निर्णय नं. ६८१९ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८१९ - उत्प्रेषण भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०८/१४ ३१७० निर्णय नं. ६८१९ ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री उदयराज उपाध्याय माननीय न्यायाधीश श्री दिलीपकुमार पौडेल संवत् २०५४ सालको रिट नं. २९३७ आदेश मिति : २०५६।८।१४।३ विषयः उत्प्रेषण । निवेदकः एभरेष्ट एयर लिमिटेडको तर्फबाट तथा आफ्नो हकमा समेत ललितपुर जिल्ला झम्सीखेल वस्ने वर्ष २७ को राजेन्द्र कुमार खेतान विरुद्ध विपक्षीः श्री ५ को सरकार पर्यटन तथा नागरिक उड्यन मन्त्रालय हवाइ विभाग ववरमहल, काठमाण्डौ समेत § वैंक जमानतको रकम जफत गर्दा निवेदकलाई जानकारी दिएको नदेखिंदा प्राकृतिक न्याय सिद्धान्तको परिपालन भएको पनि पाइदैन । उक्त मिति ०५३।९।२४ को संझौताको दफा २ मा उद्योग विभागमा दर्ता भएको मितिले १ वर्षभित्र कार्य संचालन गर्नुपर्ने नगरे वैंक जमानत जफत हुने व्यवस्था रहेकोमा हवाई विभागको लिखित जवाफको प्रकरण २(क) मा मिति ०५३।३।७ मा उद्योग दर्ता भएको भन्ने जिकिर लिएपनि सम्वन्धित फायलबाट मिति ०५४।३।१७ मा उद्योग दर्ता भएको देखिन आएको र सो मितिले कार्य संचालन गर्ने अवधि वांकी छंदै एक वर्ष भित्रै मिति २०५४।९।२३ मा जफत गर्न पत्र लेखेको संझौताकै आधारमा पनि मिलेको देखिन आएन । प्रत्यर्थी हवाई विभागले लिखित जवाफबाट जिकिर लिएको धरौटी नियमावली, ०४५ को दफा ६ वमोजिम निर्णय गर्ने समेतको प्रक्रिया नअपनाई जफत गरेको सोही नियमावलीको आधारमा पनि कानूनसंगत देखिन आएन । मैनेजिङ डायरेक्टर दवेश श्रेष्ठ वि. विशाल वजार कम्पनी समेत भएको ०४२ सालको रिट नं. २०६४ मा आफैले वैक जमानत जफत गरी जफत गरेको रकम अविलम्व पठाई दिनु भनि कृषि विकास वैंकलाई पत्र लेखेको वैंकले जमानत दिएको शर्तको विरुद्ध विशाल वजार कम्पनीले गरेको निर्णय त्रुटीपूर्ण भनी वदर भई मिति ०४५।३।१५ मा यस अदालत संयुक्त इजलासबाट निर्णय भई सिद्धान्त प्रतिपादन भएको र त्यस्तै राम प्रसाद श्रेष्ठ वि. हेटौंडा सिमेन्ट उद्योग समेत भएको ०३७ सालको रिट नं. ८९४ को रिट निवेदनमा हेटौंडा सिमेन्ट उद्योग लिमिटेडले दावी गर्न पाउने व्यवस्थाको विपरीत आफैले वैंक जमानत रकम जफत गर्ने गरेको निर्णय पत्र कानूनी त्रुटीपूर्ण भनी यस अदालत संयुक्त इजलासबाट मिति ०३७।१।५ मा वदर भएको समेत देखिन आउंछ । उक्त प्रतिपादित सिद्धान्तबाट समेत निवेदन जिकिरको वैंक जमानत जफत गरेको मिलेको नदेखिंने । (प्र.नं. ९) रिट निवेदकका तर्फबाटः विद्वान वरिष्ठ अधिवक्ता श्री रतनलाल कनौडिया, विद्वान अधिवक्ता व्दय श्री अनिल कुमार सिन्हा र श्री हरिहर दाहाल विपक्षी तर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री राज नारायण पाठक, विद्वान अधिवक्ता श्री राधेश्याम अधिकारी अवलम्वित नजीर : २०४२ सालको रि.नं. २०६४, दवेश श्रेष्ठ वि. विशाल वजार कम्पनी समेत र २०३७ सालको रि.नं. ८९४, रामप्रसाद श्रेष्ठ वि.हेटौडा सिमेन्ट उद्योग समेत । आदेश न्या. उदयराज उपाध्यायः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३,८८(२) अन्तर्गत पर्न आएको प्रस्तूत रिट निवेदनको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छ। २. विपक्षी हवाई विभागले अन्तराष्ट्रिय हवाई यातायात सेवा संचालन गर्न दिने सिलसिलामा इच्छूक व्यक्ति वा कम्पनीहरुबाट प्रस्ताव माग गरे अनुसार एभरेष्ट एयर लिमिटेडबाट पनि मिति २०५३।२।१० मा प्रस्ताव पेश गरेकोमा विपक्षी हवाई विभागको अन्तराष्ट्रिय हवाई सेवा संचालन गर्न दिने भनि डि.जि.सि.ए.च.नं. ४०२।०५३ मिति २०५३।७।१९ को पत्र प्राप्त भए पश्चात मिति २०५३।७