निर्णय नं. ६८१५ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८१५ - लेनदेन भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०४/३१ ४२४७ निर्णय नं. ६८१५ ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री हरिश्चन्द्र्रप्रसाद उपाध्याय संवत् २०५३ सालको दे.पु.नं. .. २८३५ फैसला मिति : २०५६।४।३१।२ मुद्दा : लेनदेन । पुनरावेदक प्रतिवादीः जि. सिन्धुली महादेवस्थान गा.वि.स. वडा नं. ४ वस्ने गंगावीर थिङ विरुद्ध विपक्षी वादीः ऐ.ऐ. वडा नं. ६ वस्ने इन्द्र वहादुर श्रेष्ठ § ऋण तिरेको कानुन वमोजिमको कागज नभएको साक्षीको भनाइबाट मात्र ऋण तिरेको भन्न कानुन संगत नहुने हुंदा लिखत वमोजिमको सांवा व्याज वादीले दावी वमोजिम प्रतिवादीबाट दिलाइ भराइ पाउने ठहर्‍याएको पुनरावेदन अदालत जनकपुरको मिति ०५२।९।१६ को फैसला मुनासिव देखिंदा सदर हुने । (प्र.नं. १३) पुनरावेदक प्रतिवादी तर्फबाट : ह विपक्षी वादी तर्फबाट : अवलम्वित नजीर : फैसला न्या.गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत पुनरावेदन अदालत जनकपुरको मिति ०५२।९।१६ को फैसला उपर पर्न आएको पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षी गंगावीरको म फिरादीको घर दलानमा वसी मिति ०४३।९।२१ गते का दिन ३८२५। रुपैया खसी वोका व्यापार गर्नको लागि लिनु भै सहीछाप गरी दिनु भएको थियो । भाखा नाघे पश्चात वेला वेलामा रुपैयाको कुरा गर्दा सांवा व्याज एकैपटक दिनेछु भनि समय वढाउदै गएका थिए । मिति २०४९।७।१० गतेका दिन विपक्षीले आफ्नो छोरा इश्वर वहादुरलाई लिई मेरो घरमा आइ तपाइको सांवा व्याज तिर्दछु लिखत निकाल्नु भन्नु भएकोले मैले लिखत निकाली दिए विपक्षीले सांवाव्याज नदिइ कागज समेत जवरजस्ती लिइ हिडनु भएकोले फर्पिङकोट प्रहरी चौकीमा निवेदन दिइ प्रहरीलिइ गइ कागज फिर्ता गराएपछि तिम्रो रुपैया तिर्दिन भनि जवाफ दिए पनि पर्खि रहेको थिएं । विपक्षीसंग पुनः मिति २०४८।१२।१० मा रुपैया माग्दा रुपैया पाउन हातमा रुपैया लिएर हिड्नु पर्छ भन्ने जवाफ दिनु भएकोले सांवा रु ३८२५। हालसम्मको दसौदले हुने व्याज २३४३। समेत जम्मा रु.६१६८। विपक्षीबाट दिलाइ भराई पाउं भन्ने समेत व्यहोराको फिराद दावी । ३. विपक्षीसंग मिति २०४३।९।२१ मा रु.११००। लिइ लिखत पढी वाची नसुनी सहीछाप गरी दिएको थिएं, भाखाको दिनमा विपक्षीले मलाइ रु.३८२५। र सोको व्याज समेत दिनु पर्‍यो भनि माग गर्नु भयो मैले तपाइसंग रु.११००। मात्र लिएको रु.११००। र सो को व्याज तिर्छु रु.३८२५। तिर्दिन भनेपछि ०४९।७।१० गते महादेवस्थान गा.वि.स. वडाका अध्यक्ष गणेश वहादुर उपाध्यक्ष यज्ञ वहादुरलाई रकम उठाइ दिनको लागि भन्नु भएछ र गा.वि.स.को अध्यक्ष उपाध्यक्षले मलाइ वोलाउनु भएकोले गा.वि.स.मा २०४९।७।१० गते गै छलफल गर्दा मैले रु.३८२५। तिर्नु पर्ने निर्णय दिनु भएकोले मैले रु.३८२५। र मिति २०४९।९।२१ गते ०४९।४।१० गते तक ५ वर्ष ७ महिना महिना १९ दिनको ऐन वमोजिम हुने व्याज समेत एकमुष्ट विपक्षीलाई प्रमाण खण्डको साक्षीहरुको रोहवरमा वुझाएको हुं । तर विपक्षीले रुपैया वुझेको भरपाई गरी दिनु भएन र लिखत समेत च्याती दिनु भएन । गा.वि.स.का अध्यक्ष, उपाध्यक्षले यसो गर्नु राम्रो भएन भन्दा उपाध्यक्षलाई हातपात गरी उपाध्यक्षले निवेदन दिइ छलफल गर्दा गल्ती गरे भनि माफि माग्दै गा.वि.स लाई रु.४२०। समेत दिनु भएको थियो । सोही दिन मैले रुपैया वुझाइ सकेको छु वुझाउन वांकी छैन पटक पटक रुपैया लिने खाने नियतले झुठा नालेस गरेका हुन भन्ने समेत