निर्णय नं. ६८१६ - अपुताली जग्गाको लिखत वदर गरी खिचोला मेटाई चलन चलाई पाउं

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८१६ - अपुताली जग्गाको लिखत वदर गरी खिचोला मेटाई चलन चलाई पाउं भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०३/१४ २३५० निर्णय नं. ६८१६ ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री गोविन्दवहादुर श्रेष्ठ माननीय न्यायाधीश श्री केदारप्रसाद गिरी संवत् २०५२ सालको दे.पु.नं. .. २९१५ फैसला मिति : २०५६।३।१४।२ मुद्दाः अपुताली जग्गाको लिखत वदर गरी खिचोला मेटाई चलन चलाई पाउं । पुनरावेदक प्रतिवादीः जि. रुपन्देही फरेना गा.वि.स. वाड नं. ७ वस्ने उमाशंकर तिवारी त्रिपाठी समेत विरुद्ध विपक्षी वादीः ऐ.ऐ. वस्ने जैकरण तिवारी समेत § २०१६ सालको वण्डापत्रले प्यारी तिवारीन र मोति तिवारीनले आफ्नू हकको अंश जग्गा आफूखुश गर्दा अन्य अंशियारको स्वीकृति लिनु पर्ने भन्ने शर्त उल्लेख गरी वण्डापत्र पारीत गरेको देखिन्छ । सो शर्त ने.का.प. २०४६ नि.नं. ३८५० पृष्ठ ६३१ मा अंश हकको निर्वाधतालाइ शर्त राखेको कानुनी मान्यता विहिन हुने भन्ने समेत प्रतिपादित नजिरको विपरीत हुंदा सो शर्त कानुन विपरीत भै स्वतः निस्कृय हुने हुन्छ । साथै पियारी तिवारीन मरी सकेपछि निजको अंशको सम्पत्ति पुन ४ भाग गरी मिति ०४४।४।१२ मा वण्डापत्र पारीत भै सकेकाले एकातर्फ पियारीको मृत्यु भएपछि निज उपरको शर्तको तात्पर्य नै रहेन भने झन २०४४ को वण्डापत्रमा समेत शर्त उल्लेख नभएपछि उक्त शर्त वमोजिम मोती तिवारीनले वादीहरुबाट स्वीकृति लिनुपर्ने आवश्यकता नै नदेखिंदा शर्त वमोजिम स्वीकृति नलिइ वक्सपत्र गरेको वदर गरी पाउं भन्ने दावी पुग्न नसक्ने । (प्र.नं. १२) पुनरावेदक प्रतिवादीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री मुकुन्द रेग्मी विपक्षी वादीतर्फबाट : विद्वान अधिवक्ता श्री श्रीहरि अर्याल अवलम्वित नजीर : ने.का.प. २०४६ नि.नं. ३८५० पृष्ठ ६३१ फैसला न्या.गोविन्दवहादुर श्रेष्ठः न्याय प्रशासन ऐन, २०४८ को दफा ९ अन्तर्गत यस अदालत समक्ष पर्न आएको प्रस्तुत पुनरावेदन पत्रको संक्षिप्त तथ्य् एवं ठहर यसप्रकार छ । २. वृज नारायणका ४ छोरा क्रमशः गोकर्ण, जैकरण, झिन्कू भन्ने वलिकरण र विशम्भर हुन । वलिकरणको पत्नी मोति तिवारीन हुन । विसम्भरको छोरा विपक्षी हुनुहुन्छ । ०१६ सालमा अंशवण्डा पत्र हुंदा झिन्कु भन्ने वलिकरणको परलोक भै सकेकोले निजको अंश हक सम्वन्धमा वण्डापत्रमा अंश छुट्याइए तापनी वांकी ३ भाईको स्वीकृति लिएर मात्र कुनै किसिमको लिखत पत्र वेच विखन गर्न सक्ने गरी निजको विधवा पत्नी प्यारी तिवारीनको सहमतिले वण्डापत्र खडँ भै माझ खण्ड मालबाट रजिष्ट्रेशन भएको र त्यसै अनुसार दाखा भै जोत भोग गरी आएको २०४६ साल कार्तिक २ गते मोति तिवारीनको मृत्यु भएको त्यसको भोलीपल्टै देखी मोति तिवारीनको जग्गा कव्जा गरेको हुंदा निजको नामको जग्गा नजिकको हकवाला हामी गोकर्ण, जैकरण र विपक्षीका वावु विसम्भर भएकोले नामसारी गराउन मृत्यु दर्ता प्रमाण लिई मालमा जांदा २०४४।१०।४ को शेषपछिको वक्सपत्र लेखाइ पारित गराउनु भएको भन्ने थाहा भएको ३ भाईको स्वीकृति लिएर मात्र सम्पत्ति आफ्नो खुश गर्न पाउने कुरामा त्यसो नगरी विपक्षीहरुले उक्त जग्गालाई मोति तिवराइनवाट शेषपछिको वक्सपत्र गराइ पास गराउंदैमा अधिकारै नभएको व्यक्तिले गरी दिएको कागजबाट विपक्षीहरुको हक स्थापित हुने होइन । शेषपछिको वक्सपत्र वदर गरी फिरादको तपसिलमा लेखिएको जग्गाको खिचोला मेटाई अपुताली हक कायम गरी चलन चलाई पाउं भन्ने समेत व्यहोराको वादीको फिराद पत्र । ३. फिरादीहरुको भनाई अनुसार मोति तिवराइन फिरादीको