निर्णय नं. ६८२१ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८२१ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०१/२१ २९३६ निर्णय नं. ६८२१ ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ आचार्य माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत् २०५४ सालको फौ.पु.नं. ..१५७८ फैसला मिति : २०५६।१।२१।३ मुद्दाः कर्तव्य ज्यान । पुनरावेदक प्रतिवादीः जि. कंचनपुर रैकवार वीचवा गा.वि.स. वा.नं. ८ घोडाघाट घर भै हाल कारागार शाखा कंचनपुरमा थुनामा रहको चन्द्र वहादुर महरा । विरुद्ध प्रत्यर्थी वादीः ऐ.ऐ. वस्ने धन वहादुर महराको जाहेरीले श्री ५ को सरकार । § प्रतिवादी स्वंयले नै अभियोगबाट पूर्ण सफाइको माग गर्न नसकी केवल तत्काल उठेको रिस थाम्न नसकी लाठा ढुंङ्गाले प्रहार गर्दा भवितव्य भएको भन्ने कारण देखाई ज्यान सम्वन्धीको ६ नं. को देहाय (४) को सुविधा सम्म माग गरेको देखिन्छ । मुलुकी ऐन ज्यान सम्वन्धीको ६(४) नं. को कानुनी व्यवस्थाबाट हेर्दा रक्षा शिक्षा गर्नेले मर्नेको हितको निमित्त कुटपिट वा अरु कुनै काम कुरा गर्दा भवितव्यमा परेकोमा पचास रुपैयासम्म जरीवाना हुन्छ भन्ने व्यवस्था भइ रहेको देखिन्छ भने भवितव्यको परिभाषा गर्ने ज्यान सम्वन्धीको ५ नं. हेर्दा ज्यान लिने इविलाग वा मनसाय नभै कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला भन्ने जस्ता नदेखिएको कुनै काम कुरा गर्दा त्यसैद्वारा केही भै कुनै मानिस मर्न गएको भवितव्य ठहर्छ भनी उल्लेख भएको पाइन्छ । प्रस्तुत मुद्दाका प्रतिवादीले मृतकसंग पुर्व रिसइवी रहेको भन्ने कुरालाइ आफैले स्वीकार गरेको सर्न्र्दभलाइ समेत विचार गरिनु पर्ने हुंदा ज्यान सम्वन्धीको ५ नं. को व्यवस्था पनि निजको हकमा आकर्षित हुन सक्ने भन्न नमिल्ने । (प्र.नं. २४) पुनरावेदक प्रतिवादी तर्फबाटः विद्वान वैतनिक अधिवक्ता श्री राजु महत प्रत्यर्थी वादी तर्फबाटः अवलम्वित नजीर : फैसला न्या. केदारनाथ आचार्यः न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) अनुसार यस अदालतमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यसप्रकार छ । २. मिति २०५२।११।२३ गते राती मेरा दाजु नाता पर्ने दिर्घ वहादुर नेगी र चन्द्र वहादुर महरा वीच पुर्व रिसइवी भएको हुंदा दाजु पेट दुखी दिसा गर्न नदीको किनारतर्फ जानु भएकोमा चन्द्र वहादुर महराले सोही समयमा हिरा सिंह मुल्याल र हरपाल सार्कीलाई बोलाइ मोहना नदीतर्फ जानु एकै छिनपछि दाजुको मृतक अवस्थामा लास फेला पर्नुबाट दाजुलाई चन्द्र वहादुर महरा, हिरा सिंह मुल्याल र हरपाल सार्की समेतले कुटपिट गरी मारेकोमा पुरा विश्वास लागेको हुंदा निजहरुलाई पक्राउ गरी सजाय गरी पाउं भन्ने समेत व्यहोराको मिति ०५२।१२।२४ को जाहेरी दरखास्त । ३. मुख खुला दांतहरुमा रगत लागी सुकेको तल्लो ओठ र चिउडोको वीचमा रगत लागेर सुकेको दाहिने आंखा वन्द, दाहिने गालामा २ इन्च जति निलो डाम, दाहिने आंखा तलतिर छाला खुइलिएको दाग निधारको वीच भागमा आधा इन्च घाउ रगत निस्की निधार कपालमा लागी सुकेको भन्ने समेत व्यहोराको मिति ०५२।१२।२४ को घटनास्थल प्रकृति मुचुल्का । ४. मेरो वावु गगनसिंह महराको म २।३ वर्षको छंदा मृत्यु भएको र निज दिर्घ वहादुर नेगी तथा मेरी आमा तुल्सी देवी महराका वीच अवैध यौन सम्वन्ध रहेको कुरा मैले ८।९ वर्षको छंदा थाहा पाएको हुं । मैले सानो हुंदा निजलाई र आमालाइ केही गर्न सकेको थिइन । आमाको र मृतकको अवैध यौन सम्वन्ध रहेको विषयमा गाउं घरमा २।३ पटक छलफल सम्म भएको हो। सोही सम्वन्धमा मेरो निजसंग पुर्व रिसइवी भएकोले मैले