निर्णय नं. ६८२० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८२० - अंश भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०५/२८ २८८२ निर्णय नं. ६८२० ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री ज्ञाइन्द्र वहादुर श्रेष्ठ संवत् २०५२ सालको दे.पु.नं. .. २८७० फैसला मिति : २०५६।५।२८।२ मुद्दाः अंश । पुनरावेदक वादीः विश्राम थारुको पत्नी जि. वर्दिया वदालपुर गा.वि.स. वा.नं. १ वस्ने वर्ष ५४ की अगनी थरुनी विरुद्ध विपक्षी प्रतिवादीः ऐ.ऐ. वस्ने रंगीलाल थारुको छोरा अ.वर्ष ५० को पूर्णवहादुर थारु समेत § मुलुकी ऐन, अंश वण्डाको १८ नं. वमोजिम मानो नछुटिईसंग वसेको अंशियार छन् भने जूनसुकै अंशियारले सगोलको सम्पत्तिबाट वा सगोलको खेती, उद्योग, व्यापार व्यवसायबाट वढे वढाएको संगोलको आर्जन र लनेदेन व्यवहारको महलको ८ नं. वमोजिम लगाएको ऋण सवै अंशियारलाई भाग लाग्छ भन्ने स्पष्ट उल्लेख भएकोले यी वादी प्रतिवादी वीच मुद्दा पर्दाको अघिल्लो दिनसम्मको संपूर्ण सम्पत्ति संगोलको सम्पत्ति नै कायम हुन आउंछ । विक्रि वितरणबाट प्राप्त गरेको जग्गालाई निजी आर्जनको जग्गा भन्ने जिकिरको सम्वन्धमा निजी आर्जन भन्नाले उक्त अंश वण्डाको १८ नं. वमोजिम कुनै अंशियारले आफ्नो ज्ञान वा शिप वा प्रयासबाट निजी आर्जन गरेको वा कसैबाट निजी तवरले दान वक्स पाएको वा कसैको अपुताली परेको वा स्त्री अंश धन महलको ५ नम्वर वमोजिम पाएकोमा त्यस्तो आर्जन वा पाएको सम्पत्ति सो आर्जन गर्ने वा पाउने अंशियारको निजी ठहरी आफुखुशी गर्न पाउंछ भन्ने प्रावधान भएकोले विवादित विक्रि वितरणमा प्राप्त जग्गालाई निजी आर्जनको भनि पुनरावेदन अदालतले व्याख्या गरेको कानूनतः मिल्न नआउने । (प्र.नं. १४) पुनरावेदक वादी तर्फबाटःविद्वान अधिवक्ताद्वय श्री वालकृष्ण न्यौपाने तथा सहयोग पोखरेल प्रत्यर्थी प्रतिवादी तर्फबाटः विद्वान अधिवक्ता श्री शिवराज अधिकारी अवलम्वित नजीर : फैसला न्या. हरिप्रसाद शर्माः पुनरावेदन अदालत नेपालगंजको फैसला उपर पर्न आएको प्रस्तुत पुनरावेदन सहितको मुद्दाको संक्षिप्त तथ्य् एवं ठहर यसप्रकार छ । २. मुलपुर्खा झुठारी थारुका २ छोरा महाविर थारु र कलवीर थारु, महाविरका छोरा भगिलाल र रेगीलाल, कुलवीरका छोरा विश्राम थारु हुन । रेगीलालको छोरा पुरन थारु र लाल वहादुर थारु हुन । भागिलालका ४ छोरा पतिराम थारु, जित वहादुर थारु, दोगाले थारु, जग्गु थारु हुन । विश्राम थारुको मगनी थरुनी विवाहित पत्नी हुं । म बाट शंकर थारु, पुनाराम थारु, गोविन्द थारु, दुर्गा थारु र शिवराम थारु समेतका छोराहरु जन्मिएका हुन । प्र. हरु मेरा अंशियारहरु हुन र हामीहरुको वीचमा अंशवण्डा भएको छैन । ०४८।३।२५ गते प्र. हरुसंग मेरो अंश भाग दिनुहोस भन्दा दिनौं भनी जवाफ दिएकाले फांटवारी लिई सम्पूर्ण सम्पत्तिको २ भागको १ भाग दिलाई भराई पाउं भन्ने व्यहोराको फिराद पत्र । ३. वादीले उल्लेख गरेको पुस्तावारी वाहेक सम्पूर्ण कुराहरु झुठा हो । २०२२।११।१५ गते विपक्षीका पति ससुराकै पालामा अचल सम्पत्ति केही नहुंदा सम्पत्ति वांडफांड भैसकेको छ । विपक्षी अलग वसेपछि विक्रि वितरणमा प्राप्त गरी भोग गरेको जग्गामा अंश वण्डाको १८ नं. वमोजिम वादीलाई अंश दिनु पर्ने होइन भन्ने समेत व्यहोराको प्रतिउत्तर पत्र । ४. वादी प्रतिवादीहरुका साक्षीहरुको वकपत्रहरु र दुवै पक्षबाट पेश भएका अंशको फांटवारी समेत मिसिल संलग्न रहेका । ५. मोही १ नं. फारमबाट पुर्खौली जग्गा पनि देखिएको मानो छुटिृएको भए सो जग्गा वाडंन नपर्ने कुनै