निर्णय नं. ३८ - गुठी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ३८ - गुठी भाग: २ साल: २०१६ महिना: श्रावण अंक: ६ फैसला मिति :२०११/०४/११ २४४९ निर्णय नं. ३८ ने.का.प. २०१६ डिभिजन बेञ्च प्रधान न्यायाधीश श्री हरिप्रसाद प्रधान न्यायाधीश श्री भगवतीप्रसाद सिंह सा.नं. ६९१ वादी : सुभद्राकुमारी बस्नेत क्षेत्रीनी समेत विरूद्ध प्रतिवादी : दण्डी केशर थापा क्षेत्री मुद्दा : गुठी (१) दान दातव्यको ३ नं.–आफ्नो नातेदारलाई दान दातव्यपत्र पनि लेखी दिन नहुने लेखेको भए ऐनले सदर नहुने । बदर हुने ठहर्छ । दान दातव्यको ३ नम्बरको ऐनले आफ्नो नातेदारहरूलाई दान दातव्यपत्र भनी लेखि दिन नहुनेमा आमा नयनकुमारीले छोरी वादीहरूलाई दातव्यपत्र भनी लेखी दिएकीले नयनकुमारीले वादीहरूलाई गरी दिएको दातव्यपत्र ऐनले सदर नहुने भई बदर हुने । (प्रकरण नं. ८) (२) अपुतालीका ३ नं.–३ पुस्ताका हकवाला कोही नभएमा विवाहिता छोरीहरूले अपुतालीमा आधी पाउने । आधी नजिकवाला अर्को हकदारले पाउने । नजिकको हकदार एकबहादुर देखिन आएकोले अपुतालीका ३ नं. का ऐनबमोजिम नयनकुमारीको गुठी पालो मध्ये वादी सुभद्राकुमारी र वादी भुवनकुमारीले आधी र एकबहादुर थापा क्षेत्री ल.पु.इ.जाउलाखेलले आधी पाउने ठहर्छ । (प्रकरण नं. ८) फैसला १. यसमा पुर्खा रिपुमर्दनले शंखमुल घाटमा स्थापना गरेको श्री पञ्च बल्लभेश्वर समेतको नित्य पुजा समेतको काम प्र. दण्डी केशर र हाम्रो आमा नयनकुमारी समेतले ३।३ बर्षको पालौसँग गरी आएकोमा मिलापत्रबमोजिम देवल भत्केको नबनाई धर्मलोप गर्यो भन्ने मुद्दा पर्दा हाम्रो आमाले धर्मलोप गरेको ठहरी फैसला भए तापनि २००१।९।६ मा हामीलाई आमाले शेषपछिको बकसपत्र गरी दिएको र ०३।९।१२ गते आमा परलोक भएकीले आमाले बनाउनु पर्ने देवल म वादी भुवनकुमारीले ठेकदार मार्फत बनाएकोमा केही बनाउन बाँकी राखी दिएबाट ०३।११।७ गते ज्यामी डकर्मीहरू लिई बनाउन जाँदा मेरो एकलौटी भएको छ । बनाउन पाउँदैनौ भनी हटक खिचोला गरेकोले खिचोला मेटाई आमाले गरी आएबमोजिम ६ साल देखी ३ बर्षको पालो हाम्रो कायम गरी पाउँ भन्ने सुभद्रा भुवनकुमारीको फिरादपत्र रहेछ । २. पुर्खाले स्थापना गरेको वादी दावीको गुठीको काम अरूले नदिई जेठा बाजे वीरबहादुर र मेरा बाजे औहान सिंहले मात्र लिई काम गरी आएकोमा वादीका बाबु योगबहादुर जेठा बाजे वीरबहादुरको धर्म पुत्र बसी काम चलाएकोमा मुद्दा पर्दा वादीका बाबुले ३ बर्ष, मैले ३ बर्ष चलाउने गरी मिलापत्र भएकोमा वादीका आमा नयनकुमारीले धर्मलोप गरेको ठहरी फैसला भएको कुरामा वादीहरू सावितै छ । मुद्दा परी रहेको टायममा मुद्दा परेको कुरा दवाई हक टुट्नेले गरी दिएको बकसपत्रको नाताबाट वादीहरूको उजुरी लाग्न नसक्ने । वादीहरूले गुठी चलाएको पनि छैन । बनाउनु पर्ने बनाएको पनि छैन । वादीको आमाले धर्मलोप गरेको ठहरी फैसला भएको र गुठीका ४ नम्बरका ऐनले नजिकका हकदारले पाउनेमा हकदारमा जेठो म भई मैले नै पाउने हुँदा गुठीको काम र भत्के बिग्रेको समेत मैले नै बनाएको छु । वादी झुठ्ठा हो भन्ने दण्डीकेशरको प्रतिवादी रहेछ । ३. धर्मलोप गर्ने नयनकुमारीले धर्मलोप ठहरेको चीज दिएको सदर नहुने हुँदा वादीहरूले झुट्टा उजुर गरेको ठहर्छ भनी ०४।१२।२५ गते राजधानी काठमाडौं दिवानी पहिला फाँटबाट फैसला गरेको रहेछ । ४. घर गुठीमा गुठीको ४ नं. को २ दफाले धर्मलोप गर्नेले पनि शेष बाँकी खान पाउनेमा सो शेष बाँकी खान पाउने नयनकुमारीले वादीहरूलाई बकसपत्र गरी दिएको हुँदा वादीहरूले शेष बाँकी खान पाउने ठहर्छ । वादीको आमानयनकुमारीको र यही प्र. दण्डीकेशरको अघि धर्मलोप मुद्दा पर्दा