निर्णय नं. ८९५१ - बहुविवाह

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ८९५१ - बहुविवाह भाग: ५५ साल: २०७० महिना: बैशाख अंक: १ फैसला मिति :२०६९/०७/१६ ४१११ ने.का.प. २०७०, अङ्क १ निर्णय नं.८९५१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाश वस्ती माननीय न्यायाधीश श्री भरतराज उप्रेती संवत् २०६७ सालको ०६७–CR–०८८६ फैसला मिति २०६९।७।१६।५ मुद्दाः– बहुविवाह । पुनरावेदक प्रतिवादीः नवलपरासी जिल्ला, त्रिवेणी गा.वि.स. वडा नं.६ मा बस्ने रामजीप्रसाद उपाध्याय विरुद्ध प्रत्यर्थी वादीः सरस्वती उपाध्यायको जाहेरीले नेपाल सरकार शुरु फैसला गर्नेः मा.न्या.श्री उदयप्रकाश चापागाईं पुनरावेदन फैसला गर्नेः मा.न्या.श्री एकराज आचार्य मा.न्या.श्री गिरीराज पौडेल § आफूले जेठी श्रीमतीलाई पनि अंशसमेत दिई मिलापत्र गरिराखेको छु सल्लाहले नै विवाह गरेको भने पनि दोस्रो विवाह गर्न पाउने अवस्थाभन्दा बाहिर गएर कसूर गरिसकेपछि त्यसलाई उन्मुक्ति दिन कानूनले नमिल्ने भएकोले निजले गरेको कसूरजन्य अपराधबाट सफाई पाउने आधार अंश मुद्दाको मिलापत्र हुन नसक्ने । (प्रकरण नं.३) § जिल्ला अदालतबाट फैसला भइसकेपछि पुनरावेदन अदालतमा सो शुरुको फैसला विचाराधीन रहेको अवस्थामा जाहेरीको विपरीत जाहेरवालीबाट परेको निवेदन कुनै पनि मूल्यको प्रमाण होइन । अदालतमा केवल प्रमाणको महत्व हुन्छ सिफारिशको होइन । प्रमाण पनि विधिसम्मत् प्रक्रियाबाट मिसिलमा प्रवेश गरेको भएमा मात्र अदालतले त्यसमा ध्यान केन्द्रित गर्नुपर्ने । § सरकार वादी मुद्दामा जाहेरवालीको हैसियत सरकारी गवाहको भन्दा बढी केही हुँदैन । यस्तो स्थितिमा पुनरावेदन अदालतमा सरकारी गवाहको प्रतिकूल अभिव्यक्तिले कुनै प्रामाणिक हैसियत राख्न सक्दैन । यस्ता सिफारिशी कथनले न्यायिक प्रयोजनका लागि कुनै पनि महत्व र हैसियत राख्न नसक्ने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादी तर्फबाटः प्रत्यर्थी वादी तर्फबाटः अवलम्बित नजीरः सम्बद्ध कानूनः § बिहावारीको १० नं. फैसला न्या.प्रकाश वस्तीः पुनरावेदन अदालत हेटौडाको मिति २०६६।८।९।३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) अन्तर्गत यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छः– जाहेरवाली र विपक्षबीच २०५६ सालमा जातीय परम्पराअनुसार विवाह गरी छोरा मिलन उपाध्यायको जायजन्म भई निज छोरा ६ वर्ष भइसकेका छन् । मलाई पतिले डेरा कोठामा राखी खान लाउनसमेत नदिई कुटपीटसमेत गरी मिति २०६१।१०।२९ गते घरमा जाँदा विपक्षी पतिले दोस्रो विवाह गरी मिति २०६१।११।२६ गते ल्याई, मलाई र छोरालाई हेला गरी घर डेरामा समेत बस्न नदिएको हुँदा विपक्षी रामजीप्रसाद उपाध्याय र निजको कान्छी श्रीमती रीना अधिकारी (उपाध्याय) लाई पक्राउ गरी कारवाही गरिपाऊँ भन्ने समेत व्यहोराको सरस्वती उपाध्यायको जाहेरी दरखास्त । प्रतिवादीमध्येका रामजीप्रसाद उपाध्यायलाई पक्राउ गरी दाखिला गरेको हुँदा कानूनबमोजिम होस् भन्ने प्र.स.नि. कल्पना सिलवालसमेतको प्रतिवेदन । म र जेठी श्रीमती जाहेरवालीबीच पहिलादेखि नै मन नमिलेको हुँदा कान्छी श्रीमती रीना अधिकारी (उपाध्याय) सँग मिति २०६१।८।२ गते दोस्रो विवाह गरेको हुँ भन्ने समेत व्यहोराको प्रतिवादी रामजीप्रसाद उपाध्यायको बयान । प्रतिवादी रीना अधिकारी (उपाध्याय) लाई खोजतलास गर्दा फेला परिनन् भन्ने समेत व्यहोराको प्र.ज.रञ्जितसिंह र प्र.स.नि.कल्पना सिलवालको प्रतिवेदन । प्रतिवादी रामजीप्रसाद उपाध्यायले एक छोराकी आमा जाहेरवाली सरस्वती उपाध्याय घरमा श्रीमती हुँदाहुँ