निर्णय नं. ३६ - आगलागी ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ३६ - आगलागी ज्यान भाग: २ साल: २०१६ महिना: श्रावण अंक: ६ फैसला मिति :२०१६/०२/१८ २४९९ निर्णय नं. ३६ ने.का.प. २०१६ डिभिजन बेञ्च न्यायाधीश श्री रत्नबहादुर विष्ट न्यायाधीश श्री हेरम्बराज डि.फौ.सा.नं. ८५ वादी : आइ सिंह तामाङ्गनी विरूद्ध प्रतिवादी : सुनारायण तामाङ्ग समेत मुद्दा : आगलागी ज्यान (१) आगो लगाउनेको ४ नं. ज्यानसम्बन्धीको २५ नं. र दण्डसजायको ९० नं.–जानी जानी मानिस भएको घरमा आगो लगाई ज्यान मार्नेलाई दामलको सजाय हुने । अभियुक्त सावित भएको कारणबाट समेत घरमा आगो लगाएकोले बालक मर्न गएको बखत ज्यानसम्बन्धीको २५, आगो लागउनेको ४ नं. दण्डसजाय ९० नं. बमोजिम अभियुक्तलाई दामल गर्ने अपीलले ठहराएको मनासिव । (प्रकरण नं. ६) (२) अदालती बन्दोबस्तको १८१ नं. केही मुद्दा बाहेक एका मुद्दाको प्रतिवादीले त्यसै मुद्दामा वादी भई मुद्दा चलाउन नसक्ने–चलेको भएमा खारेज हुने । कुन ऐन अन्तर्गत चलेको मुद्दा हो ? त्यस ऐनमा परेको कुन वाक्यमा भर गरी जुन मुद्दा दायर भएको हो सो वाक्यको सार जानिने पदको व्यवहार गरी मुद्दाको नाम राख्नुपर्छ । जस्तो नामको मुद्दा हो उसै ऐनबमोजिम पुर्पक्षमा राख्ने र अरू चाहिंदो कारवाई पनि हुने हुनाले एक नाम राखी मुद्दा चलाएकोमा पछि अर्को नाम बदली वा थप घट गरी फैसला गर्न हुँदैन । यसमा अपवाद कुनै ऐनमा पाइन्छ । लुटपिटको ७ नं. को ऐनले चोरी वा लुटपिटमा परस्पर हेरफेर गर्न हुने र ज्यानसम्बन्धीको २८ नं. ले ज्यान मुद्दालाई कुटपीटमा अपवर्तन गर्न हुने इत्यादी ऐनमा तोकेको छ । अ.बं.१६३ नं. को ऐनमा सावित हुनेको चाहिने व्यहोराको जवान बन्दी गराई र इन्कार गर्नेको पोलिनाको कारण बताउन सक्छन भने सो कारण र सफाईको सबुद समेत जो दिन्छ । खुलाई बयान लिई गवाह प्रमाण बुझी इन्साफ गर्नु भन्ने समेत लेखेको हुनाले प्रतिवादी विरूद्ध जुन मुद्दा लागेको छ त्यसैमा मात्र ऐनले लाग्ने जालसाजी समेत गरी पोलाएको हुन भन्ने समेत बयान लिनुपर्ने हो । अ.बं.२२६ नं. मा सावित भएकोमा पुर्पक्षलाई थुनिने करणी मुद्दाको र चोरीमा भने सावित हुनेले पोलेको अरूको हकमा पोल्ने चाहीं वादीवाला ठहर्ने हुनाले भन्ने इत्यादी लेखेको र पटकको हिसावले सजाय हुने चोरी करणी दिने स्वास्नी कति पोइले हो, हाडनाता बेश्या करणी जारी इत्यादी ऐनले बताएको र त्यस्तै मुद्दा बाहेक एका मुद्दाको प्रतिवादीले पेट बोलीबाट बुझ्ने अ.बं.१८१ नं. बमोजिम अरू मुद्दामा पोल गरेको बयान गर्न मिल्दैन । यो निर्णयलाई अर्को प्रकारसँग प्रष्ट गर्न सकिन्छ । जुन १ मुद्दाको प्रतिवादी हुनाको साथैको मिसिलमा अरू मुद्दाको वादी सरह व्यहार गर्दा माथि लेखिएको बाहेक अरु मुद्दामा अ.बं.९८ नं. मा सरकारवादी हुने मुद्दा लेखी ल्याएकोमा अर्को फिरादपत्र दिन सक्दैन भने प्रमाण खुलाई बयान लिई तहकिकात गर्नु र अ.बं.११५ नं. बमोजिम पोलाहाले मुद्दा चलाएको हुनपर्छ । यस आशयबाट प्रतिवादीले प्रतिउत्तर र त्यो सरह बयानमा वादी भई अरूलाई प्रतिवादी बनाई मुद्दा चलाउन मिल्दैन र यदि मौका तहकिकात भईसकेको रहेछ भने प्रतिवादीको बयानको फेरि मौका तहकिकात हुन जाँदा पहिलेको वादीको मुद्दामा कारवाई रोकिन जाने हुन्छ । खास गरी प्रतिवादीले वादीको मुद्दासँग सम्बन्ध नरही बीचैमा चलाएको मुद्दामा कारवाई गर्दा वादीले मुद्दा चलाएको एकापट्टी रहि ढिलो हुन जान्छ । यस्तो गरेकोमा बाह्रमासे बयान उठाई ज्यानसम्बन्धी मुद्दामा ढिलो हुन जाने हुनाले बाह्रमासेतर्फ ङेमादोर्जेको पोल बयान खारेज गरेको छ र त्यसबाट त्यसतर्फको प्रतिवादीलाई पनि सजाय तोकी