निर्णय नं. ६८२२ - जालसाजी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८२२ - जालसाजी भाग: ४१ साल: २०५६ महिना: फागुन अंक: ११ फैसला मिति :२०५६/०४/१० ३१६३ निर्णय नं. ६८२२ ने.का.प. २०५६ अङ्क ११ संयुक्त इजलास माननीय न्यायाधीश श्री टोप वहादुर सिंह माननीय न्यायाधीश श्री भैरवप्रसाद लम्साल संवत् २०५३ सालको फौ.पु.नं. .. १५५१ फैसला मिति : २०५६।४।१०।२ मुद्दाः जालसाजी । पुनरावेदक वादीः नवलपरासी जिल्ला अमरापुरी गा.वि.स. वडा नं. १ वस्ने जगजीत सुनार विरुद्ध प्रत्यर्थी प्रतिवादीः नवलपरासी जिल्ला अमरापुरी गा.वि.स. वडा नं. २ वस्ने प्रेम वहादुर विश्वकर्मा समेत § मिति २०४५।१।१८।७ मा घरसारमा भएको धन जमानीको कागजलाई झुक्याई जालासाजीबाट खडा गरेको हुंदा विपक्षीलाई किर्ते कागजको १० नं. वमोजिम सजाय गरी पाउं भनि वादीले दावी लिएकोमा उक्त कागज राजीखुशीबाट गरिदिएको हो । जालसाजी गरेको होइन भनि प्रतिवादीले जिकिर लिएको देखिन्छ । मिसिल संलग्न रहेको मिति २०४५।१।१८ को विवादित लिखतको प्रतिलिपि हेर्दा उक्त लिखत साक्षीहरुको रोहवरमा वादी स्वयंले घरसारमा गरिदिएको देखिन्छ । अदालतको आदेशानुसार सो लिखत अ.वं. ७८ नं. अनुसार वादीलाई देखाउंदा सहिछाप गरेको हो सद्दे किर्ते भन्न सक्तिन भनि वयान गरेको देखियो । उक्त लिखत हुंदा गर्दाका अवस्थामा नेपाल वैंक लिमिटेड भण्डाराका कर्मचारीको संलग्नता रहे भएको देखिदैन भने नेपाल वैंक लिमिटेड एउटा संगठित संस्था भएकोले वैंक स्वयंले कुनै व्यक्तिको घरमा गई जालसाजी पूर्ण कार्य गर्ने अवस्था समेत रहदैन । जुन लिखतलाई झुक्याई जालसाजी गराए भनि वादीले दावी लिएको हो सो प्रमाणित गर्ने भार प्रमाण ऐन, २०३१ को दफा २५ वमोजिम वादीमा हुने । (प्र.नं. १५) पुनरावेदक वादी तर्फबाट : विद्वान अधिवक्ता श्री कृष्ण सापकोटा प्रत्यर्थी प्रतिवादी तर्फबाट : विद्वान अधिवक्ता श्री अनुपराज शर्मा अवलम्वित नजीर : फैसला न्या.टोपवहादुर सिंहः पुनरावेदन अदालत वुटवलको फैसला उपर वादीको मुद्दा दोहोर्याई पाउं भन्ने व्यहोराको निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) अन्तर्गत निस्सा प्रदान भै पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त व्यहोरा एवं ठहर यस प्रकार छः २. जि.न.पा. वेलडिहा गा.पं. वडा नं. ८ क कि.नं.. ९६ को ज.वि. १-११-० जग्गा मेरो दर्ता हकभोगको हो । उक्त जग्गा समेत धितो राखि वेलडिहा साझा संस्थाबाट ऋण लिएको छु । २०४५ साल वैशाख १८ गतेको दिनमा प्र.मध्येको प्रेम वहादुरको घरतर्फ गएको अवस्थामा मैले नचिनेका २ जना मानिस सहित विपक्षीहरु वसेका रहेछन । मलाई सवै विपक्षीहरुले मैले नचिनेका मानिसहरुलाई उहांहरु नेपाल वैंक लिमिटेडका कर्मचारी हुनुहुन्छ । प्रेम वहादुरको नेपाल वैंकसंग कारोवार रहेछ, सो सम्वन्धमा प्रेम वहादुरले कागज गरिदिनु भएको छ, सो कागजमा हामीहरु पनि साक्षी वसेका छौं तपाई पनि साक्षीमा वसी सहिछाप गरी दिनुहोस भनि भनेकोले विश्वासमा परी साक्षी भनि सहिछाप गरेकोमा पछि मेरो नामको उक्त कि.नं.. ९६ को जग्गा वैंकले रोक्का राखेको छ भनि थाहापाई २०४५।२।१७ मा मा.पो.का आई नक्कल लिंदा थाहा हुन आएकोले मलाई झुक्याई साक्षी भनि सहिछाप गराई अर्कै व्यहोरा लेखी मेरो हक मेट्ने उद्देश्यले जालसाजीबाट कागज खडा गरी मेरो जग्गा रोक्का गराएको काम स्वतः वदर हुने हुंदा विपक्षीहरुलाई किर्ते कागजको १० नं. वमोजिम सजाय गरी पाउं भन्ने समेत व्यहोराको फिराद पत्र । ३. विपक्षीले वैंकमा गई कागज गरी दिएकोले म प्रेम वहादुरले विपक्षीलाई रु.६००००। को कागज गरिदिएको सो रुपैया भुक्तान गरी सकेको