निर्णय नं. ८८२० - अंश दर्ता

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८८२० - अंश दर्ता भाग: ५४ साल: २०६९ महिना: भाद्र अंक: १ फैसला मिति :२०६८/१२/२३ ४०८१ ने.का.प. २०६९, अङ्क ५ निर्णय नं.८८२० सर्वोच्च अदालत, पूर्ण इजलास सम्माननीय प्रधान न्यायाधीश श्री खिलराज रेग्मी माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय माननीय न्यायाधीश श्री कमनारायण दास २०६६–DF–००२४ आदेश मितिः २०६८।१२।२३।५ विषयः– अंश दर्ता । पुनरावेदक प्रतिवादीः जि. बारा, वरियापुर गा.वि.स. वडा नं. २ बस्ने शिवनाथ साह कानू विरूद्ध प्रत्यर्थी वादीः जि. बारा, वरियापुर गा.वि.स. वडा नं. २ बस्ने विश्वनाथ साह कानू शुरू फैसला गर्ने : मा.न्या.श्री शान्तिराज सुवेदी पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री गोविन्दकुमार उपाध्याय मा.न्या.श्री आत्माराम भट्टराई यस अदालत, संयुक्त इजलासमा फैसला गर्नेः मा.न्या.श्री रामकुमारप्रसाद शाह मा.न्या.श्री भरतराज उपे्रती § पुनरावेदन गर्न पाउने गरी कानूनले नै अधिकार दिइरहेको अवस्थामा सोहीअनुरूप पुनरावेदन पर्ने अवधि बाँकी छ वा छैन भन्ने समेतका विषयमा यथार्थ तथ्य बुझी कानूनको रीत पुर्‍याई पुनरावेदन परे नपरेको यकीन गरी एकैपटक आफ्नो तहबाट निरोपण गर्नु पुनरावेदन सुन्ने अदालतको कानूनी कर्तव्य हुने । § कानूनबमोजिम पुनरावेदनको म्याद जारी नहुँदै पुनरावेदन अदालतबाट केवल वादीको पुनरावेदनको रोहबाट भएको फैसलाले प्रतिवादीको पुनरावेदन गर्न पाउने कानूनी हकलाई संकुचित, नियन्त्रित वा निष्प्रभावी बनाउन नहुने । (प्रकरण नं.४) § कुनै एउटा विवादमा कुनै एकतहको अदालतबाट दुईवटा फैसला हुन सक्तैन । कुनै कार्यविधिगत त्रुटि वा अदालतको भूल वा गल्तीबाट एउटै विवादमा पनि पहिले एकप्रकारको फैसला भए पनि पछि कानूनबमोजिमको प्रक्रिया पूरा गरी सोही विवादमा उही तहको अदालतबाट अर्को फैसला हुन गएको रहेछ भने विवादित विषयको निरोपण गर्ने सिलसिलामा विवादका दुवैपक्षलाई बुझी दुवै पक्षको कुरा सुनी प्रमाणको मूल्याङ्कन गरी भएको पछिल्लो फैसलालाई नै सो तहको अदालतबाट भएको आधिकारिक फैसला मान्नुपर्ने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता शम्भु थापा तथा विद्वान अधिवक्ताहरू ईश्वरीप्रसाद भट्टराई र रामविलास राउत प्रत्यर्थी वादी तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता किशोर अधिकारी, विद्वान अधिवक्ताहरू मनमोहन तिमल्सेना र विजयकुमार गुप्ता अवलम्बि नजीरः सम्बद्ध कानूनः फैसला प्र.न्या.खिलराज रेग्मीः पुनरावेदन अदालत, हेटौंडाको मिति २०६०।५।३० को फैसलाउपर प्रतिवादीको तर्फबाट यस अदालतमा पुनरावेदन दर्ता भई संयुक्त इजलाससमक्ष पेश हुँदा सो इजलासका माननीय न्यायाधीशहरूको फरक–फरक राय भई निर्णयार्थ यस इजलाससमक्ष पेश भएको प्रस्तुत मुद्दाको तथ्य एवं निर्णय यस प्रकार छः– पिता सुरज साह कानूको दुई छोरामध्ये जेठो म वादी, कान्छो प्रतिवादी भएकोमा पिता र आमाको स्वर्गारोहण भैसकेको छ । पिता र काका हरिहर साह कानूको बीचमा मिति २०१९।११।२६ मा अंशबण्डाको लिखत रजिष्ट्रेशन पास गरी अलग–अलग बसी आउनु भएको थियो । विपक्षीले धन सम्पत्ति लुकाउन लाग्दा मिति २०५५।५।२५ का दिन अंश माग्दा नदिएकोले फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी तायदाती फाँटवारी लिई दुई अंशियारा हुँदा दुई खण्डको एक खण्ड अंश छुट्याई मेरो नाउँमा दर्ता समेत गरिपाऊँ भन्ने समेत व्यहोराको वादीको मिति २०५५।६।२१ को फिराद दावी । दावीबमोजिम पुस्तावली ठीकै छ । मेरो छोराको जग्गा सगोलको भै राजेश, मनोजप्रसादका नाउँमा खरीद गरेको हो भन्ने वादीको भन