निर्णय नं. ६८२६ - कर्तव्य ज्यान
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ६८२६ - कर्तव्य ज्यान भाग: ४१ साल: २०५६ महिना: चैत्र अंक: १२ फैसला मिति :२०५६/०८/२७ २६६० निर्णय नं. ६८२६ ने.का.प. २०५६ अङ्क १२ संयुक्त इजलास माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय माननीय न्यायाधीश श्री हरिप्रसाद शर्मा संवत् २०५१ सालको फौ.पु.नं. .. ११६० फैसला मिति : २०५६।८।२७।२ मुद्दा : कर्तव्य ज्यान पुनरावेदक वादीः जहरसिंह तामाङको जाहेरीले श्री ५ को सरकार विरुद्ध प्रत्यर्थी प्रतिवादीः सिन्धुपाल्चोक जिल्ला इगाम गा.वि.स. वडा नं. १ वस्ने हिरा वहादुर तामाङ § मुलुकी ऐन ज्यान सम्वन्धिको १४ नं. वमोजिमको ज्यान लिनु पर्ने अवस्थाको वारदात नदेखिई ख्याल ठटृामा श्रीमतीलाई जिस्काएकोमा लातिले हिर्काउदा डिलबाट खसी पछि भोलिपल्ट मृतकको मृत्यु भएको भन्ने देखिन आउंछ । प्रतिवादीले लात्तिले हानेकै कारणबाट मृत्यु भएको नभै डिलवाट खखेको चोटको कारणबाट मृत्यु भएको भन्ने देखिएकोले भवितव्य ठहराउने गरेको पुनरावेदन अदालत पाटनको फैसला मनासिव ठहर्छ । वादी श्री ५ को सरकारको पुनरावेदन जिकिर पुग्न सक्दैन । निज मृतक हिरा वहादुर तामाङ मरी सकेको भन्ने उपरोक्त मिति २०५६।३।२९ को तामेलीबाट देखिन आएकोले अ.वं. १७६ नं. ले फैसला नहुंदै मरीसकेको व्यक्तिलाई खतवात नलाग्ने हुंदा केही गरी रहनु नपर्ने । पुनरावेदक वादी तर्फबाटः विद्वान उप न्यायाधिवक्ता श्री ऋषिराम दवाडी प्रतिवादी तर्फबाट : अवलम्वित नजीर : फैसला न्या. केदारनाथ उपाध्यायः पुनरावेदन अदालत, पाटन ललितपुरबाट मिति २०५१।४।२५ मा भएको फैसला उपर यस अदालतमा पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य् र निर्णय यसप्रकार छ । २. सि.पा.जि. इगाम गा.वि.स. वडा नं. १ वस्ने नाम थाहा नभएको माइला तामाङ १ र कान्छा तामाङ समेत २ जनाले पहिला देखिको रिसइवी लिई २०४९।६।१९ गते म जाहेरवाला रुपलाल मृतक जय वहादुर तामाङ समेत विपक्षीको गाउंबाट घरतर्फ आउंदा पाल्का देवी विसौनीमा आई पुग्दा विपक्षीहरुले मृतक जय वहादुरलाई लाति मुडकी, लठृी समेतले कुटपिट गरी मैले र रुपलालले छुटर्याउन नसकेको र मर्ने सम्म बनाई विपक्षीहरुले छाडी गएपछि रुपलाल र म समेत भइृ वोक्दै घिच्याउदै निजको घरमा ल्याएको र ऐ. २० गते १२: वजे कुटेकै चोटवाट जय वहादुरको मृत्यु हुन गएकोले विपक्षीहरुलाई पक्राउ गरी संजाय गरी पाउं भन्ने जहरसिंह तामाङको जाहेरी दरखास्त । ३. पुर्व लोक वहादुर तामाङको पश्चिम च्यावुन तामाङको उत्तर कामी छिरिङ तामाङको घर, दक्षिण ठाडो वाटो यति भित्रको घरको छिडीको झ्याल मुनि मजेरामा उत्तरतर्फ टाउको, दक्षिण गोडा गरी सुती सेतो कटनको कपडाले ओडाइ राखेको मृतक जय वहादुरको लाश हेर्दा दुवै आंखा निदाएको जस्तो मुखको तल माथिको ओठ नजोडिएको, नाकको दुवै प्वालबाट प्रशस्त रगत लागी टाउको कपाल भिजी जमीनमा जमी सुकेको, छाती भुंडी पुरा फुलेको गुद्धँरबाट दिसा आएको, घांटी, गर्धनमा नीलो भएको भन्ने लाश प्रकृति मुचुल्का । ४. २०४९ सालको वडाँ दशैंको नवमीको दिन विहान ८: वजे म नमादोर्जे र कान्छी नन्द समेत घांस काटन लाथानगाङ वारीमा घांस काटी रहेको अवस्थामा जहरसिंह, रुपलाल र अर्को १ जना थाहा नभएको मानिस केही कुरो नगरी हात हाल्दा मैले चिच्याउदै देवरलाई वोलाए । निज देवर आउनासाथ ३ जना कोदो वारीबाट उनीहरुको घरतर्फ गएका हुन । टिकाको भोलिपल्ट माइतीबाट घर आ.दा नाम थाहा नभएको मलाई समात्न आाउने मध्येका १ जना मानिस मरेको छ, भन्नेकुरा थाहा पाएको हो । के कसरी मरे मलाई थाहा छैन भन्ने श्रीमाई तामाङनीले प्रहरीमा गरेको कागज । ५.