन आउंछ । २०३८।१०।२२ मा श्याम प्रसाद उप्रेतीले पहाड सिंहवाट राजिनामा पारीत गराइ लिएको विवादित कि.नं. १ को जग्गा रोक्का भएको अवस्थामा लिएको देखिएपनि त्यसबाट मर्का पर्ने व्यक्तिको जग्गा मिच्नेको ९ र १८ नं. अन्तर्गत नालिस परेको देखिदैन । जग्गा फुकुवा भएपछि २०३९।९।१९ मा खरिद गरी लिने यी वादी कृष्ण प्रसाद थपलियालाई २०३८।१०।२२ को लिखतबाट पहाड सिंहले प्रतिवादी श्याम प्रसादलाई हक हस्तान्तरण गरेकोबाट मर्का पुग्न गएको अवस्था हुने भन्न पनि मिलेन । मिति २०३८।१०।२२ को लिखत वदर नभइ कायम रही रहेको अवस्थामा स्वतः वदर हुने भन्न सकिने अवस्था माथि उल्लेखित कानुनी आधारबाट देखिदैन । मिति २०३८।१०।२२ को लिखत कायम नै रहेको अवस्थामा पहाड सिंहमा हक रहेको भनी मिति २०३९।९।१९ मा लिखत गरी दिन मिल्ने र पाउनेको जग्गामा हक पुग्ने भन्न नमिल्ने । (प्र.नं. १३) विन्तिपत्रवाला वादी तर्फबाटः विद्वान अधिवक्ता श्री नारायणवल्लभ पन्त विपक्षी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री वसन्तराम भण्डारी अवलम्वित नजीर : ने.का.प. २०४१ अंक १२ पृष्ठ १०९० फैसला न्या.कृष्णजंग रायमाझीः तत्कालीन मध्यमान्चल क्षेत्रिय अदालतबाट भएको फैसलामा इन्साफ जांच गरी पाउं भनी श्री ५ महाराजाधिराज सरकारका जूनाफमा परेको विन्तिपत्र यस अदालतमा प्राप्त भै इन्साफ जांच गर्ने निस्सा प्रदान भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् एवं ठहर यसप्रकार छ । २. सर्टिफिकेट कीर्ते मुद्दामा धरौट जमानत वापतमा पहाड सिंहले आफ्नो नामको चितवन कठार गा.पं. ९(ख) कि.नं. १ को ज.वि. २-१-१६ डिपोजिट दिएकोले मा.पो.का. चितवनमा रोक्का रहेकोले मकवानपुर जिल्लामा गई विपक्षी पहाड सिंह र श्याम प्रसाद मिली ०३८।१०।२२ मा रजिष्ट्रेशन पास गराएका रहेछन् र सो लिखत वदर गर्ने गरी प्र.जि.अ.ले गरेको निर्णय रिट क्षेत्रबाट वदर हुने भनि ०४१।४।२ मा आदेश भएको उक्त जग्गा फुकुवा भएकै दिन ०३९।९।१९ मा रु.५००००। मा मेरो नाममा दर्ता भएको सो लिखत वदर गराइ पाउं भनि श्याम प्रसादले म उपर दिएको मुद्दामा लिखत वदर हुने गरी यसै अदालतबाट ०४२।२।२५ मा निर्णय भएकोमा जमीन रोक्का भएको वखतमा फुकुवा नहुंदै श्याम प्रसाद लिने पहाड सिंह दिने गरी भएको लिखत वदर गरी पाउं भन्ने समेत व्यहोराको फिराद दावि । ३. मेरो लिखत वदर हुनु पर्ने होइन, विपक्षीलाइ गरी दिएको राजिनामा वदर हुने ठहर्‍याई निर्णय भइ सकेकोले पुनः यही विषयलाई लिएर नालेस गर्ने विपक्षीलाई हकदैया नै छैन फिराद खारेज हुनु पर्दछ भन्ने समेत व्यहोराको श्य