निर्णय नं. ६८२५ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८२५ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०८/०३ २६०४ निर्णय नं. ६८२५ ने.का.प. २०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल संवत् २०५५ सालको फौ.सा.नं. .. २०३ फैसला मिति : २०५६।८।३।६ मुद्दा : कर्तव्य ज्यान वादीः पन्च वहादुर कुर्मीको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रतिवादीः जि. खोटांग गा.वि.स. वाल्पा वार्ड.नं. ३ घर भै हाल कारागार शाखा खोटांमा थुनामा वस्ने कुमार राई समेत § प्रस्तुत मुद्दामा मृतक याम वहादुर कामीको मृत्यु यी प्रतिवादी समेतको कुटपिटको कारणबाट भएको भन्ने कुरामा कुनै विवाद देखिंदैन । निज मृतक याम वहादुर कामीलाई कुटपिट गर्दा एक जनाले कुटपिट नगरी धेरै जनाको हुल भै कुटपिट गरी सोही कारणबाट मृत्यु भएको भन्न तथ्य पनि निसिलबाट स्पष्ट रुपमा स्थापित हुन आएको पाइन्छ । मृतक याम वहादुर कामी यसैको चोट पीरको कारणबाट मृत्यु भएको भन्ने गरी मिसिलमा कतैवाट खुल्न आएको पाइदैंन । यसरी मृतकको अवस्थामा यी प्र. कुमार राई, भीम वहादुर राई, देश वहादुर राई एवं टेकधन राईले मृतकलाई मौकामा उठेको कुरा गरिस थाम्न नसकि साधारण लाठा ढुंगा लात मुक्काले हानी सोही चोट पीरले कारण मृतक गरेको मानि ज्यान सम्वन्धि महलको १४ नं. आकर्षित गरी संजाय गर्न नमिल्ने । वादी तर्फबाटः सह न्यायाधिवक्ता विद्वान श्री सत्यनारायण प्रजापति प्रतिवादी तर्फबाट : अवलम्वित नजीर : फैसला न्या.लक्ष्मणप्रसाद अर्यालः पुनरावेदन अदालत राजविराज सप्तरीबाट २०५३।११।९।५ मा प्रतिवादीहरु कुमार राई, प्रतिवादी समार भनेको भीम वहादुर राई, प्रतिवादी देश वहादुर राई र प्र. देवाधन राईलाई जन्मकैद गरी साधक जांचको यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यस प्रकार छ । २. मिति २०४७।१।२८ गतेको १०:३० वजे भुसे भन्ने वीर वहादुर कामी समेतले दान वहादुर कामीलाई सक्दो कुटपिट गरेकाले सोही कारणबाट ऐ. २९ गते निजको मृत्यु भएको हुंदा र निज प्रतिवादीहरुले घुमसेर कामी, कल्पना कामी तथा मलाई समेत कुटपिट गरेको हुंदा निजहरुलाई कानून वमोजिम कारवाही गरी पाउं भन्ने समेत जाहेरी दरखास्त । ३. मृतक याम वहादुर कामीलाई उल्लेखित प्रतिवादीहरुले कुटपिट गरेका हुन भन्ने समेत कल्पना कामीले प्रहरीमा गरेको कागज । ४. म समेतका १३ जनाको याम वहादुर घुमसेर कामी, कल्पना कामी समेतलाई कुटपिट गरेको र सोही कारणबाट याम वहादुर कामीको मृत्यु भएको हो, मैले निजलाई एक पटक मात्र कुटेको हुं भन्ने समेत भुसे भन्ने वीर वहादुर कामीले प्रहरीमा गरेको कागज । ५. उल्लेखित प्रतिवादीहरुले म र मेरो भाई याम वहादुर कामी छोरी कल्पना कामीलाई वांसको लाठा भाटाले कुटपिट गरेको सोही कारणबाट याम वहादुरको मृत्यु भएको हो भन्ने घुमसेर कामीले प्रहरीमा गरेका कागज । ६. बुझिए सम्मका कागज प्रमाणबाट मिति २०४७।१।२८ गते राती १०:३० वजेको समयमा प्र. कुमार राई समेत जना १७ ले एक आपसमा मिलोमतो गरी जाहेरवाला र मृतक याम वहादुर कामीको घर आंगनमा गै लाठीले कुटपिट गरेका कारणबाट याम वहादुर कामीको ऐ. २९ गते मृत्यु हुन गई मु.ऐन ज्यान सम्वन्धिको १ नं. को कसुर गरेको हुंदा वारेण्ट जारी गरी वुझी पाउन अनुरोध छ भन्ने प्रहरी प्रतिवेदन दावी । ७. मिति २०५७।१।२८ गते राति १०:३० वजेको समयमा प्र. कुमार राई, चमार राई, कालु राई, टेकधन राई, देश वहादुर राई, नौ वहादुर राई, झयापे गुरुङ, गोपाल गुरुङ, पर्शुराम राई सम