निर्णय नं. ६८२३ - वाली दिलाई मोहीनिष्काशन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८२३ - वाली दिलाई मोहीनिष्काशन भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०९/२९ ३०६९ निर्णय नं. ६८२३ ने.का.प. २०५६ अङ्क १२ पूर्ण इजलास माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल माननीय न्यायाधीश श्री अरविन्दनाथ आचार्य माननीय न्यायाधीश श्री टोप वहादुर सिंह संवत् २०५६ सालको दे.पु.इ.नं. .. १०१ आदेश मिति : २०५६।९।२९।५ मुद्दा : वाली दिलाई मोहीनिष्काशन । निवेदकः जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. ४ वस्ने भरत वहादुर खडका विरुद्ध विपक्षीः सप्तरी जिल्ला अदालत समेत § भ.नि.ऐन, २०१७ को आगमन पश्चातको न्यायिक परिपाटी प्रचलन अनुसार भ्रष्ट्राचार मुद्दामा अन्य वारेन्ट जारी हुने मुद्दामा झै अभियुक्तको अंश रोक्का गर्ने फरार रहेका को हकमा मुलतवी राख्ने आदि कार्य नगरीने हुंदा समेत भ्रष्ट्राचार निवारण ऐन, २०१७ को दफा १३ अन्तर्गतको मुद्दालाई वारेण्ट जारी हुने मुद्दा मानि आएको नदेखिने। (प्र.नं. १२) § निवेदकले निजका नाउंमा सप्तरी जिल्ला अदालतबाट जारी भएको समाहवान २०५२।६।२३ मा स्वयंले वुझी लिई मौकामै ७० दिने म्याद जारी गर्नुपर्ने भनी कारवाही नचलाई २ वटा सम्म चुप लागी वसी मुद्दा फैसला भई निवेदकले कसुर गरेको ठहरी फैसला कार्यान्वयन तहमा पुगेको अवस्थामा निजका नाउंमा वारेण्ट सहितको ७० दिने म्याद जारी हुनु पर्ने भनी रिट निवेदन दायर गरेको अवस्थाको परिप्रेक्ष्यमा निवेदकको माग वमोजिम रिट जारी गर्नुपर्ने अवस्था नदेखिंदा रिट निवेदन खारेज गर्ने गरेको माननीय न्यायाधीश श्री केदारनाथ आचार्यको राय मनासिव ठहर्ने । निवेदकतर्फवाटः विद्वान अधिवक्ताद्वय श्री वलराम के.सी, श्री सतिशकृष्ण खरेल विपक्षीतर्फबाट : श्री विद्वान नायव महान्यायाधिवक्ता श्री कृष्णराम श्रेष्ठ अवलम्वित नजीर : आदेश न्या.लक्ष्मणप्रसाद अर्यालः नेपाल अधिराज्यको संविधान, २०४७ को धारा २३ र ८८(२) अन्तर्गत परेको रिट निवेदनमा संयुक्त इजलासमा मतैक्य नभै सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१) (क) वमोजिम पेश हुन आएको प्रस्तुत मुद्दाको व्यहोरा एवं ठहर यस प्रकार छ । २. म निवेदक २०२२ सालमा लेखापाल पदमा श्री ५ को सरकारको निजामती सेवामा प्रवेश गरी अनवरत रुपमा सेवा गरी आएको व्यक्ति हुं । केहि वर्ष अधि मलाई विशेष प्रहरी विभागले श्री ५ को सरकारको सम्पत्ति हिनामिना गरेको भन्ने अभियोगमा हाजिर गराई वयान गराएकोमा तारेखमा पनी नराखेकोले आफ्नो कार्यालयमा उपस्थित भई काम गरीरहेको थिएं । मिति ०५२।६।२३ मा विरामी भई उपचारको लागि राजधानी आउने तयारी गरिरहेको अवस्थामा सप्तरी जिल्ला अदालतवाट मेरो नाउंमा उपस्थित भै वयान गर्न आउनको लागि ३० दिने म्याद प्रप्त हुन आयो । विरामीको कारणले ३० दिनभित्र अदालतमा उपस्थित हुन सकिन । म उपर दायर भएको उक्त मुद्दामा अ.वं. ९४ र ९९ नं. वमोजिम वारेण्ट जारी हुने विश्वास लिई वसेको थिएं । केहि सांचो भै राजविराज फर्केपछि सप्तरी जिल्ला अदालतमा वयान गर्नको लागि उपस्थित हुन जांदा जिल्ला अदालतको ०५२।५।२ को आदेश वमोजिम ३० दिने म्याद जारी भएको हुनाले सो म्याद गुज्री सकेको र सो आसे आदेश वदर नभएसम्म म्याद वदर गर्न र पुनः तामेली गर्न नमिल्ने जानकारी दिएको सप्तरी जिल्ला अदालतको मिति ०५२।५।२ को आदेश वदर गरी पाउं भनि पुनरावेदन अदालत राजविराजका अ.वं. १७ नं. वमोजिम निवेदन दिंदा कानून वमोजिम गर्नु भन्ने आदेश आदेश भएछ । विपक्षी जिल्ला प्रशासन कार्यालयले मेरा विरुद्ध विपक्षी सप्तरी जिल्ला अदालतमा दायर गरी कारवाही चलेको ०५२ सालक