निर्णय नं. ३३ - दोहरा लिखत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३३ - दोहरा लिखत भाग: २ साल: २०१६ महिना: श्रावण अंक: ६ फैसला मिति :२०१४/०३/१२ २४८५ निर्णय नं. ३३ ने.का.प. २०१६ डिभिजन बेञ्च (सप्तरी अपील ऊपर) न्यायाधीश श्री सिद्धिबहादुर मल्ल न्यायाधीश श्री मीनबहादुर थापा क्षेत्री डि.नं. ३३१ अपीलाट, वादी : शशिकला देवी ब्राम्हणी विरूद्ध रेस्पोण्डेण्ट, प्रतिवादी : रामदेनी तिवारीनी समेत मुद्दा : दोहरा लिखत (१) अदालतीको बन्दोबस्तको ८४ नं.–हाकिमका नाउँमा कराउनेको ९ नं. बमोजिम छलफलमा झिकाएका अर्जी खबरसम्म गर्न नपाउने झगडीया म्याद भित्र हाजिर हुन नआएमा–अदालती बन्दोबस्तको ८० नं. ले छिन्न अड्काउ नहुने मुद्दा नछिनिई बाँकी रहेमा – गुज्रेको म्याद थाम्न हुने । हा.क.९ नं. ले छलफलमा झिकाएका झगडीयाले अर्जी खबरसम्म गर्न नपाउने र छलफलको म्याद टाँसिएको म्याद भित्र झगडीया हाजिर हुन नआएमा अ.वं.८० नं. ले छिन्न अड्काउ नहुने मुद्दा नछिनिई बाँकी रहेमा गुज्रेका मितिले म्याद भित्र थमी पाउँ भनी अ.बं.८४ नं. को म्याद भित्र निवेदन परेमा थामिदैन भन्ने ऐन सवाल नभएकोले झिकाएका हकमा हरदेवले गुज्रेको म्याद थामी पाउँ भनी पहिला पटक ५० दिन भित्रै दिएका निवेदनमा ऐन सवालबमोजिम गर्नु भन्ने तोक लागि म्याद तारिख नथामिएको मनासिव नदेखिएकोले सो व्यहोरा रजिष्ट्रार अफिसमा सूचना दिनु । (प्रकरण नं. १३) (२) अघिल्लो पास नभएको लिखतको आधारमा उजुर पर्नु भन्दा अगावै पास भईसकेका लिखत भएमा–पास नभएको लिखत किर्र्ते हो भनी जिकिर लिएको भई सो प्रतित लायकको देखिएमा–पास भईसकेको लिखत बदर र पास नभएको लिखत सदर भन्न नमिल्ने भई पास नभएको लिखत जालसाजी ठहर्ने । वादीको लिखत अघिल्लो मितिको भए पनि मौकैमा पास नभएको प्रतिवादीहरूको लिखत वादीको लिखत पास गराई पाउँ भन्ने उजुर पर्नु भन्दा पहिले नै ०६ साल भाद्र आश्विनमा लिखत रजिष्ट्रेशन पास भईसकेको । श्यामावतीसँग मुद्दा पर्दा जयनारायणलाई यिनै वादीको ससुराले वारिस गराई दिएको बखत लिफा लिएको भन्ने सद्दे किर्र्तेको बयानमा प्रतिवादी रामदेनीले जिकिर लिएकी । सो मुद्दामा जयनारायण वारिस बसेको पनि देखिएको र सक्कल लिखतमा परेको । सिरको ल्याप्चेमा दायाँले अक्षरै नछोएको र बायाँ सिरभन्दा केही पछि हटाई लागेको र पुछारमा परेको दायाँ बायाँ दुवै सहीले मितिको हरफ नछोई केही तलै ल्याप्चे परेको लिखत साक्षी बाहेक अरू साक्षी पनि आसामीको गाउँको र साहुको गाउँको समेत नभई बेगल गाउँका भएका, सो तमसुकमा साहुकै लोग्ने कृष्णचन्द्रको रु.३८१३ तिर्न लिएको भन्ने बोली परेको । कष्णचन्द्र साहु भएको ०१ साल जेष्ठ १ गतेको तमसुक पनि एउटैले लेखेको र ०५ सालमा श्यामवतीसँग आसामी रामदेनीको कं.रू. १४५०० को लिखत पास मुद्दामा आसामी इन्कार भई यिनै वादीको गाउँको जयनारायण वारिस बसी मुद्दा चलेको भएपछि त्यसमा आसामीसँग मौकैमा लिनुदिनु गरेको भए यी वादीले पनि शंका गरी मौकैमा पास गराई हाल्नु पर्ने नगरेकोबाट पनि मोकैमा लिखत भएको भन्न मनासिव नपरेको र मौकैका कागज आसामीको भए तिनै आसामीले आफ्नु नातीलाई २ महिनापछि दानपत्रको लिखत गरी नदिई वादीको लिखत भन्दा पहिले कै मिति राखी लिखत गरी दिनुपर्ने अवस्था थियो । वादीको भन्दा पछिकै मिति देखिन आएकाले आसामीले जानीजानी दोहोरो लेखेको भन्ने देखिन नआएकाले वादीको लिखत सद्दे ठहराएको सिंगलबेञ्चको राय पनि झगडीया झिकाउन नपर्ने हुँदा मनासिव नभई लिखत जालसाजी ठहराएको इन्साफ सप्तरी अपीलको मनासिव छ । (प्रकरण नं. १३) (३) हाकिमका नाउँमा कराउनेको १० नं. अपीलाट अपील गरी हारेमा–दशौंद थप दण्ड हुन