निर्णय नं. ३४ - सुन बिदेश निकासी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३४ - सुन बिदेश निकासी भाग: २ साल: २०१६ महिना: श्रावण अंक: ६ फैसला मिति :२०१६/०१/२४ २६१८ निर्णय नं. ३४ ने.का.प. २०१६ डिभिजन बेञ्च (वीरगञ्ज गोश्वारा उपर) प्रधान न्यायाधीश श्री अनिरूद्रप्रसाद सिंह न्यायाधीश श्री सिद्धिबहादुर मल्ल फौ.डि.अ.नं. १८१ अपीलाट : रामदास राजभण्डारी विरूद्ध रेस्पोण्डेण्ट : पूर्णरत्न बज्राचार्य मुद्दा : सुन बिदेश निकासी (१) २०१०।३।२३ मा गजेटमा प्रकाशित सुनचाँदिको र जवाहरात जडान भएको माल निकासी गर्ने सवालको दफा २ र निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ७।०१० सालको सवालको दफा २ को रीत नपुर्‍याई सुन बिदेशतर्फ लैजान लागेको बयान र अरू स्थितिबाट देखिन आएमा–कानून बर्खिलाफ बिदेश निकासी गर्न लागेको ठहर्ने । रक्सौल जाने गाडीमा वीरगञ्जमा गिरफ्तार भएपछि वीराटनगर वा सप्तरी राजवीराजमा पुर्‍याउन लैजान लागेको हुँ भन्ने बयानबाट पनि सो सुन वीरगञ्जमा रहने राख्ने नभई बिदेशतर्फ लैजान लागेको देखिन आउँछ । निकासी पैठारी विषयमा ‘निकासी प्रठारी (नियन्त्रण) ऐन, २०१३’ माघ २२ गतेको गजेटमा प्रकाशित भएको छ । सो ऐन लागू भईसकेपछि २०१०।३।२३ को सवालको दफा २ को रीत पुर्‍याउनु पर्दैन कि भन्नलाई निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ७ यस प्रकार छ, “यो ऐन जारी हुनु भन्दा अगावै सरकारले कुनै वस्तु वा वस्तुहरूमा लगाई राखेका प्रतिबन्धको खारेजी वा संशोधनको सूचना नभएसम्म कायम रहनेछ ।” यस कारणले वीराटनगर वा राजवीराज लैजान निमित्त पनि ०१०।३।२३ को सवाल दफा २ को रीत पुर्‍याउनु पर्ने आवश्यकै थियो । तर पक्राउ भईसकेपछि मात्र “वीराटनगर वा राजवीराज लैजान लागेको हुँ” भनी बयान हुनुबाट त सजायबाट बच्नलाई मात्र सो कुराको आधार लिनु भएको देखिन आउँछ । माथि लेखिएका प्रमाण परिबन्दबाट रामदासले सो सुन कानून बर्खिलाफ बिदेश निकासी गर्न लाग्नु भएको ठहर्छ । (प्रकरण नं. ८) (२) हुँदै नभएको ऐन लगाई सजाय तोक्नु गम्भीर लापरवाही हो । हुँदै नभएको ऐन लगाई मेरो पक्षलाई गोश्वाराले सजाय तोकेको रहेछ भन्ने वकिलको जिकिरबमोजिम ०१०।५।२३ मा यस विषयको कुनै कानून प्रकाशित भएको छैन । गोश्वाराले ०१०।५।२३ को गजेटको उल्लेख गरी सजाय तोक्नु गोश्वाराको एक गम्भीर लापरवाही देखिन आएको छ । यस किसिमबाट सजाय तोक्दा कुनै पनि अभियुक्त आफ्नो सफाई निमित्त पैरवीको कारवाइमा अलमलिनु सम्भव हुन्छ । (प्रकरण नं. ९) (३) निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ५ र नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा ४ को उपदफा (ख)–कैद वा बिगोबमोजिमसम्म दण्ड वा दुवै हुन सक्ने । बिगो जफत नहुने । यो वारदात २०१५।६।२१ मा भएकोले ‘नेपाल कानून व्याख्यासम्बन्धी ऐन, २०१० को दफा ४ को उपदफा ख’ ले ‘निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३’ बमोजिम सजाय हुन्छ । निम्नलिखितानुसार गर्नु । अपीलाट प्रतिवादी रामदास राजभण्डारी का.ई. असन बहाल घर भई हाल वीरगञ्ज जेलमा बन्दी भईरहेका के ‘निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३’ को दफा ५ ले १ बर्षसम्म कैद वा बिगोबमोजिमसम्म दण्ड वा दुवै हुन सक्ने हुँदा बिगोबमोजिम भा.रू. २८९१। अठ्ठाइस सय एकानब्वे चार आना दण्ड र कैद महिना ।७ सात हुने ठहर्छ । निज रामदासलाई वीरगञ्ज गो.ले.जफत गर्ने गरेको बिगो माथि इन्साफ खण्डमा लेखिएबमोजिम जफत नहुने ठहरेकोले लिनु नपर्ने हुँदा जफत गर्नुपर्दैन । (प्रकरण नं. १०) फैसला १. ०१५ साल आश्विन २१ गते दिनको १ बजेका टायममा रक्सौल जान भनी भनी रहेको रामदासलाई सोद्दा यहाँ जान भनी भन्न नसकेकोले पक्राउ गर्दा निजबा