निर्णय नं. ३५ - जग्गा बाली

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३५ - जग्गा बाली भाग: २ साल: २०१६ महिना: श्रावण अंक: ६ फैसला मिति :२०१५/१२/०५ २५१९ निर्णय नं. ३५ ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री सिद्धिबहादुर मल्ल न्यायाधीश श्री मुक्तिकान्त मैनाली दे.डि.ठा.नं. ९५ अपीलाट : तुयु सिंह महर्जन समेत विरूद्ध रेस्पोण्डेण्ट : आशामरू महर्जन मुद्दा : जग्गा बाली (१) बाँकी बाली पाउँ भन्ने वादी दावीमा–प्रतिवादी सावित भएमा–बाँकी बाली बुझाउनु पर्ने आफ्नो लेना भए ऐनबमोजिम नालिस गर्नुपर्ने । वादीका दावीबमोजिमको बाली पाउँ भन्नेसम्म तुयुसिंह सावितै हुनाले आफ्नो लेना भए ऐनबमोजिम नालिस गरी लिनु पर्ने, तिर्जा बाली रोकी राख्न नहुने हुँदा तुयुसिंहको हकमा बाली बुझाउ नै पर्ने । (प्रकरण नं. ७) (२) बाँकी बाली पाउँ भन्ने दावीमा वादीबाट पेश भएको तिर्जासम्मको बालीमा–बुझाएको केही निस्सा दरपिठ नभएमा–बाली बुझाउनु पर्ने–तिर्जा पेश नभएको बाली बुझाउनु नपर्ने । वादीको दावीबमोजिमको बाली पाउँ भन्नेमा बुझाईसकेको छु । भनी इन्कारी लिएको ९९ साल देखि ४ साल तकको तिर्जा वादीबाट पेश नभई ५।६।७ सालको तिर्जा मात्र दाखिल भएकाले बाली तिरे भन्ने प्रतिवादी भई वादीबाट तिर्जा दाखिल हुन नआएको हुँदा ९९ साल देखि ४ सालतकको अष्टमानले तिर्न नपर्ने र ५।६।७ सालको हकमा तिरे बुझाएको निस्सा दाखिल नभएको तिर्जा वादीले पेश गरेको दरपिठ भएको समेत नदेखिएकोले सो सालको बालीको हकमा बुझाउनै पर्ने ठहर्छ । (प्रकरण नं. ७) (३) बाली बाँकीमा–पजनी गरी पाउँ भन्ने दावी नभएमा–मोहियानी हक कायम गरी पाउँ भन्ने दावी पुग्न नसक्ने । जग्गा मोहिया हक कायम गरी पाउँ भन्ने वादीलाई बाली पजनी गर्न पाउँ भन्ने दावी नभई आफै मोहियाहक कायम गरी पाउँ भन्ने दावी हुनाले त्यसमा वादीको दावी पुग्न नसक्ने ठहराई देवानी पहिला फाँटले छिनेको इन्साफ मनासिव छ । (प्रकरण नं. ७) अपीलाट तर्फबाट : वकिल श्री मुक्तिलाल झा रेस्पोण्डेण्ट तर्फबाट : वकिल श्री बलभद्र मिश्र फैसला १. यसमा महाने खान्गीको जागिरदारलाई सालको धान मुरी २। व्यू रू. ।५० चाठे ।५ समेत बुझाउनु पर्ने मोही बाजे हर्षमान ज्यापुका नाउँमा तिर्जा भई आउने काठमाडौं सोरे खेत माटोमुरी ।८ भनी तिर्जामा जनिएको बाजेले कमाई आएकोमा ९९ सालमा बाबु शंखनारायणले महाने खान्गी पाएकोले सो जग्गाको बाली बुझाउने जागिरदार आफैंं भई अन्यत्र बुझाउन नपर्ने भएबाट बाजेको जेठो छोरो अन्यायी मध्ये तुल्सीमान माहिला मेरो बाबु शंखमान भई सो जग्गा मध्ये माटोमुरी ।४ अन्यायी तुल्सीमानले र माटो मुरी ।४ अष्टमानले तिर्जाको बालीसम्म दिनेलिने गरी मगनीमा कमोत गर्न छाडी राखेकोमा बाबु मरी २००५ सालका बाली देखि सो खान्गीमा म भर्ना भएबाट तिर्जाबमोजिम बाली लिनु पर्नेमा बाबुले पाएको ९९ सालदेखि ०४ साल तकको र आशामरूले पाएको ०५ साल देखि ०७ साल तक नबुझाई बाँकी रहेको जम्मा बर्ष ९ को रू. १। को दर घान ।१।२ ले रू. २८८। नगदी रू. ४।९५ समेत जम्मा बिगो मोरू. २९२।९५ निज २ जनाबाट भराई जग्गाबाट झिकी आफैं मोहिया हक कायम गरी पाउँ भन्ने समेत ०८।२।३ को आशामरूको फिराद । २. महाने खान्गी सरकारीया रकम चलाई खानुपर्ने जग्गा वादीका बाबु बाजेकै पालादेखि सो जग्गा कमाई साल सालैबाली बुझाई आएको बाली कुनै सालको बाँकी राख्न नहुने, त्यस्तो कुरामा ९९ साल देखि बाँकी राख्यो होला भन्न नहुने । उजुर नगरी बस्यो होला भन्न पनि नहुने । बाली नबुझाई वादीले काम मात्र चलायो होला विचार हुनेछ, बाली बुझाउनु पर्ने बाँकी छैन । बुझाएको निस्सा भर्पाई रसिद लिनेदिने चल