निर्णय नं. ६८१८ - ठगी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८१८ - ठगी भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०४/२१ ३१९३ निर्णय नं. ६८१८ ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संवत् २०५२ सालको फौ.पु.नं. १३०३ फैसला मिति : २०५६।४।३१।२ मुद्दाः ठगी । पुनरावेदक प्रतिवादीः जि. सिरहा गा.वि.स. सिरहा वार्ड नं. ४ वस्ने मटुक यादव विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वस्ने सियावती यादवनी § मुलुकी ऐन ठगीको महलको १ नं.. मा कसैले आफ्ना हक नपुग्ने अर्काको हकको चल अचल धनमाल हक पुग्नेलाई वा जसका जिम्मा रहेको छ, उसलाई ललाई फकाई वा जाल परिपंच गरी वा आफ्नो हक नभएको सम्पत्तिमा आफ्नो हक पुग्ने किर्ते कागज बनाई दिई वा पेश गरी वा आफूसंग नभएको कुरा आफूसंग छ भनि झुक्याई वा झुठो कुरालाई सद्दे हो भनी झुक्याई वा अरु जुनसुकै व्यहोरासंग धोका दिई गफलतमा पारी आफ्नो हक नपुग्ने अर्काको हकको चल अचल धनमाल लिए दिए दिलाएमा वा अर्काको माल मेरो हो भनी वा मेरो भएको छ भनी लिखत गरी वा नगरी सोही माल लिए दिए विक्रि व्यवहार गरेमा वा सटृापटृा गरी लिएमा ठगी गरेको ठहर्छ भन्ने उल्लेख भइरहेकाले राख्न दिएको कुरा ठगीको परिभाषा भित्र पर्न आएको समेत देखिएन । राख्न दिएको भन्ने सम्वन्धमा कानून वमोजिम उजुर परे ठहरे वमोजिम हुने नै हुंदा ठगीको परिभाषाभित्र नपरेको प्रस्तुत फिरादबाट कारवाई गर्न नमिल्ने भई खारेज हुने । (प्र.नं. १०) पुनरावेदक प्रतिवादी तर्फबाट : विपक्षी वादी तर्फबाट : अवलम्वित नजीर : फैसला न्या.उदयराज उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३।८८ (२) अन्तर्गत पर्न आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ । २. विपक्षी मटुकी मेरो स्वयं भाई हुन । मेरो पति ३० वर्ष अघि नै स्वर्गवास भै सक्नु भएको छ । त्यसैले म सिरहा मै वस्दछु । भाईके अति नै विश्वास गर्दछु । ०४६ साल पौष महिनामा आजभन्दा २ वर्ष अगाडि चोरहरुले खेत खनी चोरी गरी आतंक बनाई रहेका थिए । त्यसैले विपक्षीले गर गहना चोरी हुने संभावना देखाई तिम्रो गहना मलाई राख्न देउ भनी ललाई पकाई गरेकाले २५ तोलाको गोडामा लगाउने चांदीको कल्ली थान २, चांदीको हसुली ४५ तोलाको थान १, चांदीको चुरा २५ तोलाको थान २, चांदी रुपैया १४ वटा भएको हारी थान १, कानमा लगाउने आधा तोलाको सुन्को रिंग थान २ समेत ०४६।९।२६ गतेका दिन विपक्षीलाई राख्न दिएको थिएं । मैले पटक पटक माग गर्दा आलटाल गरी पचाउने नियत गरेकाले ०४७।१०।२७ मा निवेदन दिंदा जिल्ला प्रहरी कार्यालय सिरहाबाट झिकाई वुझी कागज गराउंदा निवेदीकाको सामान मैले लिएको छु । २ महिनापछि वैंकबाट निकाली दिन्छु भनेका थिए । सो भाखा समेतमा नदिएकाले मैले जिल्ला प्रशासन कार्यालय सिरहामा ताकेता गर्दा निवेदीकाको गहना वापत ०४८ साल आश्विन २ गते सम्ममा रु.५०००। दिन्छु भनि ०४८।५।२ गते कागज गरी दिएकोमा आज भोलि गर्दै आलटाल गरेकोले फेराद गरेको छु । विपक्षी त्यसरी ठगी गरेकाले दिए ठगी गरी लिएको उल्लेखित गर गहना जस्ताको त्यस्तै नदिए चांदी तोला १ को रु.१५०। ले १०९ तोला चांदीको हुने रु.१६३५७। सुन तोला १ को रु.७९५४। ले आधा तोला सुनको रु.३८७७। समेत जम्मा रु.२०३२७ । विपक्षीबाट मु.ऐन ठगीका ४ नं. अनुसार दिलाई सजाय समेत गरी पाउं भन्ने वादी दावी । ३. फेरादीलाई मैले ठगी गरेको होइन, छैन । वादीले राजनिति नेताहरुसंग वल पुर्‍याई जिल्ला प्रशासनमा निवेदन दिंदा जिल्ला प्रशासनबाट मलाई कागज नसुनाई लेखी राखेको कागजमा सही