निर्णय नं. ६८२४ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ६८२४ - अंश भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०९/२६ ३०२५ निर्णय नं. ६८२४ ने.का.प. २०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा माननीय न्यायाधीश श्री टोपवहादुर सिंह माननीय न्यायाधीश श्री गोपालप्रसाद खत्री संवत् २०५५ सालको दे.पु.इ.नं. .. ७५ फैसला मिति : २०५६।९।२६ मुद्दाः अंश । पुनरावेदक प्रतिवादी जिल्ला काभ्रेपलान्चोक टुकुचा गा.वि.स. वडा नं. ९ वस्ने भीमराज गिरी विरुद्ध विपक्षी वादीः ऐ.ऐ. वस्ने धर्मराज गिरीको मु.स. गर्ने मैया गिरी § मिति २०३८।१०।२७ मा राम वहादुर गिरीले आफ्नो श्री सम्पत्ति शेषपछि खाने गरी आफ्ना छोराहरु मध्ये भीमराज गिरी र चित्रराज गिरीलाई वक्सपत्र गरीदिएको र वादी प्रतिवादीले छुट्टा छुट्टै ७ नं. फाराम भरी आ आफ्नो नाममा जग्गा दर्ता तिरो भरो समेत गरी विक्रि व्यवहार समेत गरेको देखिन्छ । यसरी विक्री व्यवहार गर्दा भिन्न भएको व्यहोरा उल्लेख गरेको देखिन्छ । यसरी विक्रि व्यवहार गर्दा भिन्न भएको व्यहोरा उल्लेख गरेको देखिनुका साथै दर्ता समेत फुटी दाखेल खारेज गरी तिरो भरो आ आफ्नो दर्ता श्रेस्ता खडा गरी बसेको रसिद दर्ता एवं लिखतका प्रमाणहरुबाट समेत वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरी मुलुकी ऐन अंशवण्डाको ३० नं. को कानूनी व्यवस्था अनुसार व्यवहार प्रमाणबाट भिन्न भई बसेको देखिन आयो । मिसिल सामेल रहेको जग्गा धनी दर्ता श्रेस्ताको प्रतिलिपि उतारबाट वादी धर्मराज गिरी र प्रतिवादी भीमराज गिरीको नाउंमा संयुक्त दर्ता भएका जग्गाका सम्वन्धमा कानून वमोजिम आ आफ्नो नाममा दर्ता नामसारी गर्न सकिने नै हुंदा सो वाहेक अन्य तथ्यबाट यी वादी प्रतिवादी भिन्न भई वसेको प्रतिपादित भिन्न भई वसेको प्रमाणित भइरहेको अवस्थामा वादीले प्रतिवादीबाट अंश पाउने नदेखिंदा वादी दावी पुग्न नसक्ने ठहर्‍याएको शुरु काभ्रेपलान्चोक जिल्ला अदालतको इन्साफ मनासिव ठहर्‍याएको माननीय न्यायाधीश श्री उदयराज उपाध्यायको राय मनासिव ठहर्ने । पुनरावेदक प्रतिवादीतर्फवाटः विद्वान अधिवक्ता श्री शम्भु थापा, विद्वान अधिवक्ता श्री इन्द्र प्रसाद खरेल, विद्वान अधिवक्ता श्री वलराम के.सी. विपक्षीवादीबाट : विद्वान अधिवक्ता श्री विद्वान अधिवक्ता श्री माधव प्रसाद वाँस्कोटा अवलम्वित नजीर :ने.का.प २०२९,अङ्क १२,नि.नं.७१५,ने.का.प २०३८,अङ्क २ नि.नं. १४३८,ने.का.प २०४३,अङ्क ३,नि.नं.२६६४ फैसला न्या. हरिप्रसाद शर्माः यस अदालत संयुक्त इजलासको मिति २०४७।३।१ को फैसला उपर श्री ५ महाराजाधिराज सरकारको जुनाफमा प्रतिवादी भीमराज गिरीले चढाएको बिन्तिपत्र यस अदालतमा प्राप्त भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियमावली, २०४९ को नियम ५३(३) वमोजिम पुनरावलोकनको निस्सा प्रदान भई पेश भएकोमा संयुक्त इजलासका माननीय न्यायाधीशहरु वीच मतैक्यता नभई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(१)(क) वमोजिम यस इजलास समक्ष पेश हुन आएको प्रस्तुत मुद्दाको तथ्य तथा ठहर यसप्रकार छः २. मेरा कान्छा राम वहादुर गिरी १९९५ साल देखि भक्तपुर मठका महन्त भै मठको दैनिक काम गर्दै आउनु भएको मेरी आमा मान कुमारीबाट गर्भबाट म र भाई भीमराज गिरी जन्म भई आमा परलोक हुनु भएको वावा राम वहादुरले कान्छी आमा ल्याई निजबाट छोरी १ नं. र छोरा चित्रराजको जन्म भएको भाई भीमराज र मैले नाला टुकुचाको जग्गा आधा आधा खाने र सानी आमाका सन्तान र वाचा समेत भक्तपुरमा नै खाने गरी २०२०।७।२२ मा वण्डापत्र पास गरेकोमा वावा राम वहादुरले उक्त जग्गा मेरो पनि वण्डा लाग्